कैलालीका चार बालबालिका बाबु खोज्दै जुम्ला
नेपालबहस संवाददाता
असोज १२, २०७७ सोमबार १६:१८:१५
१२ असोज, जुम्ला । कैलाली स्थायी ठेगाना बताउने चार बालबालिका बाबु खोज्दै जुम्ला पुगेका छन् । पञ्जाबमा नोकरी गर्दै आएका बाबु सन्तोष विक तीन वर्षसम्म बेपत्ता भएपछि १७ वर्षीया मधु विक, १६ वर्षीया गीता विक, नौ वर्षीय नवीन विक र तीन वर्षीय आशीष विक जुम्ला सदरमुकाम खलङ्गा पुगेका हुन् ।
“हामी सबै भारतको पञ्जाबमा जन्मिएका हौँ । नेपालमा घर कैलाली जिल्लामा छ भन्ने सुनेका थियौँ तर कुन ठाउँ, कुन टोल हो, केही थाहा छैन”, मधुले भने । सानो भाइ एक महिना हुँदै आमा सपना विकको उपचारका क्रममा अस्पतालमै निधन भएको उनले बताए । “आमाको निधनपछि बाबुले अर्की आमा ल्याएर भागेका हुन् ।
त्यसपछि हामी चारै भाइबहिनी पञ्जाबमा विचल्लीमा परयौँ । सानो भाइ आशीष अहिले तीन वर्षको भयो । बाबाले पनि छाडेको पनि तीन वर्ष नै पुग्यो”, मधुले रुन्चे स्वरमा आफ्ना वेदना पोखे । भारतमा मजदुरी गरेरै हुर्काएको एक महिनाको भाइ अहिले तीन वर्ष पुगेको छ ।
“भारतमा कोरोना फैलिएपछि मजदुरी गर्ने ठाउँ भएन । सबै नेपालीहरु नेपाल फर्कन थालेपछि हामी पनि कैलाली आयौँ । कैलालीमा पनि घरजग्गा बाबाले बेचेको थाहा पाएपछि नेपालगञ्ज, सुर्खेत हुँदै जुम्ला आएका हौँ”, मधुले भने । उनीहरु बाबु खोज्दै जुम्ला पुगेको पनि अहिले १२ दिन पुग्यो । बेपत्ता बाबु खोज्ने क्रममा भौँतारिँदै जुम्लासम्म आइपुगेको उनको भनाइ छ ।
जुम्ला पुगेको दुईचार दिनपछि चन्दननाथ नगरपालिका–७ महतगाउँस्थित जनता माध्यमिक विद्यालय भवन निर्माणमा मजदुरको खाना पकाउने काम गरेबापतको दिनको ५०० रुपैयाँले बिहानबेलुकाको छाक टार्दै आएको मधुले सुनाए ।बालबालिका बिचल्लीमा परेको थाहा पाएपछि समाजसेवी छिरिङ ल्यामु तामाङले जिल्ला प्रशासन कार्यालय जुम्लामा खबर गरे ।
जिल्ला प्रशासनले जिल्ला प्रहरीमा जानकारी गराएपछि बालबालिकाको उद्धार भएको हो । प्रहरी नायब उपरीक्षक माधव काफ्लेका अनुसार बालबालिका अलपत्र परेको जानकारी प्राप्त भएपछि उद्धार गरिएको हो । बेपत्ता बाबु खोज्दै जुम्ला आइपुगेका बालबालिकाबारे विस्तृत अध्ययन भइरहेको उनले जानकारी दिए । उनीहरुलाई प्रहरीको उद्धारपछि अल्पकालीन महिला तथा बालबालिका सेवा केन्द्रमा राखिएको छ ।
“बालबालिकाले अझै आफ्नो स्थानीय ठेगाना र अभिभावकको नाम बताउन सकेका छैनन्”, प्रहरी नायब उपरीक्षक काफ्लेले भने, “यस विषयमा प्रहरी संयन्त्रमार्फत कैलालीमा पनि खोजी गर्छौ । बालबालिकालाई मेडिकल परीक्षणसहित सेवा केन्द्रमा राखिएको छ ।”
अल्पकालीन सेवा केन्द्रकी अध्यक्ष भगवती श्रेष्ठका अनुसार अस्थायीरूपमा सेवा केन्द्रमा राखिए पनि दुई बालिका १६ र १७ वर्षका भएकाले दुव्र्यवहारमा पर्न सक्ने देखिएर सुरक्षित राखिएको हो । उनले भने, “यस्ता बालबालिकाको अभिभावक भनेको राज्य नै हो । त्यसका लागि प्रशासनसँग कुरा चलाएका छौँ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभूकम्पमा भत्केका विद्यालय प्रदेश सरकारले पुनर्निर्माण
पुष २५, २०८१ बिहिबार
हृदयाघातबाट पालिका कर्मचारीको निधन
पुष २१, २०८१ आइतबार
कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकका १८ वटा निर्णय सार्वजनिक ( हेर्नुस् सूचीसहित )
पुष १९, २०८१ शुक्रबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
कांग्रेस नेता डा. कोइराला लण्डनमा
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरपालिकाले ७२० जना शिक्षकलाई तालिम दिने
पुष २६, २०८१ शुक्रबार
आँखा उपचार सेवामा योगदान पुर्याउने विभिन्न व्यक्ति सम्मनित
पुष २६, २०८१ शुक्रबार
चितवन महोत्सवमा काँचो केराका परिकार
पुष २६, २०८१ शुक्रबार
तिब्बतका भूकम्पपीडितलाई ३७ लाख सहयोग
पुष २६, २०८१ शुक्रबार