पाँच दिनदेखि बेपत्ता व्यापारीको पत्ता लागेन
नेपालबहस संवाददाता
असोज १२, २०७७ सोमबार १८:२८:३९
१२ असोज, जलेश्वर । विगत पाँच दिनदेखि बेपत्ता रहेका महोत्तरीका एक कपरड व्यापारीको आजसम्म कुनै पत्ता लागेको छैन् । जलेश्वर नगरपालिका– ५ बस्ने ब्रम्हदेव साहका छोरा २४ वर्षीय राजु साह गत बुधबार रातिदेखि नै बेपत्ता रहेकामा उनको आजसम्म कुनै पत्ता नलागेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए ।
जिल्लाकै मटिहानी नगरपालिका–८ स्थित बजारमा रेडिमेड कपडा पसल सञ्चालन गर्दै आएका राजु गत बुधबार राति पसल बन्द गरेर मोटरसाइकलमा घर फर्किने क्रममा मटिहानी नगरपालिका–६ र जलेश्वर नगरपालिका–५ को बीचमा पर्ने वनको बाटोबाट बेपत्ता भएका थिए । बेपत्ता राजुको मोटरसाइकल साँचोसहित बाटोमै रहेको, दुवै खुट्टाका चप्पल टुटेको अवस्थामा त्यही सडकमा रहेको र उनले लगाएको टिसर्ट पनि आधा च्यातिएको अवस्थामा त्यही सडकमा प्रहरीले फेला पारेको थियो ।
बिहीबार बिहानै प्रहरी घटनास्थल पुगेपछि फेला परेका ती सरसामानको आधारमा लछारपछार भएको र त्यसपछि उनलाई कसैले अपरहण गरी लगेको प्रहरीले अनुमान लगाएको थियो । सोही दिन घटनास्थल नजिकै रहेको सडकको दुवै छेउको झाडीमा, सीमा नजिकैको खेतबारी, नदी, पोखरी सबैतिर खोजी गरिए पनि कहीँकतै कुनै पत्तो लागेको थिएन् र आजसम्म पनि प्रहरीले उहाँको खोजतलास गरिरहँदा पनि कुनै पत्ता नलागेको जनाइएको छ ।
नेपाल भारत सीमा नजिकै घटना घटेकाले उनलाई कसैले भारततिर अपहरण गरेर लगेको हुनसक्ने परिवारजनले आशङ्का गरेका छन् । प्रहरीले उनको खोज तलासका लागि भारतीय पक्षसँग पनि सहयोग मागेर सबैतिर खोजतलास जारी रहेको र चाँडै पत्ता लाग्ने जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमधेशमा शहीद परिवारलाई लक्षित गरी स्वास्थ्य बिमा कार्यक्रम सुरु
पुष २५, २०८१ बिहिबार
नगरलाई धुवाँमुक्त बनाउन मेयरले बाँडे ग्याँस सिलिन्डरसहित निःशुल्क चुल्हो सेट
पुष २४, २०८१ बुधबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
चितवन महोत्सवमा काँचो केराका परिकार
पुष २६, २०८१ शुक्रबार
तिब्बतका भूकम्पपीडितलाई ३७ लाख सहयोग
पुष २६, २०८१ शुक्रबार
आगामी माघ २२ देखि कञ्चनपुरका २६ हजार किशोरीलाई ‘एचपीभी’ खोप लगाइने
पुष २६, २०८१ शुक्रबार
‘समृद्धिको अनुभूति दिलाउने गरी सरकार क्रियाशील हुनुपर्छ’
पुष २६, २०८१ शुक्रबार
कहिले सम्पन्न होला भक्तपुर–नगरकोट सडक ?
पुष २६, २०८१ शुक्रबार
जोमसोमको पुरानो झोलुङ्गे पुल
पुष २६, २०८१ शुक्रबार