बजारमा के बिक्रीकर्ता हावी हुने थालेको सङ्केत देखिएको हो ? कहाँ निर छ टेवा ?
आर्थिक संवाददाता
असोज १२, २०७७ सोमबार २३:७:४६
असोज १२, काठमाडाैं । बजारले आज पनि सकारात्मक प्रवित्ति बनाउन सकेन । विकास बैंक र फाईनान्स उपसुचकमा मात्र वृद्धि आउँदा नेप्से परिसूचक ४ दशमलव ७३ अंकले घट्दै १५६० दशमलव ८३ को विन्दुमा बन्द भएको छ । आज १९१ कम्पनीको शेयर कारोवार हुँदा १ अर्ब ६९ करोडको शेयर कारोवार भएको छ । नेप्से परिसूचकमा आज शुन्य दशमलव ३० प्रतिशतको गिरावट आएको हो । कारोवार रकम भने अघिल्लो दिनहरुको तुलनामा केही सुस्त रहेको छ ।
केही समय देखि बजारले निरन्तर १६०० को विन्दु तोड्न खोज्दा पनि बजारले त्यो विन्दु तोड्न सकेको छैन। अहिलेको बजार वृद्धि हुन नसक्नुको मुख्य कारण भनेको वाणिज्य बैंकको उपसुचकमा वृद्धि आउँन नसक्नु हो । वाणिज्य बैंकमा थोरै मूल्य वृद्धि हुने वित्तिकै बिक्रीचाप आईहाल्ने भएकोले पनि बजारले सोचे जस्तो बुलिस प्रवित्ति बनाउन सकेको छैन। अहिले ठूला खेलाडीहरुले वाणिज्य बैंकको निकट भविष्यमा आउने लाभांशलाई पर्खेर बसेको अवस्था छ। वाणिज्य बैंकको प्रथम त्रैमासको रिपोर्ट र आर्थिक वर्ष ७६/७७को लाभांशले नै अबको बजारको दिशा तय हुने देखिएको छ। अहिलेको गिरावटलाई करेक्सनको रुपमा पनि धेरै लगानीकर्ताले लागेका छन् । हाईड्रोपावर उपसुचकमा पनि केही करेक्सन आउँन थालेको छ।
जको मैनबत्तीले “वियरिस” मैनबत्तीको चित्र बनाएको देखिन्छ। यसले बजारमा क्रेताको चाप कमजोर हँदै गएको जानकारी गराउँदछ । यदि बजार १५५३ भन्दा तल स्थिर रहेमा बजार केहि सच्चिन सक्ने संकेत गर्नुका साथै अर्कोे तत्कालिन टेवा १५३० को क्षेत्रमा रहेको देखिन्छ ।
आज बजार १५६६ दशमलव ४४ को विन्दुमा खुलेकोमा बजारको उच्च विन्दु ११ बजेर ३६ मिनेटमा १५६९ दशमलव ३२ रहेको थियो । बजारले २ बजेर २५ मिनेटमा १५५७ दशमलव ४३ को को न्यून विन्दु समातेको थियो ।
आज सर्वाधिक कारोवार हुने ५ कम्पनीहरु :
आज सर्वाधिक कमाउने ५ कम्पनीहरु :
आज सर्वाधिक गुमाउने ५ कम्पनीहरु :
✍ प्राविधिक बिश्लेषण :
प्रतिरोध २ः १६०० । प्रतिरोध १ः १५७५ । टेवा १ः १५५४ । टेवा २ः १५३०
✍ आज शेयर बजार खुलेदेखि नै घट्दो प्रवृत्तिमा रहेको देखिन्छ । आजको मैनबत्तीले “वियरिस” मैनबत्तीको चित्र बनाएको देखिन्छ। यसले बजारमा क्रेताको चाप कमजोर हँदै गएको जानकारी गराउँदछ ।
✍ परिमाणले भने आज बजारमा विक्रेताको चाप रहेको जानकारी गराए पनि प्रभावकारी देखिन्दैन।
✍दैनिकी अवधिमा “आरएसआई” ६५ दशमलब ७६ को बिन्दुमा छ । यसको प्रवृत्तिले बजार हालसम्म सकारात्मक क्षेत्रमा रहेको जानकारी गरेको छ।
✍“एडिएक्स” र जोड / बिजोड “डाइरेक्सनल इन्डेक्स”हरुले बजारमा हाल आएर क्रेताको चाप कमजोर हँदै गएको जानकारी गराएको छ।
✍“अन ब्यालेन्स भल्यूम” ले बजारमा केहि समयदेखि माग बढेकोे जनाकारी गराएको छ।
✍ समग्रमा हेर्दा यदि बजार १५७५ भन्दा माथि रहेमा बजार केहि सकारात्मक हुन सक्ने देखिन्छ र अर्को तत्कालिन प्रतिरोध १६०० को मनोबैज्ञानिक क्षेत्रमा रहेको देखिन्छ । यदि बजार १५५३ भन्दा तल स्थिर रहेमा बजार केहि सच्चिन सक्ने संकेत गर्नुका साथै अर्कोे तत्कालिन टेवा १५३० को क्षेत्रमा रहेको देखिन्छ ।
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप४ अंकले बढेको बजारमा ५ अर्ब ३३ करोडका शेयर किनबेच भए, अधिकांश कम्पनीको मूल्य घट्यो
पुष ११, २०८१ बिहिबार
धितोपत्रको नयाँ लाइसेन्स वितरणमा प्रधानमन्त्रीको रुची, सेटिङमा विचौलिया !
पुष ९, २०८१ मंगलबार
१४ अंकले बढेर २६२६ विन्दुमा रोकियो नेप्से, सोमबार भन्दा ७७ करोड बढी भयो कारोबार
पुष ९, २०८१ मंगलबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
नेपालबहस संवाददाता
पुष १०, २०८१ बुधबार
प्रधानमन्त्री ओलीले विश्वासको मत मागेकै दिन भीम रावलले त्याग्नु भएको होः पोखरेल
पुष १२, २०८१ शुक्रबार
न्याय परिषदद्वारा उच्च अदालतका ९ र जिल्लाका १६ जना न्यायाधीशलाई सरुवा गर्न सिफारिस
पुष १२, २०८१ शुक्रबार
सहकारी ठगी प्रकरणः दुई दिन लगाएर सकियो लामिछानेको बयान, अरुको आइतबारदेखि सुरु हुने
पुष १२, २०८१ शुक्रबार
त्रिविको ५० औं दीक्षान्त समारोहको सम्पूर्ण तयारी पूरा
पुष १२, २०८१ शुक्रबार
लाओसमा डेङ्गुका सङ्क्रमितको सङ्ख्या २० हजार पुग्यो, ११ जनाको मृत्यु
पुष १२, २०८१ शुक्रबार
१० बुँदे प्राथमिकता जारी गर्दै सम्पन्न भयो नेपाल स्वास्थ्य सम्मेलन
पुष १२, २०८१ शुक्रबार
पशुपतिको सुनको जलहरीमा अनियमितता पुष्टि नभएको विशेष अदालतको फैसला
पुष १२, २०८१ शुक्रबार
अण्डाको मूल्य हालसम्मकै उच्च
पुष १२, २०८१ शुक्रबार
एक अर्ब छ करोड लागतमा ८४ वटा परियोजनाको ‘डिपिआर’ तयार
पुष १२, २०८१ शुक्रबार