कोरोनाले विराटनगर र धरानमा २ जनाको मृत्यु
नेपालबहस संवाददाता
असोज १२, २०७७ सोमबार २३:४:२३
१२ असोज, विराटनगर । कोरोना भाइरसको संक्रमणबाट विराटनगर र धरानमा दुई जनाको मृत्यु भएको छ । सोमबार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ३८ वर्षीय महिला र नोबेल मेडिकल कलेज विराटनगरमा ५१ वर्षीय पुरुषको मृत्यु भएको हो ।
झापाको गौरादह १ घर भएका ५१ वर्षीय पुरुषको सोमबार दिउँसो १ बजे नोबेल शिक्षण अस्पतालको आइसोलेसनमा मृत्यु भएको हो । गत मंगलबारदेखि आइसोलेसनमा भर्ना गरेर संक्रमित पुरुषको उपचार सुरु गरिएपनि उनको मृत्यु भएको हो ।
श्वासप्रश्वासमा समस्या भएकोभन्दै ती पुरुषलाई ३ असोजमा उपचारका लागि नोबेल ल्याइएको थियो । मृतक पुरुषमा मधुमेह, उच्च रक्तचाप र कलेजो सम्बन्धी समस्या थियो । यस्तै सोमबार धरान उपमहानगरपालिका २ की ३८ वर्षीय महिलाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो ।
ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या र नेमोनियाको लक्षण देखिएपछि उनलाई आइतबार उपचारको लागि प्रतिष्ठानमा भर्ना गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार
विपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’
असोज १२, २०८१ शनिबार