कैदीबन्दीमा संक्रमण देखिएपछि कारागारभित्रै आइसोलेसन
नेपालबहस संवाददाता
असोज १२, २०७७ मंगलबार १:२३:१०
१२ असोज, झापा । कैदीबन्दीमा कोभिड–१९ को संक्रमण देखिएपछि झापा कारागारभित्रै आइसोलेसनको निर्माण गरिएको छ । कारागार प्रमुख राजेन्द्र गौतमले एक सय ८० बेडको आइसोलेसन पुरुष कारागार भवनको छतमा निर्माण गरिएको जानकारी दिए।
महिला कैदीबन्दीका लागि महिला कारागारको एउटा कोठालाई नै आइसोलेसन बनाइएको उनले बताए । हाल झापा कारागारमा ८२ महिला र एक हजार ६१ पुरुष गरी एक हजार १४३ कैदीबन्दी रहेका छन् । कैदीबन्दीसहित कारागारका १० जनामा कोरोनाको संक्रमण पुष्टि भएपछि कारागारभित्रै आइसोलेसन निर्माण गरिएको गौतमले बताए ।
क्षमताभन्दा तेब्बर कैदीबन्दी रहेका कारण कारागारमा कोरोनाको सङ्क्रमण फैलिने त्रास छ । ज्वरो, श्वासप्रश्वास, रुघाखोकीजस्ता लक्षण देखिएका र दीर्घरोगी कैदीबन्दीलाई सोही आइसोलेसनमा आजैदेखि राखिने उनले बताए । जस्ता पाताको छानो भएको छतमा बनाइएको आइसोलेसनमा अलग्गै शौचालयको व्यवस्था समेत मिलाइएको छ । सामग्री अभावका कारण बिरामी बस्नका लागि खाटको सुविधा भने छैन ।
नेपाल रेडक्रस सोसाइटी झापा शाखाले कारागारको आइसोलेसनका लागि १५ थान पीपीई सेट, पाँच लिटर सेनिटाइजर, १० थान बाल्टिन, एक थान हाते माइक, दुई कार्टुन साबुन र ५०० थान मास्क उपलब्ध गराएको शाखाका अध्यक्ष लोकराज ढकालले जानकारी दिए । यसैबीच, नेपाल बार एसोसिएसन झापा शाखाले प्रेस विज्ञप्ति जारी गर्दै कैदीबन्दीलाई कोरोनाको सङ्क्रमणबाट जोगाउन र संक्रमितको उपचारको व्यवस्था मिलाउन माग गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार