काठमाडौंकाे करुणा अस्पतालमा पर्साका स्वास्थ्यकर्मीको मृत्यु
नेपालबहस संवाददाता
असोज १२, २०७७ मंगलबार १:३६:९
१२ असोज, काठमाडौं । नेपालमा सोमबार कोरोना भाइरसबाट एक स्वास्थ्यकर्मीको मृत्यु भएको छ। पर्साको जगरनाथपुर गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरत सीअहेब रामसिकिल प्रसाद साहको उपचारको क्रममा काठमाडौंस्थित करुणा अस्पतालमा मृत्यु भएको हो ।
५८ वर्षीय साहलाई ज्वरो, रुघा र खोकी देखिएको थियो। त्यसपछि उनले जनकपुर पुगेर उपचार सुरु गरेका थिए। स्थानीय अस्पतालमा उपचार गराउँने क्रममा झन् स्वास्थ्य विग्रिदै गएपछि उनलाई काठमाडौंको शिक्षण अस्पताल रिफर गरिएको थियो।
उनलाई अस्पतालको आइसियुमा बेड नभएपछि करुणा अस्पताल पुर्याइएको थियो। त्यहाँ पुगेपछि कोरोना जाँच गर्दा उनमा पोजिटिभ देखिएको थियो। केही दिनपछि स्वास्थ्य बिग्रिएर भेन्टिलेटरमा पुगेका उनको सोमबार बिहान मृत्यु भएको हो । मृतक साहको स्थायी ठेगाना महोत्तरी जिल्लाको मनरा नगरपालिका ७ हो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार