सहकारीको करोडौं ठगीका दोषी अग्रवाल नक्कली नम्बर प्लेटका गाडीसहित पक्राउ
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
असोज १२, २०७७ मंगलबार १:५५:१८
![](https://nepalbahas.prixacdn.net/media/albums/apradhi-e1601303110584_vgvf3qV8zS.jpg)
१२ असोज, काठमाडौं । सहकारीमा जम्मा भएको सर्वसाधारणको करोडौं रुपैयाँ ठगी गरी विगत २ वर्षदेखि फरार रहेका न्यूरोडस्थित एयरटेल सहकारी संस्थाका एक पदाधिकारीलाई प्रहरी वृत्त, कालीमाटीले नक्कली नम्बर प्लेटसहितका दुई सवारी साधनसहित पक्राउ गरेको छ ।
प्रहरीले नक्कली नम्बर प्लेट राखेर अवैद्य धन्दा गरिरहेको आशंकामा पक्राउ परेका सुरेन्द्रकुमार अग्रवाललाई आजै यातायात व्यवस्था कार्यालयमा उपस्थित गराएको जनाएको छ । सक्कली नम्बरका गाडीमा नक्कली नम्बर प्लेट राख्नुको कारण बारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
यहीबीच, न्यूरोडमा रहेको एयरटेल सहकारी संस्थामा पदाधिकारी तथा सञ्चालक मिलेर सर्वसाधारण बचतकर्ताको बिसौं करोड ठगी गरेको आरोपमा यतिबेला उक्त सहकारीका तत्कालीन प्रवन्ध निर्देशक अशोक गोयलसहितका केही पक्राउ परी कारागारमा बन्दी जीवन बिताइरहेका छन् भने आधा दर्जन बढी अझै पनि फरार रहेका छन् ।
महानगरीय प्रहरी परिसर, काठमाडौंको पक्राउ सूचीमा रहेर फरार रहँदै आएका अग्रवाल आज दुई वटा नक्कली नम्बर प्लेटका सवारी साधन प्रयोग गर्दै आएको अवस्थामा पक्राउ परेपछि प्रहरीले उक्त प्रकरण बारे समेत अनुसन्धन गर्दैछ भने सहकारी ठगीका सन्दर्भमा पनि मुद्दा प्रकृया अघि बढाउने तयारी गरेको जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपटेस्लाको रोबो ट्याक्सी 'साइबरक्याब' सार्वजनिक, के के छन् विशेषता ?
असोज २६, २०८१ शनिबार
चारपाङ्ग्रे सवारीको आयातमा कमी, दुई पाङ्ग्रेको वृद्धि
असोज ९, २०८१ बुधबार
न्यू इनर्जी भेहिकलहरुको लागी लक्ष्मी न्यू इनर्जी सर्भिस सेन्टर सञ्चालनमा
भदौ २६, २०८१ बुधबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले गरे लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन
फागुन ५, २०८१ सोमबार
भन्सार छलेको सामानसहित रौतहटमा एक जना पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओली दाङमा
फागुन ५, २०८१ सोमबार