पर्सा र सर्लाहीमा दुई संक्रमितको मृत्यु
नेपालबहस संवाददाता
असोज १३, २०७७ मंगलबार २३:४५:४१
१३ असोज, वीरगञ्ज । पर्सा र सर्लाहीमा कोरोना संक्रमित दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको सखुवा प्रसौनी गाउँपालिका–१ रेञ्ज औराहाका ६५ वर्षीय पुरुष र सर्लाहीको बरहथवा नगरपालिका–६ का ७६ वर्षीय पुरुष हुन् ।
पर्साका ६५ वर्षीय संक्रमित पुरुषलाई वीरगञ्जबाट थप उपचारका लागि चितवनको भरतपुर लैजाने क्रममा बाटोमा नै मृत्यु भएको मृतकका आफन्तले बताएका छन् । उनी मृगौला रोगी हुन् ।
नारायणी बयोधा र नेशनल मेडिकल कलेजमा गरी उनको १८ पटक डायलायसिस भइसकेको थियो । तीन दिनदेखि श्वास प्रश्वासमा समेत समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको हो ।
यसैगरी सर्लाहीका ७६ वर्षीय एक पुरुषको उपचारको क्रममा नेशनल मेडिकल कलेज अस्थायी कोरोना अस्पताल वीरगञ्जमा सोमबार राति १० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
सर्लाहीमै विरामी परेका उनलाई उपचारका लागि असोज ११ गते नारायणी अस्पताल ल्याइएको थियो । जिन एक्सपर्ट विधिबाट कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएपछि उनलाई सोमबार बाबा आइसोलेसनमा सारिएको थियो । आइसोलेसनमा राखेर उनको उपचार गरिए पनि बचाउन नसकिएको अस्पतालका कोभिड फोकल पर्सन डाक्टर असरफ हुसैनले जानकारी दिए ।
मंगलबार नै सर्लाहीको बागमती नदी किनारमा उनको अन्त्येष्टि गरिसकिएको नेपाली सेनाले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार
विपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’
असोज १२, २०८१ शनिबार