चौतर्फी विरोधपछि कक्षा ११ को परीक्षा स्थगित
नेपालबहस संवाददाता
असोज १३, २०७७ बुधबार ०:३३:३
१३ असोज, विराटनगर । चौतर्फी विरोध बढेपछि विराटनगर महानगरपालिकाले कक्षा ११ को परीक्षा स्थगित गरेको छ । महानगरपालिकाले असोज २५ देखि कात्तिक ३ गतेसम्मका लागि परीक्षा तालिका सार्वजनिक गरेको थियो । दशैको मुखमा अभिभावकबाट शुल्क असुल्न खोजेको भन्दै अभिभावक र विद्यार्थीहरुले विरोध गरेपछि महानगरपालिकाले परीक्षा स्थगित गरेको हो ।
कोरोना संक्रमण जोखिम उच्च भएकाले तत्कालका लागि परीक्षा स्थगित गर्ने निर्णय भएको विराटनगर महानगरपालिका शैक्षिक महाशाखा प्रमुख दुर्गाप्रसाद खतिवडाले जानकारी दिए । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा विद्यालयले नै सञ्चालन गर्ने गरी निर्देशिका जारी गरेको छ ।
कक्षा ११ को परीक्षाका लागि विद्यालयहरुले महानगरपालिकालाई समन्वय गरिदिन आग्रह गरेपछि महानगरले एकरुपताका लागि समन्वय गरिदिएको बताउँदै उनले अब विद्यालय अनुकुल समयमा सञ्चालन गर्ने बताए । विराटनगरमा कक्षा ११–१२ पढाइ हुने ३७ वटा विद्यालयमा करिब ८ हजार विद्यार्थी अध्ययनरत छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो दीक्षान्त हुँदै
मंसिर ११, २०८१ मंगलबार
बीएण्डसीमा एमबीबीएस पठनपाठनको तयारी
मंसिर ९, २०८१ आइतबार
त्रिविले स्नातक तहका प्रश्नपत्र नेपाली र अंग्रेजी भाषामा सोध्ने
कात्तिक ६, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड धमाधम कालोपत्र हुँदै
मंसिर १२, २०८१ बुधबार
काठमाडौं उपत्यकाको तापक्रम निरन्तर घट्दो
मंसिर १२, २०८१ बुधबार
जासुसीको आरोप लगाउँदै रूसले बेलायती कुटनीतिज्ञलाइ दियो देश छाडने आदेश
मंसिर १२, २०८१ बुधबार
यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १२, २०८१ बुधबार
एनपीएलः वेष्ट इन्डिजका चाडविक वाल्टन नेपाल आइपुगे
मंसिर १२, २०८१ बुधबार
हिजो सम्भवः नभए पछि रवि लामिछानेलाई आज साँझसम्म काठमाडौं ल्याइने
मंसिर १२, २०८१ बुधबार