आज पर्सा, बारा र रौतहटका ९ जनाले जिते काेराेना
नेपालबहस संवाददाता
असोज १३, २०७७ बुधबार १:३१:५५
१३ असोज, पर्सा । नेशनल मेडिकल कलेज अस्थायी कोरोना अस्पतालबाट दोश्रो पटक कोरोना जितेर पर्सा, बारा र रौतहटका ९ जना कोरोना मुक्त भएका छन । कोरोना मुक्त भएका पर्साका बदीराम चमार, लालबाबु चौरसिया, आनन्द गिरि , बिरेन्द्र शाह, दोरोपती देवी, जिल्ला बारा का लक्षमी देवी, शुभनारायण शाह, र रौतहटका सुरेश यादव, दिपेन्द्र प्रसाद यादव रहेका छन ।
असोज ५ गते पीसीआर चेक गर्दा कोरोना पुष्टि भएको थियो । नेशनल मेडिकल कलेज अस्थायी कोरोना अस्पताल मा ५ गते भर्ना भएका ४२ जनामा मध्ये एक सातापछि मंगलबार ९ जनाको कोरोना नेगेटिभ रिपोर्ट आएपछी अस्पताले उनीहरुलाई बिदाई गरेको अस्पतालका निर्देशक डा. प्रमोद सरार्फ चिकित्सक असरफ अनसारीले बताए ।
डिस्चार्ज गर्ने क्रममा अस्थायी कोरोना अस्पतालका व्यवस्थापक आबीद अन्सारी र उनका चिकित्सकहरुद्धारा फुल माला लगाई विदाई गरीएको छ । प्रदेश नंं.२ कै सबै भन्दो ठूलो अस्पतालको रुपमा सञ्चालन गरीएको अस्पतालको हाल बेड क्षमता १८० रहेको छ । जस मध्ये १६ वटा आई।सी।यु सेवा , १० वटा भेन्टीलेटर, लगायतका सेवा रहेका छन् ।
यसपछि चरणबद्ध रुपमा संक्रमीतहरुको संख्या अनुसार बेड संख्या पनि बढाउने मेडिकल श्रोतले जनाएको छ । यस कोरोना अस्पतालको बेड संख्या ५०० देखी ७०० सम्म्को बनाउने लक्ष्य रहेको पनि मेडिकलले जनाउको छ । अस्पतालका प्रबन्धक निर्देशक बसरुद्दिन अन्सारीका अनुसार अस्पतालमा आउने कोरोना संक्रमीतहरुलाई अस्पतालले सम्पूर्ण सेवा निःशुल्क दिने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार