स्याङ्जा समाज अमेरिकाको साधारणसभा न्युयोर्कमा सम्पन्न
नेपालबहस संवाददाता
असोज १३, २०७७ बुधबार १:५०:४४
१३ असोज, अमेरिका । स्याङ्जा समाज अमेरिकाको दोस्रो बार्षिक साधारणसभा सोमबार अमेरिकाको न्युयोर्क शहरमा सम्पन्न भएको छ। कोभिड १९ को महामारीका कारण हुन नसकेको दोस्रो साधारणसभा सोमबार सतर्कता र सजकता अपनाउँदै सुरक्षित तबरबाट सम्पन्न भएको हो ।
कोरोना भाइरसको चरम महामारीका बखत स्याङ्जा समाज अमेरिकाले विभिन्न उदाहरणीय सामाजिक कार्य गरेको थियो । निम्न आयस्रोत भएर अप्ठ्यारोमा परेका नागरिकका लागि खाध्यान्न, लत्ताकपडा, ब्लड डोनेशन, औषधि लगायत अन्य आवश्यक सामाग्री वितरण अमेरिकामा मात्रै नभै नेपालमा समेत प्रभावकारी तवरबाट वितरण गरेको स्याङ्जा समाजका अध्यक्ष वीरेन्द्रजंग केसीले नेपालबहसलाई बताएका छन् ।
स्याङ्जा समाज अमेरिकाका संस्थापक अध्यक्ष वीरेन्द्रजंग केसीको अध्यक्षतामा सुरु भएको कार्यक्रममा बोल्दै स्याङ्जा समाज अमेरिकाका सदस्य दिनेश भण्डारीले स्याङ्जा समाज अमेरिका नेपालमा हुने र अमेरिका बस्ने हामी समग्र स्याङ्जालीको सुखदुखको साथी भएको बताएका थिए ।
स्याङ्जा समाज अमेरिका प्रवासी भुमिमा नेपालीको उत्थानका लागि खोलिएको संस्था भएकोले कुनै पनि नेपाली नागरिक अमेरिकामा बिचल्लीमा परेको छ भने त्यसको उद्दारका लागि स्याङ्जा समाज प्रतिबद्ध भएको धारणा स्याङ्जा समाजकी उपाध्यक्ष यमुना हमाल श्रेष्ठले बताएकी छन् ।
सो साधारणसभामा जस्तोसुकै विषम परिस्थितिको पनि सामना डटेर गर्ने र निरन्तर सामाजिक कार्यका लागि स्याङ्जा समाज प्रतिबद्ध रहेको स्याङ्जा समाजका वरिष्ठ सल्लाहकार मोहन गुरुङले राखेका थिए । स्याङ्जा समाजलाई जीवन्त सामाजिक कार्य गर्ने संस्थाको रुपमा परिचित बनाउने प्रतिबद्धता स्याङ्जा समाजका युवा संयोजक शोभाकान्त पाण्डेले गरेका छन् ।
आगामी दिनमा कोही र काखा कोही पाखा नगरी हातेमालो गर्दै प्रवासी नेपाली र जन्मथलो नेपालको लागि स्याङ्जा समाज अमेरिकाले अझ ठुला कार्य गर्न बाँकी रहेको र सबै मिलेर अगामी दिनमा उक्त कार्य गर्ने प्रतिबद्धता ब्यक्त गर्दै कार्यक्रमको समापन गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिनियाँ महासंघको टोलीद्वारा भक्तपुर अवलोकन
कात्तिक २९, २०८१ बिहिबार
अमेरिकामा पनि मनाइयो छठ
कात्तिक २३, २०८१ शुक्रबार
राजनीतिक हस्तक्षेपले एनआरएनए अभियानमा समस्या : अध्यक्ष डा. बद्री केसी
कात्तिक ११, २०८१ आइतबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार
निगमले बढायो पेट्रोल र हवाई इन्धनको मूल्य
मंसिर १५, २०८१ शनिबार
जनमत पार्टी अध्यक्ष सिके राउत चीन प्रस्थान
मंसिर १५, २०८१ शनिबार
राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री ओलीको भेट
मंसिर १५, २०८१ शनिबार
त्रिवि क्रिकेट मैदानमा भीडमा च्यापिँदा दुई प्रहरीसहित सात घाइते
मंसिर १५, २०८१ शनिबार
बसको ढोकाबाट खसेर दुई जनाको मृत्यु
मंसिर १५, २०८१ शनिबार
चीनले घोषणा गरेको अनुदान लिनका लागि सरकारले पहल गर्नेछः उपप्रधानमन्त्री सिंह
मंसिर १५, २०८१ शनिबार