निर्मला हत्या प्रकरणमा मुछिएका प्रहरी काममा फर्किदै
नेपालबहस संवाददाता
असोज १३, २०७७ बुधबार १:५७:१०
१३ असोज, काठमाडौं । निर्मला हत्या प्रकरणमा निलम्बित प्रहरी अधिकारी काममा फर्किने भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले प्रहरी नियमावलीको आठौं संशोधन स्वीकृत गरेसँगै प्रहरी हेडक्वाटरले निर्मला हत्या प्रकरणमा मुछिएका प्रहरीको निलम्बन फुकुवा गर्ने भएपछि उनीहरु काममा फर्किने भएका हुन् ।
यसअघि नियमावलीमा प्रहरी अधिकारीलाई लागेको मुद्दाको अन्तिम किनारा नलागेसम्म जागिरमा पुनर्वहाली हुन नपाउने व्यवस्था थियो । तर अहिले संशोधन गर्दा अन्तिम किनारा भन्ने शब्द हटाइएको छ । यससँगै निर्मला प्रकरणमा निलम्बित प्रहरी अधिकारीलाई काममा फर्काउने बाटो खुलेको हो ।
गृह मन्त्रालयले ३१ भदौ २०७५ मा केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीका तत्कालीन डीएसपी अंगुर जिसी, जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका डीएसपी ज्ञानबहादुर सेटी, प्रहरी निरीक्षक एकेन्द्र खड्का, प्रहरी सहायक निरीक्षक ९सई० रामसिंह धामीलाई निलम्बन गरेको थियो ।
तत्कालीन ‘सिन अफ क्राइम सोको’ अफिसर प्रहरी नायब निरीक्षक असई हरसिंह धामी र प्रहरी जवान चाँदनी साउद पनि निलम्बनमा परेका थिए । उनीहरुमध्ये डीएसपी सेटी, इन्स्पेक्टर खड्का र असई धामीले ३० वर्षे सेवा अवधिका कारण अवकाश पाइसकेका छन् ।
अब डीएसपी जिसी, सई धामी र जवान साउदको निलम्बन फुकुवा गर्न प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयलाई सिफारिस गर्न लागेको हो । बर्खास्त गरिएका तत्कालीन एसपी डिल्लीराज विष्ट र इन्स्पेक्टर जगदिश भट्ट भने काममा फर्किने सम्भावना कम छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रहरी अतिरिक्त महानिरीक्षकद्वयलाई दर्ज्यानी चिन्ह प्रदान
कात्तिक १४, २०८१ बुधबार
विधि विज्ञान प्रयोगशालामा जनशक्ति अभाव
कात्तिक १२, २०८१ सोमबार
नायव निरीक्षक दर्नालसहित सम्पर्कविहिन भएका १२ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन
कात्तिक ११, २०८१ आइतबार
एआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
मौसम विभाग भन्छ, भोलिदेखि भाइटीकासम्म पानी पर्छ
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
रुस–युक्रेन युद्धमा उत्तर कोरियाली सेना पुगेपछि अमेरिकाको चेतावनी
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
कैलालीमा तस्करी बढ्यो, आठ महिनासम्म एसपी पाण्डे मौन
कात्तिक १६, २०८१ शुक्रबार
आयल निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य
कात्तिक १५, २०८१ बिहिबार
सञ्चारमन्त्री भन्छन, प्रधानमन्त्री ओलीलाई पदबाट हटाउन एकथरी अभियान चलाइरहेका छन
कात्तिक १५, २०८१ बिहिबार
चाडपर्वको सामाजिकसँगै मानवीय महत्त्व छ : गृहमन्त्री लेखक
कात्तिक १६, २०८१ शुक्रबार
जापानमा साइकल चलाउँदा मोबाइल प्रयोग गर्नेलाई ६ महिनाको जेल सजाय
कात्तिक १६, २०८१ शुक्रबार
सद्भावको पर्व बन्दै छठ
कात्तिक १६, २०८१ शुक्रबार
किसानले सुकाएर राखेको अलैँचीको दाना
कात्तिक १६, २०८१ शुक्रबार
यू–१९ राष्ट्रिय क्रिकेटः सुदूरपश्चिमको लगातार तेस्रो जित
कात्तिक १६, २०८१ शुक्रबार
एनपीएलका लागि जनकपुरले भित्र्यायो पाकिस्तानका बलिङ अलराउन्डर मोहसिन
कात्तिक १६, २०८१ शुक्रबार