सूर्य नेपाल प्रालिद्वारा नगरपालिकालाई एम्बुलेन्स हस्तान्तरण
नेपालबहस संवाददाता
असोज १४, २०७७ बुधबार १४:३७:४४
१४ असोज, दमौली । बहुराष्ट्रिय कम्पनी सूर्य नेपाल प्रालिले तनहुँको शुक्लागण्डकी नगरपालिकालाई एम्बुलेन्स सहयोग गरेको छ । बाराको सिमरामा मुख्य कारखाना रहेको प्रालिको शुक्लागण्डकी नगरपालिका–७ शेराटारस्थित चुरोट कारखानाका व्यवस्थापक बाबुराम कार्कीले मंगलबार नगरप्रमुख किसान गुरुङलाई महिन्द्रा कम्पनीको एम्बुलेन्सको साँचो हस्तान्तरण गरे ।
भन्सार छुटमा ल्याइएको एम्बुलेन्सलाई रु १० लाख ५० हजार परेको कार्कीले जानकारी दिए । सामाजिक उत्तरदायित्व बहन गर्दै यस क्षेत्रका ग्रामीण भेगका सर्वसाधारणलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउन नगरपालिकालाई एम्बुलेन्स सहयोग गरिएको कार्कीले बताए ।
नगर क्षेत्रभित्र समयमै अस्पताल पुर्याउनुपर्ने बिरामीलाई एम्बुलेन्स अति उपयोगी हुने नगरप्रमुख गुरुङले बताए । हाल नगरपालिकाले खैरेनीटार स्वास्थ्यचौकीमा सञ्चालनमा ल्याउन लागेको पाँच शय्याको अस्थायी कोभिड अस्पतालमा उक्त एम्बुलेन्स प्रयोग गरिने गुरुङले जानकारी दिए ।
शुक्लागण्डकी नगरपालिकाले खडा गरेको कोरोना सङ्क्रमण रोकथाम नियन्त्रण र उपचार कोषमा गत जेठ महिनामा सूर्य नेपालले रु १० लाख सहयोग गरेको थियो । सूर्य नेपालले विसं २०४३ देखि सिमरामा चुरोट उत्पादन गर्दै आएको छ । तराईमा असुरक्षा महसुस गर्दै कम्पनीले विगत छ वर्ष अगाडि तनहुँको शुक्लागण्डकी नगरपालिकामा उद्योग स्थापना गरेको थियो ।
एक सय ४५ रोपनी क्षेत्रफलमा फैलिएको तनहुँ प्लान्टबाट वार्षिक छ अर्ब खिल्ली चुरोट उत्पादन गर्ने लक्ष्य लिइएको छ । सूर्य नेपालमा भारतीय कम्पनी आइटिसीको ५९ प्रतिशत लगानी छ । प्रभाकरशम्शेर राणाको सूर्य इन्टरप्राइजेजसँगै अन्य १० वटा समूहको ३९ प्रतिशत हिस्सा छ भने दुई प्रतिशत ब्रिटिस–अमेरिकन टोबाकोको शेयर छ । कम्पनीले सूर्य, शिखर, बिजुलीलगायतका चुरोट उत्पादन गर्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
काठमाडौं महानगरपालिकाले ७२० जना शिक्षकलाई तालिम दिने
पुष २६, २०८१ शुक्रबार
आँखा उपचार सेवामा योगदान पुर्याउने विभिन्न व्यक्ति सम्मनित
पुष २६, २०८१ शुक्रबार
चितवन महोत्सवमा काँचो केराका परिकार
पुष २६, २०८१ शुक्रबार
तिब्बतका भूकम्पपीडितलाई ३७ लाख सहयोग
पुष २६, २०८१ शुक्रबार
आगामी माघ २२ देखि कञ्चनपुरका २६ हजार किशोरीलाई ‘एचपीभी’ खोप लगाइने
पुष २६, २०८१ शुक्रबार