मुखमा कपडा कोचेर बालिकालाई बलात्कार, मिलापत्र गर्न डेढ लाखको प्रलोभन !
नेपालबहस संवाददाता
असोज १४, २०७७ बुधबार २०:३६:२
१४ असोज, कलैया । बाराको ओरैयाकी रमिता (नाम परिवर्तन) छिमेकीको घरमा जाँदै थिइन् । रातीको ८ बज्दा पनि भाई घरमा नआएपछि उनी बोलाउन भनेर घरबाट निस्केकी थिइन् । बाटोमा छिमेकीको घर हुदैँ उनी पल्लो घरमा पुग्नु थियो ।
तर अध्यारोमा छिमेकीको घर नपुग्दै उनलाई छिमेकी दाई नाता पर्नेले च्याप्प समाते । छिमेकी २६ बर्षीय शिवपुजन यादवले मुखमा कपडा कोचेर उनलाई उनका छिमेकी लालबाबुको घरमा लिए ।
घरभरी मान्छे भएपनि उनी एक्लैले रमितालाई कोठाभित्र लगे । मुखमा कपडा नै कोचेर नै उनले बलात्कार गरे । बलात्कार गरेपछि उनको मुखको कपडा तानेर शिवपूजन फरार भए । आफ्नै घरमा बलात्कार गर्न दिने शिवपूजन भने उल्टै रमितामाथि लाठी बर्साउन लागे ।
शिबपूजनले आफूलाई बलात्कार गरेको सुनाउँदा उल्टै लालबाबुले उनलाई कुटपिट गरेका थिए । त्यसपछि उनी रुदै घर गइन् । शिवपुजनका साथी कृष्ण यादवले नै बलात्कारलाई भाग भनेर रमितालाई समातेर राखेका थिए ।
मान्छेहरु हुँदाहुदैँ पनि घरमा लिएर बलात्कार गर्ने शिवपूजनविरुद्ध बालिका आक्रोशित भइन् । घरमा गएर आमाबुवालाइ भनिन् । तर उल्टै बालिकाथि आमाबुवाले कुटपिट गरे । बलात्कारी छिमेकी लालबाबुको समेत आफन्त पर्ने भएकाले बालिकालाई घरभित्रै पनि सुरक्षा छैन् ।
तर आमाबुवाले अहिले भने न्याय खोजिरहेका छन् । शुरुमा पत्यार नलागेर कुटपिट गरेपनि अहिले भने न्यायको लागि उनीहरुले प्रहरीमा उजुरी दिन खोजिरहेका छन् । तर पनि प्रहरीले उजुरी लिन मानेको छैन् ।
डेढ लाखको प्रलोभन, नमाने गोली हानेर मारिदिने धम्की !
अहिले पीडित परिवारलाई मिलापत्रका लागि डेढ लाख रुपैयाँको प्रलोभन आएको छ । तर बालिकाका आमा बुवा भने पैसा नभई न्याय खोजिरहेका छन् । यसका लागि उनीहरु प्रहरीेकोमा पनि धाइरहेका छन् । तर पनि उनीहरुले न्याय पाइरहेका छैनन् ।
स्थानीय वडाध्यक्षसँग जाँदा पनि उनले पीडक पक्षलाई साथ दिएका छन् । उल्टै गाउँघरमै पैसा लिएर मिलापत्र गर्न दबाब दिइरहेका छन् । तर बालिका र उनका आमाबुवाले भने न्याय मागिरहेका छन् । आफूलाई न्याय नपाएसम्म लडिरहने उनीहरुको अडान छ ।
तर पैसा लिएर चुपचाप नलागे राती गोली हानेर मारिदिने धम्की पीडक पक्षले दिएको छ । यसकारण उनीहरु राती सुत्न सकेका छैनन् । तर प्रहरीले भने उनीहरुको कुरा सुनेको छैन् । प्रहरीले उजुरी लिएर छानबिन नगर्दा तराईमा बलात्कारका घटना बढ्दै गएका छन् ।
केही घटनामा भने प्रहरीले सक्रियता देखाएपनि धेरैजसो मिलापत्र गर्न दबाब दिँदा बलात्कारका घटना झन् मौलाईरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप७ वर्ष कैद सजाय मागसहित दुर्गा प्रसाईंविरुद्ध साइबर अपराधको मुद्दा दर्ता
मंसिर २६, २०८१ बुधबार
वैदेशिक रोजगारीका लागि विदेश पठाइदिने भन्दै रकम ठगी गर्ने तीन जना पक्राउपछि सार्वजनिक
मंसिर २६, २०८१ बुधबार
१७ वर्षकी बालिका बलात्कार आरोपमा पक्राउ परेका पूर्वमेयरलाई चार दिन हिरासतमा राखिने
मंसिर २५, २०८१ मंगलबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
समस्या देखियो भनेर कामबाट पन्छिन हुन्नः मुख्यमन्त्री कँडेल
मंसिर २७, २०८१ बिहिबार
वायु प्रदूषण न्यूनीकरण आवश्यकः मन्त्री शाही
मंसिर २७, २०८१ बिहिबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार