सर्वोच्चभित्र सुनुवाई, बाहिर बामदेवविरुद्ध कांग्रेस बीपीको विरोध प्रदर्शन
नेपालबहस संवाददाता
असोज १४, २०७७ बुधबार २०:४८:५७
१४ असोज, काठमाडौं । हारेको व्यक्तिलाई सांसद र मन्त्री नबनाउन माग गर्दै नेपाली कांग्रेस बीपीले काठमाडौंमा प्रदर्शन गर्नुका साथै सर्वोच्च अदालत परिसरमा धर्ना दिएको छ । वामदेव गौतमलाई सरकारले राष्ट्रियसभा सदस्यमा मनोनित गरेको विरोधमा कांग्रेस बीपीले प्रदर्शन गरेको हो ।
गौतमलाई राष्ट्रियसभा सदस्य नबनाउन माग गर्दै सर्वोच्चमा परेको रिटमाथि सुनुवाई चलिरहेका बेला बाहिर महामन्त्री शुशिलमान शेरचनको नेतृत्वमा कांग्रेस बीपीले विरोध प्रदर्शन गरेको हो । हारेका व्यक्तिलाई संविधान विपरित सांसद तथा मन्त्री बनाउन नहुने भन्दै कांग्रेस बीपीले छातीमा प्लेकार्ड बोकेर प्रदर्शन गर्नुका साथै जनताको अभिमतको सम्मान गर्न सर्वोच्चका न्यायाधीशकाे पनि ध्यानाकर्षण गराएका छन् ।
माइतीघरमा प्रदर्शन गरेपछि पूर्वमन्त्री समेत रहेका महामन्त्री शेरचनको नेतृत्वमा कांग्रेस बीपीका नेता कार्यकर्ताले सर्वोच्च परिसर अगाडी विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो ।
कांग्रेस बीपीले संविधानको खिलापमा गई जनमतको अपमुल्याङ्कन गर्न पाईदैन, जनअनुमत नस्वीकार्ने हो भने निर्वाचनमा राज्यको सम्पत्ति किन दुरुपयोग गरियो, जनअनुमतबाट अस्वीकार भएका नेताहरूलाई चोरबाटो प्रयोग गरि सांसद र मन्त्री बनाउने कार्य बन्द गरियोस, अधिवक्ता दिनेश त्रिपाठी र बद्रीराज भट्टले संवैधानिक पक्षमा दायर गरिएको रिट सुनाईहोस, संविधान भन्दा बाहिरको निर्णयले गलत नजिर स्थापित हुने हुँदा सम्माननिय न्यायाधीशहरुमा चेतना भया , जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर प्रर्दशन गरेका थिए।
धर्ना दिदै गर्दा सर्वोच्च अदालत अगाडि निषेधित क्षेत्र भएको भन्दै प्रहरीले त्यहाँबाट लखेटेर माइतीघर मण्डला पठाएपछि उनीहरु त्यही धर्नामा बसेका थिए । त्यहाँ केही समय धर्ना बसेपछि शेरचनले संविधानको खिलापमा गई गौतमलाई राष्ट्रियसभामा नियुक्ति गरिन नहुने बताउँदै धर्नाको अन्त्य गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउम्मेदवारविरुद्ध परेका उजुरीको आज छानबिन गर्दै निर्वाचन आयोग
मंसिर ४, २०८१ मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार
उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृहमन्त्रालयलाई आयोगको निर्देशन
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मंगलबार डलरसंगै युरोको भाउ पनि घट्यो
मंसिर ४, २०८१ मंगलबार
राशिफलः आज एैना हेरेर बाहिर निस्कदा शुभ हुन्छ
मंसिर ४, २०८१ मंगलबार
पहाडी भूभागमा हल्का वर्षा र तराइमा हुस्सुको सम्भावना
मंसिर ४, २०८१ मंगलबार
असोजमा आएको बाढीपहिरोका कारण भएको जनधनको क्षतिमा पौन १२ अर्बको बिमा दाबी
मंसिर ४, २०८१ मंगलबार
उम्मेदवारविरुद्ध परेका उजुरीको आज छानबिन गर्दै निर्वाचन आयोग
मंसिर ४, २०८१ मंगलबार
त्रिशूलीमा खसेको ट्रकबाट ३ जनाको उद्धार
मंसिर ४, २०८१ मंगलबार