महिलाको बलात्कार हुँदा चिन्ता गर्नुपर्दैन भनेपछि गृहमन्त्रीको चर्को आलोचना
नेपालबहस संवाददाता
असोज १४, २०७७ बुधबार २१:५४:४०
१४ असोज, काठमाडौं । महिलामाथि बलात्कार विश्वका २०० बढी देशमा भइरहेको भनेपछि गृहमन्त्री रामबहादुर थापा बादलको चर्को आलोचना शुरु भएको छ । बुधबार संसदीय समितिको बैठकमा बोल्दै गृहमन्त्री बादलले विश्वका सवा २०० देशभन्दा नेपाल बलात्कारका घटनामा धेरै पछाडि रहेको भनेका थिए ।
राज्य व्यवस्था तथा सुशासन समितिको सोमबार बसेको बैठकमै गृहमन्त्री बादलले विवादास्पद अभिव्यक्ति दिएपछि उनको चर्को आलोचना शुरु भएको हो । विश्वको दाँजोमा नेपालमा बलात्कारका घटना कमै हुने गरेको भन्दै उनले यसलाई सामान्य मान्नुपर्ने बताएपछि धेरैले आपत्ति जनाएका छन् ।
प्रत्येक दिन नेपालमा ७ जनासम्म बलात्कार हुने गरेको भन्दै गृहमन्त्री बादलले अमेरिका लगायतका विकसित मुलुकको अवस्था नेपालको भन्दा खराब रहेको भन्दा सांसदले समेत विरोध गरेका थिए ।
लेखक तथा महिला अधिकारकर्मी सरिता तिवारीले सामाजिक सञ्जाल ट्वीटरमा लेखेकी छन्, ‘बलात्कार र हत्याजस्ता हरेक डरलाग्दा केशपछि असंवेदनशील अभिव्यक्ति दिँदै बस्ने यी गृहमन्त्री पदमा बसिरहन योग्य छन् ?
यस्तै पत्रकार बिनु सुवेदीले बलात्कारका बारेमा अभिव्यक्ति दिँदा घरमा पहिले छोरी र श्रीमतिसँग परामर्श गर्न सुझाव दिएकी छिन् । सामाजिक रुपमा बलात्कार घटना डरलाग्दो गरी बढिरहेका बेला हलुका र गैरजिम्मेवार तर्क दिन नहुने पत्रकार सुवेदीको भनाई छ ।
‘बलात्कारको प्रयास हुन, बलत्कार हुनु र बलात्कारपछि हत्या हुनु युद्धका बेला गोली ताक्नु, अपहरण गर्नु र मान्छे मार्नुजस्तो हैन गृहमन्त्री’ पत्रकार सुवेदीले फेसबुकमा लेखेकी छिन्, ‘यस्ता विषयमा अत्यन्तै गैरसंवेदनसिल भएर जे पायो त्यही बोल्नुअघि श्रीमती र छोरीसँग परामर्श गर्ने गर्नु ।’
यस्तै गृहमन्त्रीको अभिव्यक्ति र सरकारको कार्यशैलीबारे असन्तुष्टि जनाउँदै पूर्वगृहमन्त्री भीमबहादुर रावलले समेत ट्वीटरमा आफ्नो धारणा राखेका छन् । ‘जनता र देशको आवाजलाई उपदेश ठान्नेहरू जनता र देशको हितमा आवाज उठ्न नसकोस् भन्ने मानसिकताका वाहाक ठहरिन्छन्’ रावलले ट्वीटमा लेखेका छन्, ‘त्यस्तो मानसिकता निरंकुशता र स्वेच्छाचरी शासनका तावेदारहरूमा मात्र हुन्छ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार
उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृहमन्त्रालयलाई आयोगको निर्देशन
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नक्कली फेसबुक आइडिको प्रयोग गरी २७ लाख ठगी आरोपमा पक्राउ
मंसिर ३, २०८१ सोमबार
नेपाल–भारत सीमा सुरक्षा बैठक : सीमापार अपराध नियन्त्रण थप प्रभावकारी बनाउने निष्कर्ष
मंसिर ३, २०८१ सोमबार
काठमाडौं महानगरले वर्गीकृत फोहर मात्रै व्यवस्थापन गर्ने
मंसिर ३, २०८१ सोमबार
आगोले पोलेर घाइते महिलाको उपचारका क्रममा मृत्यु
मंसिर ३, २०८१ सोमबार
डेडिकेटेड तथा ट्रंकलाइन विवाद: ‘टीओडी’का आधारमा बक्यौता गणना गर्न विज्ञ समिति गठन
मंसिर ३, २०८१ सोमबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार