शेयरबजारमा अन्तिम समयमा शुभसंकेत देखिएको हो ?
आर्थिक संवाददाता
असोज १४, २०७७ बुधबार २२:५७:६
१४ असोज, काठमाडाैं । आज शेयरबजारमा गिरावट आएपनि अन्तिम समयमा भने बजारले माथिल्लो दिशा समात्न प्रयास गरेको थियो । नेप्से परिसूचक ३ दशमलव १९ अंकले घट्दै १५५० दशमलव ४३ को विन्दुमा बन्द भएको छ । आज १९० कम्पनीको शेयर कारोवार हुँदा १ अर्ब ९५ करोडको शेयर कारोवार भएको छ ।
नेप्से परिसूचकमा सामान्य शुन्य दशमलव २१ प्रतिशतले घटेको छ । बजारले अन्तिम समयमा केही माथिल्लो दिशा समात्न प्रयास गरेको थियो । आज बजार १५६१ दशमलव ५९ को विन्दुमा खुलेकोमा बजारको उच्च विन्दु ११ बजेर ०१ मिनेटमा १५६३ दशमलव ४० रहेको थियो । बजारले १ बजेर १६ मिनेटमा १५४२ दशमलव ५८ को को न्यून विन्दु समातेको थियो ।
आज सर्वाधिक कारोवार हुने ५ कम्पनीहरु :
आज सर्वाधिक कमाउने ५ कम्पनीहरु :
आज सर्वाधिक गुमाउने ५ कम्पनीहरु :
✍ प्राविधिक बिश्लेषण :
प्रतिरोध २ः १५७५ । प्रतिरोध १ः १५५३ । टेवा १ः १५२५ । टेवा २ः १५००
✍आज शेयरबजार खुलेदेखि घट्दो प्रवृत्तिमा रहे पनि पछिल्लो समयमा बजार केही सकारात्मक हुनसक्ने संकेत गरेको छ। आजको मैनबत्तीले “वियरिस” मैनबत्तीको चित्र बनाएको देखिन्छ। यसले बजारमा विक्रेताको चाप रहेको जानकारी गराउँदछ। परिमाण भने सामान्य रहेको छ।
✍ दैनिकी अवधिमा “आरएसआई” ६१ दशमलब २६ को बिन्दुमा छ। यसको प्रवृत्तिले आज बजारमा विक्रेताको चाप रहेको जानकारी गरेको छ।
✍“एडीएक्स” र जोड / बिजोड “डाइरेक्सनल इन्डेक्स”हरुले बजारमा क्रेताको चाप कमजोर हँदै गएको जानकारी गराएको छ।
✍“अन ब्यालेन्स भल्यूम” ले बजारमा आपूर्ति बढ्न थालेको जानकारी गराएको छ।
✍ यदि बजार १५७५ भन्दा माथि स्थिर रहेमा बजार केही सकारात्क हुनसक्ने देखिन्छ र अर्को तत्कालिन प्रतिरोध १६०० को मनोबैज्ञानिक क्षेत्रमा रहेको देखिन्छ। यदि बजार १५२५ भन्दा तल स्थिर रहेमा बजार केही सच्चिन सक्ने संकेत गर्नुका साथै अर्कोे तत्कालिन टेवा १५०० को क्षेत्रमा रहेको देखिन्छ ।
(नोट : निर्णय लिनु अघि थप अनुसन्धान गर्नु होला ! नेपालबहसको शेयर बिश्लेषण गर्ने शाखाले प्राविधिक र आधारभूत औजारको प्रयोग गरेर बिश्लेषण गरिएको हो। नाफा-नोक्सानको जिम्मेवार नेपालबहस हुने छैन। )
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट
मंसिर ६, २०८१ बिहिबार
सर्वसाधारणका लागि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ८३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
मंसिर ४, २०८१ मंगलबार
आज शेयरबजार बन्द, भोली बिहान ११ बजे मात्र खुल्ने
मंसिर ३, २०८१ सोमबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार