अब बलात्कारका घटनामा प्रहरीलाई पनि कारवाही हुन सक्ने
नेपालबहस संवाददाता
असोज १४, २०७७ बिहिबार १:५१:१२
१४ असोज, काठमाडौं । अब बलात्कार मुद्दामा मेलमिलाप गर्ने प्रहरीलाई पनि कारवाही हुने देखिएको छ । संसदीय समितिले बलात्कार मुद्दाका घटना मिलाउनेलाई कारवाही गर्न निर्देशन दिएपछि मुद्दा चलाउनुको साटो मेलमिलाप गर्न बाध्य पार्ने प्रहरीलाई समेत कारवाही हुने देखिएको हो ।
संसदको राज्य व्यवस्था तथा सुशासन समितिले बलात्कारका घटनामा मेलमिलाप गराउनेलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएपछि अब प्रहरीलाई कारवाही गर्न सक्ने सम्भावना छ ।
वुधबार बझाङकी सम्झना कामीलगायत विभिन्न जिल्लामा भएका बलात्कारका घटनाको बारेमा गृहमन्त्री रामबहादुर थापा र प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीसँग छलफल गरेपछि समितिले यस्तो निर्देशन दिएको हो । मेलमिलापमा सलंग्न हुने र प्रहरीकै रोहवरमा मेलमिलाप हुने घटनामा अब स्वंयम प्रहरबिाट लुक्ने सम्भावना कम छ ।
‘बलात्कारको घटनामा मेलमिलाप गराउने र त्यसको मध्यस्तकर्ताको भूमिका खेल्ने जो कोहीलाई उक्त घटनाको मतियारको रुपमा कारवाही गर्ने’ समितिले दिएको निर्देशनमा उल्लेख छ । प्राय प्रहरी अधिकारी पनि राजनीतिक संरक्षण वा दबाबका कारण पीडक र पीडित पक्षलाई मिल्न दबाब दिने गरेका छन ।
बझाङ, सप्तरी, बारा, कैलाली, बर्दिया, धनुषा, कञ्चनपुरलगायतका जिल्लामा भएका बलत्कारका घटनामा संलग्न जो कोहीलाई हदैसम्मको कानुनी सजाय र पीडितलाई न्यायसहितको उचित क्षतिपूर्ति दिने व्यवस्था मिलाउन समितिले सरकारलाई निर्देशन दिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रहरी अतिरिक्त महानिरीक्षकद्वयलाई दर्ज्यानी चिन्ह प्रदान
कात्तिक १४, २०८१ बुधबार
विधि विज्ञान प्रयोगशालामा जनशक्ति अभाव
कात्तिक १२, २०८१ सोमबार
नायव निरीक्षक दर्नालसहित सम्पर्कविहिन भएका १२ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन
कात्तिक ११, २०८१ आइतबार
एआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
मौसम विभाग भन्छ, भोलिदेखि भाइटीकासम्म पानी पर्छ
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
रुस–युक्रेन युद्धमा उत्तर कोरियाली सेना पुगेपछि अमेरिकाको चेतावनी
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
साम्बा भन्छिन्- यो हार बिर्सिन धेरै समय लाग्छ
कात्तिक १५, २०८१ बिहिबार
कैलालीमा तस्करी बढ्यो, आठ महिनासम्म एसपी पाण्डे मौन
कात्तिक १६, २०८१ शुक्रबार
आयल निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य
कात्तिक १५, २०८१ बिहिबार
लाइयुआनको गौरवमा हेबेई प्रान्तको विकास फड्को
कात्तिक १६, २०८१ शुक्रबार
नेपाल एक खेलअघि नै हङकङ सिक्सेसको क्वाटरफाइनलमा
कात्तिक १६, २०८१ शुक्रबार
हिमालसँग रमाउन पुगेको पर्यटक
कात्तिक १६, २०८१ शुक्रबार
माथागढीमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु
कात्तिक १६, २०८१ शुक्रबार
पाकिस्तानमा पोलियो विरुद्धको खोप अभियानमा बम विष्फोट, सात जनाको मृत्यु
कात्तिक १६, २०८१ शुक्रबार
जङ्गली हात्तीको आक्रमणबाट सर्वसाधारणलाई जोगाउन सचेतना
कात्तिक १६, २०८१ शुक्रबार