सरकारविरुद्ध आन्दोलन गर्ने कांग्रेसको निर्णय, संसदको विशेष अधिवेशन बोलाउन माग
नेपालबहस संवाददाता
असोज १४, २०७७ बिहिबार २:९:२६
१४ असोज, काठमाडौं । नेपाली कांग्रेसले संसदको विशेष अधिवेशन आह्वान गर्न माग गरेको छ । पार्टी सभापति शेरबहादुर देउवा निवासमा बुधबार बसेको केन्द्रीय पदाधिकारीको बैठकले तत्कालै विशेष अधिवेशन आह्वान गर्न सरकारसँग माग गर्ने निर्णय गरेको हो ।
यसका लागि दबावमूलक कार्यक्रम गर्ने पनि कांग्रेसको निर्णय छ । कोरोना महामारी नियन्त्रणका लागि सरकारले प्रभावकारी काम गर्न नसकेको, देशमा भ्रष्टाचार व्यापक बन्दै गएको भन्दै कांग्रेसले यी विषयमा संसदमा छलफल गर्न विशेष अधिवेशन बोलाउनुपर्ने माग गरेको हो ।
साथै कोरोना रोकथाम र नियन्त्रणको काम प्रभावकारी रुपमा गर्न नसकेको र देशमा व्यापक भ्रष्टाचार बढेको भन्दै त्यस विषयमा सशक्त आवाज उठाउनका लागि संसदको बैठक आवश्यक पर्ने र दबाब दिएर भएपनि विशेष अधिवेशन आह्वान गर्ने निर्णय कांग्रेसले गरेको हो ।
बढ्दो भ्रष्टाचार तथा बेथिति बढेको अवस्थामा पनि सरकार मौन रहेको, नागरिकको बेरोजगारीको समस्या समाधानका लागि सरकारले ध्यान दिन नसकेको कांग्रेसको भनाइ छ । साथै कांग्रेसले सरकारविरुद्धमा सडक र संसदबाट एकसाथ संघर्ष गर्ने निर्णय पनि गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार
उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृहमन्त्रालयलाई आयोगको निर्देशन
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नक्कली फेसबुक आइडिको प्रयोग गरी २७ लाख ठगी आरोपमा पक्राउ
मंसिर ३, २०८१ सोमबार
नेपाल–भारत सीमा सुरक्षा बैठक : सीमापार अपराध नियन्त्रण थप प्रभावकारी बनाउने निष्कर्ष
मंसिर ३, २०८१ सोमबार
काठमाडौं महानगरले वर्गीकृत फोहर मात्रै व्यवस्थापन गर्ने
मंसिर ३, २०८१ सोमबार
आगोले पोलेर घाइते महिलाको उपचारका क्रममा मृत्यु
मंसिर ३, २०८१ सोमबार
डेडिकेटेड तथा ट्रंकलाइन विवाद: ‘टीओडी’का आधारमा बक्यौता गणना गर्न विज्ञ समिति गठन
मंसिर ३, २०८१ सोमबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार