कात्तिक ७ देखि क्लिनफिड लागू हुन्छ : प्रधानमन्त्री ओली

नेपालबहस संवाददाता
असोज १५, २०७७ बिहिबार १२:१०:४७

१५ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो कात्तिक ७ गतेदेखि कानूनबमोजिम विज्ञापनरहित प्रसारण सेवा ‘क्लिनफिड’ लागू हुने बताएका छन । नवगठित मिडिया एलायन्स नेपालका अध्यक्ष भाष्करराज राजकर्णिकार नेतृत्वको टोलीलाई आज प्रधानमन्त्री निवास बालुवाटारमा बधाई दिँदै प्रधानमन्त्री ओलीले कानूनको पालनामा सरकार पछि नहट्ने स्पष्ट गरे ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री ओलीले सूचनाको हकसम्बन्धी कानून अफवाहको चक्रव्यूह सिर्जना गर्न नभएको स्पष्ट गर्दै पारस्परिक सहयोगका साथ अघि बढ्न पनि आह्वान गरे ।
प्रधानमन्त्री प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री ओलीले पत्रकारको भौतिक सुरक्षाको सरकारले शतप्रतिशत सुनिश्चितता गर्ने र अन्य क्षेत्रमा सम्भव भएसम्मका सहयोग, सुरक्षा र संरक्षण हुने पनि बताएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसमुन्द्र तटमा देखियो ‘प्रलय माछा’, के पृथ्वीमा प्रलय हुन लागेको हो ?
फागुन ९, २०८१ शुक्रबार
अन्ततः चीनले प्रयोगशालामा बनाइ छाड्यो ‘सुपर डाइमण्ड’
फागुन ७, २०८१ बुधबार
अमेरिकामा ५० लाख डलर तिरेर नागरिकता पाउने अफर : यो एउटा बाटो हो, गन्तव्य होइन !
फागुन १४, २०८१ बुधबार
नेपाली अराजनीति अनि बजार हल्ला
फागुन १४, २०८१ बुधबार
राराको होटेलमा आगलागी, चार भवन जलेर नष्ट
फागुन १५, २०८१ बिहिबार
ओलाङचुगोलामा बुनेको गलैँचाको माग उच्च
फागुन १५, २०८१ बिहिबार
वनगाउँका एकसय घर तरकारी खेतीमा
फागुन १५, २०८१ बिहिबार
कस्तो छ तपाईको आजको राशीफल ?
फागुन १५, २०८१ बिहिबार
मुग्लिन-नारायणगढ सडकको वैकल्पिक मार्ग खुलाउन दुई करोड ६९ लाख विनियोजन
फागुन १५, २०८१ बिहिबार
धनगढी उपमहानगरपालिकामा ‘विशेषज्ञ चिकित्सा वडा क्लिनिक सेवा’
फागुन १५, २०८१ बिहिबार