प्रचण्डले बादल र लेखराजलाई मन्त्रीबाट हटाउन खोज्दा ओली त्रसित !
नेपालबहस संवाददाता
असोज १५, २०७७ बिहिबार १७:१७:३५
१५ असोज, काठमाडौं । नेकपामा मन्त्रिपरिषद पुनर्गठन गर्दा कसलाई हटाउने ? कसलाई मन्त्री बनाउने ? भन्ने विषयमा दुई अध्यक्षबीचको विवाद तन्किएको छ । पछिल्लो दुई सातायता प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच लगातार छलफल भएपनि कुरा मिल्न सकेको छैन् ।
खासगरी प्रचण्डले पुरै मन्त्रीलाई हटाएर नयाँलाई मन्त्री बनाउनुपर्नेमा जोड दिइरहेका छन् । तर ओली भने अहिले रहेका केही मात्रै मन्त्रीलाई हटाएर नयाँ मन्त्री थप्नुपर्नेमा जोड दिइरहेका छन् । ओली प्रचण्ड गुटका नेताहरु गृहमन्त्री रामबहादुर थापा बादल, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई कुनै हालतमा हटाउन चाहदैनन् । दुवै जनाले ओलीलाई दरोसँग साथ दिइरहेका छन् ।
तर प्रचण्डको अडान अहिले बादल र लेखराजलाई हटाउने छ । जसरी पनि यी दुई मन्त्रीलाई हटाउनुपर्ने अडानमा प्रचण्ड छन् । पछिल्लो समय आफूलाई पटक पटक धोका दिइरहेको भन्दै प्रचण्डले यी दुई मन्त्री हटाउनैपर्ने दबाब ओलीलाई दिइरहेका छन् । तर तत्कालै उनीहरुलाई हटाईहाल्ने पक्षमा भने ओली छैनन् ।
जसकारण पटक पटक बैठक बसेपनि ओली र प्रचण्डबीच मन्त्रिपरिषद पुनर्गठनका विषयमा कुरा मिल्न सकेको छैन् । यस्तै प्रचण्डले टोपबहादुर रायमाझी, हरिबोल गजुरेल र प्रभु साहलाई पनि मन्त्री बनाउन चाहेका छैनन् ।
आफ्नो गोजीमा रहेका नेताहरुलाई मात्रै मन्त्री बनाउने प्रचण्ड योजनाबाट चित्त नबुझाएका ओलीले तत्कालै मन्त्रीमण्डल फेरबदलमा चाँसो दिएका छैनन् । प्रचण्डको योजनामा चुनाव हारेका नारायणकाजी श्रेष्ठ र वामदेव गौतमलाई मन्त्री बनाउने छ ।
दुवै हारेका नेताहरुलाई मन्त्री बनाएर सरकारको थप आलोचना गर्ने प्रचण्डको दाउ पनि ओलीलाई मन परेको छैन् । मन्त्रालय फुटाएर ६ जना नयाँ मन्त्री बनाउने योजना अघि सारिएपनि तर अहिलेसम्म भने क कसलाई मन्त्री बनाउने र क कसलाई हटाउने भन्ने विषयमा दुई अध्यक्षबीच सहमति हुन सकेको छैन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउम्मेदवारविरुद्ध परेका उजुरीको आज छानबिन गर्दै निर्वाचन आयोग
मंसिर ४, २०८१ मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार
उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृहमन्त्रालयलाई आयोगको निर्देशन
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मंगलबार डलरसंगै युरोको भाउ पनि घट्यो
मंसिर ४, २०८१ मंगलबार
राशिफलः आज एैना हेरेर बाहिर निस्कदा शुभ हुन्छ
मंसिर ४, २०८१ मंगलबार
पहाडी भूभागमा हल्का वर्षा र तराइमा हुस्सुको सम्भावना
मंसिर ४, २०८१ मंगलबार
असोजमा आएको बाढीपहिरोका कारण भएको जनधनको क्षतिमा पौन १२ अर्बको बिमा दाबी
मंसिर ४, २०८१ मंगलबार
उम्मेदवारविरुद्ध परेका उजुरीको आज छानबिन गर्दै निर्वाचन आयोग
मंसिर ४, २०८१ मंगलबार
त्रिशूलीमा खसेको ट्रकबाट ३ जनाको उद्धार
मंसिर ४, २०८१ मंगलबार