युवराज खतिवडालाई अमेरिकाको राजदूत बनाउने सरकारको निर्णय
नेपालबहस संवाददाता
असोज १५, २०७७ बिहिबार १७:३८:२०
१५ असोज, काठमाडौं । सरकारले अमेरिकाका लागि नेपाली राजदूतमा युवराज खतिवडालाई नियुक्त गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले पूर्वअर्थमन्त्रीसमेत रहेका खतिवडालाई अमेरिकाका लागि नेपाली राजदूतमा नियुक्त गर्ने निर्णय गरेको हो ।
सरकारले राजदूतमा नियुक्त गर्ने निर्णयको सिफारिस गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार समेत रहेका खतिवडा हालै अर्थमन्त्रीबाट पदमुक्त भएका थिए ।
राष्ट्र बैंकका पूर्वगभर्नर, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष समेत रहेका खतिवडा राजदूत समेत बन्ने भाग्यमानी हुन् । ओलीको रोजाईमा रहेका खतिवडाबाट वैदेशिक लगानी नेपाल भित्र्याउनका लागि उनलाई महत्वपूर्ण पदमा प्रधानमन्त्रीले नियुक्त गर्दै गएका छन् ।
यस्तै लोकदर्शन रेग्मीलाई बेलायतका लागि राजदूत नियुक्त गर्ने निर्णय सरकारले गरेको छ । आजैमात्र मुख्यसचिवबाट राजीनामा दिएका रेग्मीलाई सरकारले बेलायतका लागि नेपाली राजदूतमा नियुक्त गरेको हो ।
मुख्यसचिवमा भने परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीलाई नियुक्त गरिएको छ । रेग्मीले राजीनामा दिएलगत्तै सरकारले बैरागीलाई मुख्यसचिवमा नियुक्त गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार
उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृहमन्त्रालयलाई आयोगको निर्देशन
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नक्कली फेसबुक आइडिको प्रयोग गरी २७ लाख ठगी आरोपमा पक्राउ
मंसिर ३, २०८१ सोमबार
नेपाल–भारत सीमा सुरक्षा बैठक : सीमापार अपराध नियन्त्रण थप प्रभावकारी बनाउने निष्कर्ष
मंसिर ३, २०८१ सोमबार
काठमाडौं महानगरले वर्गीकृत फोहर मात्रै व्यवस्थापन गर्ने
मंसिर ३, २०८१ सोमबार
आगोले पोलेर घाइते महिलाको उपचारका क्रममा मृत्यु
मंसिर ३, २०८१ सोमबार
डेडिकेटेड तथा ट्रंकलाइन विवाद: ‘टीओडी’का आधारमा बक्यौता गणना गर्न विज्ञ समिति गठन
मंसिर ३, २०८१ सोमबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार