भारतमा १५ अक्टुबरबाट सिनेमा हल खुल्ने, नेपालमा कहिले ?
नेपालबहस संवाददाता
असोज १५, २०७७ बिहिबार १९:३७:८
१५ असोज, एजेन्सी । कोरोनाको लकडाउनले ठप्प भएको ६ महिनापछि भारतमा चलचित्र हल खुल्ने भएका छन् । भारतको केन्द्रिय सरकारले अनलक–५ गाइडलाइन बुधबार सार्वजनिक गरेको छ । जस अन्तर्गत अक्टुबर १५ तारिखबाट भारतमा हल खुल्ने भएका हुन् ।
प्रदर्शकले हलको क्षमताको ५० प्रतिशत दर्शक राखेर हल खोल्न पाउनेछन् । यसका लागि केन्द्रिय सरकारले एसओपी सार्वजनिक गर्ने बताएको छ । भारतमा दैनिक ९० हजार कोरोना संक्रमित देखिएपनि केन्द्रिय सरकारले ६ महिनापछि हल खोल्ने निर्णय गरेको हो ।
यसलाई भारतका प्रदर्शकहरुले स्वागत गरेका छन् । यस्तै, बलिउडका कलाकारहरुले पनि यो खबरले उत्साहित भएको उल्लेख गरेका छन् ।
औपचारिक रुपमा १४ दिनपछि हल खुल्ने भएपछि केही हल भने यसअघिदेखि नै सञ्चालन भइसकेका छन् । भारतमा हल खुल्ने समय तोकिदा नेपालमा भने हल कहिले खुल्ने भने अन्यौल कायमै छ । अहिलेसम्म सरकारले नेपालमा सिनेमा हल मात्रै होइन, व्युटीपार्लर, जिमखाना पनि खोल्न दिएको छैन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुष्पा-२ को ट्रेलरले बनायो नयाँ किर्तिमान, अहिलेसम्म कति भ्यूज पायो ?
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
आर्यन खानको वेभ सिरिज नेटफ्लिक्समा आउने
मंसिर ६, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
छैटौँ एशियाली जनसङ्ख्या सम्मेलनः जनसङ्ख्या र विकासका सवाल
मंसिर ९, २०८१ आइतबार
जोर्डनस्थित इजरायली दूतावास नजिकै गोली चल्दा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ९, २०८१ आइतबार
म्याद थप गर्न दुर्गा प्रसाईंलाई अदालत लगियो
मंसिर ९, २०८१ आइतबार
कोप–२९ सम्मेलनः धनी देशले प्रतिवर्ष कम्तीमा ३०० अर्ब अमेरिकी डलर तिर्ने सहमति
मंसिर ९, २०८१ आइतबार
नहरमा हिउँदेबालीका लागि सिँचाइ
मंसिर ९, २०८१ आइतबार
कर्णाली करिडोर र हुम्ला करिडोर
मंसिर ९, २०८१ आइतबार