युवतीको सामूहिक बलात्कारपछि हत्या, घटना लुकाउन प्रहरीले शव जलाईदियो !
नेपालबहस संवाददाता
असोज १५, २०७७ बिहिबार २३:३६:४४
१५ असोज, एजेन्सी । युवती आफ्नै घरको बारीमा घाँस काटिरहेकी हुन्छिन् । गाउँको ठूलो बारीभित्र घाँस काटिरहेकी दलित समूदायकी जवान युवतीमाथि स्थानीय केही प्रभावशाली व्यक्तिहरुले गिद्धे नजर राख्छन् ।
नभन्दै उनीहरुले घाँस काट्न लागेकै युवतीलाई मौका छोपेर ४ देखि ५ जनाले आक्रमण गर्छन् । पहिलो पटकमै मुख समातेर कपडा कोचेपछि युवती चिच्याउन पाउँदिनन् । अनि पालैपालो ५ जनाले बलात्कार गर्छन् ।
बलात्कार गर्दागर्दै युवती बेहोस भइसक्छन् । यौनको मातमा चढेका युवाहरुले युवतीको शरीर टोकेर बाँकी राख्दैनन् । पालैपालो त्यो पनि पटक पटक बलात्कार गरेर आफ्नो यौनप्यास मेटेका युवाहरु बारीबाट सुईकुच्चा ठोक्छन् ।
बारीमा घाँस काट्न गएकी छोरी रातीसम्म नफर्केपछि आमा खोज्न जान्छिन् । खोज्न गएकी आमाले बेहोस सास मात्रै बाँकी रहेकी छोरी भेट्छिन । लगत्तै स्थानीय अस्पताल पु¥याउछिन् । तर उनको यौनी च्यातिसकेको थियो । रगत बग्न रोकिदैन् ।
त्यसमाथि ओठ र गालामा दातले टोकिएको थियो । बलात्कारीले यसरी बलात्कार गरेका थिए कि उनको यौनीबाट भन्दा बढी रगत मुखबाट बगिरहेको थियो । यो अवस्था देखेर स्थानीय अस्पतालले ठूलो अस्पतालमा रिफर गर्यो ।
ठूलो अस्पताल पु¥याएपछि ७ दिन लगातार उपचार गर्दा उनको होस खुल्यो । होस खुलेकै दिन उनले आफूमाथि सामुहिक बलात्कार गरेको कुरा आमाबुवा र अस्पतालमै पुगेको प्रहरीलाई दिइन् । तर प्रहरीले उजुरी दर्ता गरेन् । घटनालाई गम्भिरतापूर्वक पनि लिएन ।
उपचारकै क्रममा उनको मृत्यु भयो । उनको मृत्यु घाउले भन्दा डाक्टरकै उपचारमा लापरवाही र पीडकसँगको सेटिङमा जानाजान प्रमाण नष्ट गर्न हत्या गरिएको अनुमान छ ।
यो घटना भारतको उत्तर प्रदेशको हो । उत्तर प्रदेशको हाथरसमा सेप्टेम्बर १४ तारिखमा घटेको घटनाले भारत फेरि अशान्त बनेको छ । आन्दोलन चर्किएको छ । बलात्कारको मुद्दाले सडक र सदनमा संघर्ष चुलिएको छ ।
घटनालाई लुकाउन प्रहरीले मंगलबार मध्यरातमा शव जलाईदिएपछि झन आक्रोश चुलिएको छ । आफन्तले नाई नास्ती गर्दा गर्दै प्रहरीले बल प्रयोग गरेर युवतीको शव जलाईदिएपछि भारतमा आन्दोलन चुलिएको हो ।
घटना लुकाउन जंगलमा लिएर शव जलाएपछि प्रहरीले उनलाई अस्पतालमै डाक्टरलाई दबाब दिएर हत्या गरेको हुन सक्ने अनुमान गरिएको छ ।
कांग्रेस आईका अध्यक्ष राहुल गान्धी हिराशतमा !
बिहीबार बलात्कार घटनाको विरोधमा विपक्षी कांग्रेसले सडक प्रदर्शन गरेको छ । प्रदर्शनका क्रममा प्रहरीले बल प्रयोग गरेपछि कांग्रेस कार्यकर्ता र प्रहरीबीच झडप नै भएको थियो । प्रहरीको बल प्रयोगबाट कांग्रेस आईका अध्यक्ष राहुल गान्धी सडकमा पछारिएका थिए ।
प्रहरीको ज्यादतीको विरोधमा कांग्रेस कार्यकर्ता झन आक्रोशित भए । जसकारण हुलदंगा गरेको आरोपमा प्रहरीले गान्धीलाई समेत पक्राउ गरेर हिराशतमा राखेको छ । घटना बढ्दै गएपछि प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । तर उनीहरुले नै बलात्कार गरेको हो भन्ने कुरा खुल्न सकेको छैन् ।
भारत सबैभन्दा धेरै बलात्कार हुने देशमध्येमा एक हो । दक्षिण एसियामा सबैभन्दा धेरै बलात्कारका घटना भारतमा हुने गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअवैध सुन नदिने उद्देश्यले लुटिएको नाटक गर्ने व्यक्ति पक्राउ
जेठ ४, २०८१ शुक्रबार
इन्टरपोलबाट रेड नोटिस जारी भएका दुई फरार युएईबाट पक्राउ
जेठ ४, २०८१ शुक्रबार
५ महिनाको छोराको हत्या गर्ने आमा पक्राउ
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
नेपालबहस संवाददाता
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
सशस्त्रका डीआईजी न्यौपानेलाई प्रवक्ताको जिम्मेवारी
जेठ ४, २०८१ शुक्रबार
लेनडाँडा सुरुङमार्गको 'ब्रेक थ्रु'
जेठ ४, २०८१ शुक्रबार
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने
जेठ ४, २०८१ शुक्रबार
मालिक रिसाउनुमा यी ग्रहको भूमिका, जान्नुहोस् हाकिमको स्वभाव
जेठ ४, २०८१ शुक्रबार
कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद, सबैले लिए शपथ
जेठ ४, २०८१ शुक्रबार
आजदेखि संसद भवन वरिपरीका पेटीबाट हिँड्न नपाइने
जेठ ४, २०८१ शुक्रबार