यी हुन् सलमान खानका चर्चित गर्लफ्रेण्ड
नेपालबहस संवाददाता
असोज १५, २०७७ शुक्रबार १:३३:४
१५ असोज, एजेन्सी । बलिउड विश्वमै लोकप्रिय छ । बलिउड लोकप्रिय हुनुका पछाडी केही अभिनेताको नाम छ । त्यसमध्ये एक हो, सलमान खान । जीवनका सबै सफलता, विवाद र उतारचढावबाट अघि बढिरहेका सलमान खासगरी प्रेम चक्करका कारण पनि बेला बेला चर्चामा आउँछन् ।
उनको चर्चा हुनुको मुख्य कारण हो, प्रेम गर्ने तर विवाह नगर्ने बानी । उनीसँग विवाह गर्नैैका लागि उनको जीवनमा दर्जनौ युवती आइन्ु । जोसँग उनले बर्षौ रोमान्स गरे । तर विहे भने गरेनन् । बलिउमा सलमान एक जबर्जस्त नाम हो । फिल्मको एक्सनमा मात्रै होइन, प्रेममा पनि उनी जबर्जस्त छन् । उनका केही युवती र नायिकासँगको अफयर यसप्रकार छ । जसलाई सलमानले धोका दिए । तर मिडियामा सधै चर्चामा रहन प्रेम पनि गरे ।
संगीता बिजलानी
संगीतालाइ सलमान खानको पहिलो गलफ्रेन्ड मानिन्छ । यी दुइको प्रेमसम्बन्ध हुदाँ सलमानभन्दा बढी संगीता लोकप्रिय थिइन् । उनी मोडल थिइन् र सलमान आफ्नो करियर बनाउने प्रयासमा थिए । दुवैले केही विज्ञापन साथै गरे । र, उनीहरूको मित्रता प्रेममा बदलियो ।
संगीताले सलमानसँग विवाह गर्न चाहिन् । तर, सलमान यसका लागि तयार भएनन् । ब्रेकअपपछि पनि सलमान र संगीता राम्रो साथी रहिरहे । संगीताले क्रिकेटर मोहम्मद अजहरुद्दीनसँग विवाह गरिन् ।
सोमी अली
कराचीमा जन्मिएकी सोमी अली बलिउड स्टार सलमान खानप्रति झुकाव राख्थिन् । १६ वर्षको उमेरमा उनी सलमानप्रति आकर्षित भएर मुम्बई आएकी थिइन् । विस्तारै दुवैले एकअर्कालाई चाहन थाले । सोमीलाई सलमानले निकै मन पराउँथे । आठ वर्षसम्म दुवैले डेट गरे । सोमी चाहन्थिन्, सलमानले उनीसँग विवाह गरुन् तर सलमानले बिवाह गर्न चाहेनन् । अन्तत उनी सलमानको नराम्रो बानीका कारण उनीबाट टाढा भइन् ।
ऐश्वर्या राय
संजयलीला भन्सालीले सलमान र ऐश्वर्यालाई लिएर ‘हम दिल दे चुके सनम’ बनाउने घोषणा गरे । यसको सुटिङका क्रममा सलमान र ऐश्वर्या एकअर्काको नजिक आए । उनी ऐश्वर्यामाथि अलि बढी नै अधिकार जमाउन थाले । रोकटोक गर्न थाले । ऐश्वर्या जो हिरोसँग चलचित्र गर्थिन् त्यहाँ सलमानले शं(का गर्थे ।
शाहरुख खानको चलचित्र ‘चलते चलते’ को सेटमा पुगेर उनले हंगामा गरे । सलमानले भनेर शाहरुखले ऐश्वर्यालाई चलचित्रबाट निकालि दिए । सलमानको व्यवहारले आजित भएर ऐश्वर्याले उनीसँगको सम्बन्ध तोडिदिइन् । सलमानलाई जब ग ल्तीको आभास भयो त्यतिबेलासम्म उनले ऐश्वर्यालाई गु(माइसकेका थिए ।
कट्रिना कैफ
क्याटरिनाले सलमानसँग उनले ‘मैने प्यार क्युँ किया’ गरिन् । सलमानको निकै नजिक रहेकी क्याटरिना उनको घरमा प्राय देखिन्थिन् । सलमान र क्याटरिनाको विवाहको मिति कयौँ पटक घोषणा भयो । तर, बिवाह भने हुन सकेन।
सलमानसँग क्याटरिना विस्तारै विस्तारै टाढा भइन् । र, रणवीर कपुरको नजिक हुन पुगिन् । रणवीरसँग पनि ब्रेकअप भयो अहिले क्याटरिना र सलमान साथीका रूपमा सम्बन्ध छ ।
युलिया वन्तुर
रोमानियाकी युलिया वन्तुर सलमानसँग धेरै देखिएन् । उनिहरूले पनि पनि केहि समय डेट गरे यी युवतीसँग पनि सलमान खानको नाम जोडियो तर यो चर्चामै सिमित रह्यो ।
ज्याकलिन फर्नान्डेज
पछिल्लो समय उनि नायिका ज्याकलिन फर्नान्डेजसँग नजिकिएका छन् । ज्याकलिनसँग उनि प्रेम चर्चाले भारतिय मिडियामा राम्रै चर्चा पाएको छ । साथै क्लाडिया सिएस्ला, ब्रुना अब्दुल्ला, जरिन खान, डेजी शाह र एमी ज्याक्सनको नाम पनि सलमानसँग जोडिएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहाकुम्भकी भाइरल मोनालिसा बलिउड डेब्यु गर्दै
माघ १७, २०८१ बिहिबार
राजमौलीको नयाँ फिल्मको सुटिङमा कलाकार फोन लैजान प्रतिबन्ध
माघ १७, २०८१ बिहिबार
कण्डमका मालिक भन्छन्, ‘विज्ञापनका लागि सबैभन्दा बेष्ट एक्टर जान्हवी कपुर
माघ १७, २०८१ बिहिबार
गृहले एसपी मिश्रलाई वीरगञ्जको कमाण्ड सम्हाल्न पठाएपछि तस्करहरूको भागाभाग !
माघ १७, २०८१ बिहिबार
विश्वकै ‘मोस्ट वान्टेड’ गर्लफ्रेन्ड, जसले अस्विकार गरिन् ५ हजार केटाको प्रस्ताव
माघ १७, २०८१ बिहिबार
वर्तमान गठबन्धन सरकार अहिले परिवर्तन हुँदैन : नेता डा कोइराला
माघ १७, २०८१ बिहिबार
बागमतीलाई पराजित संकटाले उचाल्यो सभापति कप फुटबलको उपाधि
माघ १७, २०८१ बिहिबार
कञ्चनपुरमा ट्याक्टर दुर्घटना हुँदा १७ जना घाइते
माघ १७, २०८१ बिहिबार
विद्यालय शिक्षा ऐन जारी गर्न मागगर्दै नेपाल शिक्षक महासंघले गर्यो आन्दोलन घोषणा
माघ १७, २०८१ बिहिबार