स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि सेवा बन्द
नेपालबहस संवाददाता
असोज १५, २०७७ शुक्रबार १:५२:३१
१५ असोज, दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रका स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि भएपछि सेवा बन्द गरिएको छ । उपचार केन्द्रको प्रयोगशालामा कार्यरत एक महिला स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएपछि आजदेखि सेवा बन्द गरिएको हो ।
उपचार केन्द्रका कार्यकारी निर्देशक डा. रामकुमार श्रेष्ठले अर्को सूचना प्रकाशित नभएसम्मका लागि केन्द्रबाट उपलब्ध हुने प्रशासनिक र आइसोलेसन बाहेकका अन्य सेवा बन्द गरिएको जानकारी दिए । उनका अनुसार ती स्वास्थ्यकर्मीको कन्ट्याक्टमा आएका सबैको स्वाब परीक्षण गर्ने तयारी गरिएको छ ।
“अस्पतालका अधिकांश स्वास्थ्यकर्मी उनको सम्पर्कमा आएका छन, सबैको शुक्रबार स्वाब सङ्कलन गर्दैछौँ,” डा श्रेष्ठले भने, “पीसीआर रिपोर्ट आएपछि मात्रै सेवा खुल्छ ।”
आइसोलेसनलाई छुट्टै भवन
सो केन्द्रमा आइसोलेसन कक्षका लागि छुट्टै भवन निर्माण हुने भएको छ । हाल अस्पतालमा ५० शय्या क्षमताको आइसोलेसन छ । कोरोना महामारी फैलिएपछि अस्पतालको दोस्रो र तेस्रो तलामा रहेका विभिन्न विभाग हटाएर आइसोलेसन सञ्चालनमा ल्याइएको छ ।
अस्पतालको नियमित सेवा सञ्चालन गर्नलाई छुट्टै भवन निर्माण गरेर आइसोलेसन सञ्चालन गरिने अस्पतालका कार्यकारी निर्देशक डा. श्रेष्ठले बताए । आठ कोठाको नयाँ भवन निर्माणका लागि टेन्डर आह्वान भएर मूल्याङ्कनको चरणमा रहेको उनले जानकारी दिए ।
सङ्घीय सरकारले ५० शय्या क्षमताको आइसोलेसन भवन बनाउन रु एक करोड बजेट पठाएकामा अपुग हुने भएपछि ३० शय्याको आइसोलेसन बनाइने श्रेष्ठले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
भारतमा सबैभन्दा बढी कर तिर्ने पाँच सेलेब्रेटी, साउथ हिरो पनि परे
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार
एनपिएलका आयोजकप्रति दर्शकहरू रुष्ट
मंसिर १५, २०८१ शनिबार
निगमले बढायो पेट्रोल र हवाई इन्धनको मूल्य
मंसिर १५, २०८१ शनिबार