ढोरपाटनका बाढीपहिरो पीडितलाई प्रभु बैंकको ५ लाख सहयोग
नेपालबहस संवाददाता
असोज १५, २०७७ शुक्रबार २:८:८
१५ असोज, काठमाडौं । बागलुङ जिल्लामा बाढीपहिरोले क्षति पुरयाएको ढोरपाटनमा प्रभु बैंकले आर्थिक सहयोग प्रदान गरेको छ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनद्धारा ढोरपाटन नगरपालिकालाई बाढीपीडित उद्वार कोषमा रहने गरि ५ लाख सहयोग प्रदान गरिएको बैंकले एक विज्ञप्ति प्रकाशित गरि जानकारी दिएको छ ।
बाढीपहिरोले क्षतिग्रस्त ढोरपाटन नगरपालिकाको वडा नं. ७, ८ र ९ को निरीक्षणमा गएका गण्डकी प्रदेशका आर्थिकमामिला मन्त्री किरण गुरूङ र भौतिक योजना मन्त्री रामशरण बस्नेतसगै गएका बैंकका सीईओ शेरचनले बुर्तिबाङ बजारमा आयोजित कार्यक्रमका बीच सो रकम हस्तान्तरण गरेका हुन् ।
उक्त अवसरमा बाढी प्रभावित बोबा¨ वडा अन्तर्गतका स्थानियहरुसंग सो टोलीले प्रत्यक्ष भेटघाट गरेको थियो । स्थानीयहरुको समस्या बुझी शीघ्र उक्त ठाउँहरुमा केन्द्रिय बिद्युत प्रसारण लाईनको सेवा पुर्याउने, क्षतविक्षत भएका संरचनाहरुको निर्माणका लागि प्रदेशका तर्फबाट बिशेष प्रकारको सुविधा सम्पन्न सेवा प्रवाहका लागि कार्यालय स्थापना गर्ने जानकारी पनि सो अवसरमा दिइएको थियो ।
सो स्थानमा यसपटकको बाढी पहिरोबाट करिब ३७ जनाले ज्यान गुमाएको, विद्यालय, स्वास्थ्य चौकी, लघु जल विद्युत, पुल र १०० वटा जति घर उक्त घटनाको कारण ध्वस्त भएका छन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
कांग्रेस नेता डा. कोइराला लण्डनमा
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरपालिकाले ७२० जना शिक्षकलाई तालिम दिने
पुष २६, २०८१ शुक्रबार
आँखा उपचार सेवामा योगदान पुर्याउने विभिन्न व्यक्ति सम्मनित
पुष २६, २०८१ शुक्रबार
चितवन महोत्सवमा काँचो केराका परिकार
पुष २६, २०८१ शुक्रबार
तिब्बतका भूकम्पपीडितलाई ३७ लाख सहयोग
पुष २६, २०८१ शुक्रबार