रुपन्देहीमा संक्रमित ६० वर्षीय पुरुषको मृत्यु
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
असोज १६, २०७७ शुक्रबार १३:५६:५१
![](https://nepalbahas.prixacdn.net/media/albums/Corona-Hospital-Butwal_o09k2Sjzt9.jpg)
१६ असाेज, काठमाडाैं । रुपन्देहीमा थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा सैनामैना नगरपालिका–७ रामापुरका ६० वर्षीय पुरुषको गएराति मृत्यु भएको हो ।
कोरोना संक्रमण पुष्टि भएपछि असोज १३ गते साँझ ११ बजे अस्पताल भर्ना भएका थिए । संक्रमित पुरुष दुई दिनदेखि भेन्टिलेटरमा थिए । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार योसँगै रुपन्देहीमा २५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
कोटहीमाईका मृतकमा कोरोना पुष्टि
यसैबीच बुधबार मृत्यु भएका रुपन्देहीको कोटहीमाई गाउँपालिकाका एक पुरुषको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । कोटहीमाई गाउँपालिका वडा नंं. ८ का ४२ वर्षीय पुरुषको बुधबार साँझ ६ बजे बुटवल धागो कारखानामा सञ्चालित कोरोना अस्पतालमा मृत्यु भएको थियो । श्वास प्रश्वास र उच्च ज्वरोको समस्या भएका उनकाे कोरोना परीक्षणका लागि बुधबार नै स्वाब लिइएकोमा बिहीबार पोजेटिभ रिपोर्ट आएको हाे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
सीरम इन्स्टिच्युटले भन्यो: डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ
बैशाख २७, २०८१ बिहिबार
सशस्त्र प्रहरीका एसपी र डीएसपी सरुवामा गृहमन्त्रीको मनलाग्दी
नेपालबहस संवाददाता
असार १२, २०८१ बुधबार
यी राशीमा ३ दिनपछि आर्थिक संकटको छायाँ पर्न सक्छ !
नेपालबहस संवाददाता
असार १२, २०८१ बुधबार
बसमा सवार यात्रुको मृत्यु, चालक र सहचालक पक्राउ
नेपालबहस संवाददाता
असार १३, २०८१ बिहिबार
गृहमन्त्री लामिछानेको सचिवालयमा दाम जम्मा गर्न नसक्दा रोकिएको श्रेष्ठ र आचार्यको बढुवा !
असार १४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार १४, २०८१ शुक्रबार
वर्षाको उच्च जोखिम रहेकाले सावधानी अपनाउन आग्रह
असार १४, २०८१ शुक्रबार
लागुदार्थ सेवन गर्ने सवारी चालक कारबाहीमा
असार १४, २०८१ शुक्रबार
मदन भण्डारी र गणेशमान नेतृत्व आन्दोलनले पञ्चायत ढल्योः उपमहासचिव ज्ञवाली
असार १४, २०८१ शुक्रबार
पहिरोले सिँचाइ नहर बगाउँदा रोपाईँ प्रभावित
असार १४, २०८१ शुक्रबार
२७ जना महिला टोलीले भोलिदेखि गन्जला चुलीको आरोहण गर्दै
असार १४, २०८१ शुक्रबार
भारतले धौलीगंगा बाँध खोल्दै, सतर्कता अपनाउन आग्रह
असार १४, २०८१ शुक्रबार