अनसनरत डा.केसीसँग पूर्वराष्ट्रपति यादवको भेटवार्ता
नेपालबहस संवाददाता
असोज १६, २०७७ शुक्रबार १७:५८:३३
१६ असोज, काठमाडौं । पूर्वराष्ट्रपति डा.रामवरण यादवले अनसनरत डा.गोविन्द केसीसँग भेट गरेका छन् । शिक्षण अस्पताल पुगेका पूर्वराष्ट्रपति यादवले डा.केसीसँग भेटवार्ता गरेका हुन् ।
आज विश्व अहिंसा दिवसको दिन पूर्वराष्ट्रपति यादवले सत्याग्रहमै बसिरहेका डा. केसीसँग भेटवार्ता गरेका हुन् । भेटवार्ताका क्रममा डा. यादवले केसीको स्वास्थ्य अवस्था, कर्णालीमा चिकित्सा शिक्षा र स्रोत साधनको अभाव लगायतका विषयमा जिज्ञासा राखेका थिए ।
जवाफमा डा.केसीले स्वास्थ्य अवस्था विस्तारै विग्रदै गएपनि सरकारले माग सम्बोधनमा बेवास्ता गरेको गुनासो गरेका थिए । केसीको मागलाई सम्बोधन गर्न सरकारसँग आग्रह गर्दै पूर्वराष्ट्रपति यादवले माग सम्बोधनका लागि दबाब दिन आवश्यक रहेको बताए ।
साथै यादवले डा.केसी जस्तो सत्याग्राहीलाई सबैले बचाउनुपर्नेमा जोड दिए । भेटवार्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै डा. यादवले देशको चिन्ता गर्ने केसीको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर माग सम्बोधनका लागि दबाब दिनुपर्ने बताए । डा.केसी भदौ २९ देखि अनसनमा छन् । अनसनको १९ औँ दिन पुग्दा उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउम्मेदवारविरुद्ध परेका उजुरीको आज छानबिन गर्दै निर्वाचन आयोग
मंसिर ४, २०८१ मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार
उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृहमन्त्रालयलाई आयोगको निर्देशन
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मंगलबार डलरसंगै युरोको भाउ पनि घट्यो
मंसिर ४, २०८१ मंगलबार
राशिफलः आज एैना हेरेर बाहिर निस्कदा शुभ हुन्छ
मंसिर ४, २०८१ मंगलबार
पहाडी भूभागमा हल्का वर्षा र तराइमा हुस्सुको सम्भावना
मंसिर ४, २०८१ मंगलबार
असोजमा आएको बाढीपहिरोका कारण भएको जनधनको क्षतिमा पौन १२ अर्बको बिमा दाबी
मंसिर ४, २०८१ मंगलबार
उम्मेदवारविरुद्ध परेका उजुरीको आज छानबिन गर्दै निर्वाचन आयोग
मंसिर ४, २०८१ मंगलबार
त्रिशूलीमा खसेको ट्रकबाट ३ जनाको उद्धार
मंसिर ४, २०८१ मंगलबार