बामदेवको अदालती झेल, मुद्दा फेरि हेर्दाहेर्दैमा !
नेपालबहस संवाददाता
असोज १६, २०७७ शुक्रबार २०:२८:३८
१६ असोज, काठमाडौं । सत्तारुढ नेकपाका उपाध्यक्ष बामदेव गौतमको मुद्दा फेरि पनि हेर्दाहेर्दैमा राखिएको छ । राष्ट्रिय सभामा मनोनित गर्ने निर्णयविरूद्ध दर्ता भएको रिटको सुनुवाई शुक्रबार पनि नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो ।
अर्को सुनुवाई अर्को हप्ता बुधबारमात्रै हुने भएको छ। प्रधानन्यायाधीशसहित पाँच न्यायाधीशको संवैधानिक इजलासले मुद्दा सुनुवाई गरिरहेको छ। शुक्रबार दुई सरकारी वकिल र वामदेव पक्षका केही कानुन व्यवसायीहरूले बहस गरेका थिए ।
गौतमलाई सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभामा मनोनित गरेपछि उनले शपथ समेत लिइसकेका छन् । तर सर्वोच्चले भने गौतमलाई थप संवैधानिक जिम्मेवारी नदिन आदेश जारी गरेको छ। यसले बामदेवको मन्त्री बन्ने सपना तत्कालका लागि टुटेको छ भने थप जिम्मेवारी पाउने सम्भावना पनि कमजोर बनेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार
उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृहमन्त्रालयलाई आयोगको निर्देशन
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नक्कली फेसबुक आइडिको प्रयोग गरी २७ लाख ठगी आरोपमा पक्राउ
मंसिर ३, २०८१ सोमबार
नेपाल–भारत सीमा सुरक्षा बैठक : सीमापार अपराध नियन्त्रण थप प्रभावकारी बनाउने निष्कर्ष
मंसिर ३, २०८१ सोमबार
काठमाडौं महानगरले वर्गीकृत फोहर मात्रै व्यवस्थापन गर्ने
मंसिर ३, २०८१ सोमबार
आगोले पोलेर घाइते महिलाको उपचारका क्रममा मृत्यु
मंसिर ३, २०८१ सोमबार
डेडिकेटेड तथा ट्रंकलाइन विवाद: ‘टीओडी’का आधारमा बक्यौता गणना गर्न विज्ञ समिति गठन
मंसिर ३, २०८१ सोमबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार