नेपाली कांग्रेसकाे केन्द्रीय समिति बैठक अनिश्चित
नेपालबहस संवाददाता
असोज १८, २०७७ आइतबार १५:६:७
१८ असाेज, काठमाडाैं । नेपाली कांग्रेसका चारजना केन्द्रीय सदस्यलाई कोरोना संक्रमण देखिएपछि केन्द्रीय समिति बैठक अनिश्चित भएको छ। गत बिहीबार दिइएको स्वाबको रिपोर्ट शनिबार आउँदा चारजना केन्द्रीय सदस्यमा कोरोना पुष्टि भएको थियो।
कांग्रेसले केन्द्रीय सदस्य, नेताका स्वकीय सचिव, केन्द्रीय कार्यालयका कर्मचारी र नेताका सुरक्षामा खटिएका सुरक्षाकर्मीलगायत गरी दुई सय ५० जनाको स्वाब परीक्षण गर्न टेकुस्थित प्रयोगशालामा पठाएको थियो।
केन्द्रीय सदस्यहरू अर्जुननरसिंह केसी, गगन थापा, आमन्त्रित केन्द्रीय सदस्य शम्भुलाल श्रेष्ठ र कल्पना चौधरीमा कोरोना संक्रमण देखिएको हाे । कांग्रेसले सोमबार बस्ने केन्द्रीय समिति बैठकका लागि केन्द्रीय सदस्यको पीसीआर परीक्षण गराएको थियो।
फागुनमा तोकिएको १४ औं महाधिवेशन निर्धारित समयमै गर्न सकिन्छ कि कार्यतालिका हेरफेर गर्नुपर्छ ? भन्ने एजेन्डालगायतमा छलफल गर्न केन्द्रीय समिति राखिएको हो । तर नेताहरूमा कोरोना संक्रमण देखिएपछि सोमबार केन्द्रीय समिति बैठक बस्ने कि नबस्ने अनिश्चित छ।
आइतबार बिहान ९ बजेका लागि बोलाइएको पदाधिकारी तथा पूर्वपदाधिकारीको अनौपचारिक बैठक पनि स्थगित भएकाे पार्टी केन्द्रीय कार्यालयले जनाएकाे छ ।
कार्यालयका अनुसार भोलिका लागि बोलाइएको केन्द्रीय समिति बैठक स्थगित गर्ने वा सञ्चालन गर्नेबारे आइतबार दिउँसोसम्म निर्णय हुनेछ।केही केन्द्रीय सदस्यको पीसीआर परीक्षणको रिपोर्ट आउन बाँकी छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार
उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृहमन्त्रालयलाई आयोगको निर्देशन
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नक्कली फेसबुक आइडिको प्रयोग गरी २७ लाख ठगी आरोपमा पक्राउ
मंसिर ३, २०८१ सोमबार
नेपाल–भारत सीमा सुरक्षा बैठक : सीमापार अपराध नियन्त्रण थप प्रभावकारी बनाउने निष्कर्ष
मंसिर ३, २०८१ सोमबार
काठमाडौं महानगरले वर्गीकृत फोहर मात्रै व्यवस्थापन गर्ने
मंसिर ३, २०८१ सोमबार
आगोले पोलेर घाइते महिलाको उपचारका क्रममा मृत्यु
मंसिर ३, २०८१ सोमबार
डेडिकेटेड तथा ट्रंकलाइन विवाद: ‘टीओडी’का आधारमा बक्यौता गणना गर्न विज्ञ समिति गठन
मंसिर ३, २०८१ सोमबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार