निषेधित क्षेत्र तोडेर बुटवलमा वृह्त प्रदर्शन
नेपालबहस संवाददाता
असोज १८, २०७७ आइतबार १८:१९:४६
१८ असोज, बुटवल । प्रदेश राजधानीको माग गर्दै रुपन्देहीको बुटवलमा प्रदर्शन गरिएको छ । प्रदेश ५ को राजधानी रुपन्देही हुनुपर्ने माग गर्दै बुटवलमा वृह्त प्रदर्शन भएको हो । प्रदर्शनलाई रोक्न निषेधित क्षेत्र घोषणा गरिएपनि संयुक्त संघर्ष समितिले प्रदर्शन चर्काएको हो ।
प्रदेश ५ को राजधानी सरकारले दाङको भालुवाङ प्रस्ताव गरेको छ । तर बुटवलमा त्यसको विरोधमा दुई दर्जन व्यवसायिक संस्थाहरुले संयुक्त प्रदर्शन गरेका हुन् ।
जिल्ला प्रशासन कार्यालयले ५ जनाभन्दा बढी भेला हुन नपाउने गरी चार दिनका लागि निषेधित क्षेत्र घोषणा गरेको ठाउँमै प्रदर्शन भएको हो । रुपन्देहीलाई राजधानी कायम गर्न माग गर्दै भएको प्रदर्शनमा उद्योगी, व्यवसायी र सर्वसाधारणले विरोध प्रदर्शन गरेका हुन् ।
बुटवल राजमार्ग चौराहाबाट सुरु भएको विरोध र्याली ट्राफिक चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा बोल्ने वक्ताहरुले रुपन्देहीमा प्रदेश सरकारका पूर्वाधारका लागि भएको करोडौं लगानी खेर जानेगरी राजधानी दाङ सार्ने प्रयास भएको भएपछि आन्दोलन थप चर्काउने चेतावनी दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमायादेवी मन्दिरमा एक करोड ४३ लाख दान सङ्कलन
पुष २४, २०८१ बुधबार
‘संस्कृतिलाई आर्थिक उत्पादनसँग जोडेर आयआर्जन गर्नुपर्छ’
पुष १९, २०८१ शुक्रबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
जीपको ठक्करबाट एक जनाको मृत्यु
पुष २६, २०८१ शुक्रबार
हस्तकला क्षेत्र सरकारको सधैँ प्राथमिकता रहन्छः प्रधानमन्त्री
पुष २६, २०८१ शुक्रबार
युके पठाइ दिन्छु भन्दै रकम ठगी गर्ने पक्राउ
पुष २६, २०८१ शुक्रबार
कांग्रेस नेता डा. कोइराला लण्डनमा
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरपालिकाले ७२० जना शिक्षकलाई तालिम दिने
पुष २६, २०८१ शुक्रबार