कांग्रेस बीपीले रिले अनशनमा बसेका पत्रकारलाई ऐक्यबद्धता पत्र बुझाउँदै
नेपालबहस संवाददाता
असोज १८, २०७७ आइतबार २२:२७:४३
१८ असोज, काठमाडौं । नेपाली कांग्रेस बीपीले रिले अनशनमा बसेका पत्रकारहरुलाई आइतबार ऐक्यबद्धता पत्र बुझाएको छ । राज्यको चौथो अंगको रुपमा रहेका संचार माध्यममा कार्यरत कतिपय संचारकर्मीहरुले विगत समयदेखि नै सरकारले तोकेको न्युनतम पारिश्रमिकको निमित पटकपटक आवाज उठाउँदै आएपनि पारिश्रमिक नपाएको भन्दै रिले अनशनमा बसेका छन् ।
कांग्रेस बीपीका कार्यालय सचिव सुशीलराज वाग्लेद्धारा जारी ऐक्यबद्धता पत्रमा भनिएको छ, न्युनतम पारिश्रमिकको त कुरा छोडौं, अहिले कोरोना ‘कोभिड-१९’ को बहानामा सञ्चारगृह संचालकहरुले तलब नदिएका, तलब माग्दा दुर्गम क्षेत्रमा सरुवा गरिएका तथा जबर्जस्ती निकालिएको प्रति पार्टीको गम्भिर ध्यानाकर्षण भएकोले आज रिले अनशनमा बस्नु भएका पत्रकारहरुलाई भेटेर ऐक्यबद्धता पत्र बुझाइएकाे छ ।
तसर्थ : विभिन्न मागसहित रिले अनशनमा बस्नु भएका पत्रकारहरुको आन्दोलनप्रति ऐक्यबद्धता जनाउछाैं । साथै पत्रकारहरुको माग तत्काल सुनाई गर्न सञ्चारगृह संचालकहरुमा आग्रह गर्दछाैं । सरकारले पनि राज्यको चौथो अंगमा कार्यरत संचारकर्मीहरुलाई उचित सेवा सुविधा तथा न्युनतम पारिश्रमिक लागु भए नभएको अनुगमन गर्न पनि जोडदार माग गरेको वाग्लेद्धारा जारी ऐक्यबद्धता पत्रमा जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार
उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृहमन्त्रालयलाई आयोगको निर्देशन
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नक्कली फेसबुक आइडिको प्रयोग गरी २७ लाख ठगी आरोपमा पक्राउ
मंसिर ३, २०८१ सोमबार
नेपाल–भारत सीमा सुरक्षा बैठक : सीमापार अपराध नियन्त्रण थप प्रभावकारी बनाउने निष्कर्ष
मंसिर ३, २०८१ सोमबार
काठमाडौं महानगरले वर्गीकृत फोहर मात्रै व्यवस्थापन गर्ने
मंसिर ३, २०८१ सोमबार
आगोले पोलेर घाइते महिलाको उपचारका क्रममा मृत्यु
मंसिर ३, २०८१ सोमबार
डेडिकेटेड तथा ट्रंकलाइन विवाद: ‘टीओडी’का आधारमा बक्यौता गणना गर्न विज्ञ समिति गठन
मंसिर ३, २०८१ सोमबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार