थपिए २२५३ संक्रमित, १३२९ जना डिस्चार्ज
नेपालबहस संवाददाता
असोज १८, २०७७ आइतबार २२:१८:२५
१८ असोज, काठमाण्डौ । नेपालमा थप २ हजार २ सय ५३ जना संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना भाइरसका संक्रमितको सङ्ख्या ८६ हजार आठ सय २३ पुगेको छ ।
यस्तै पछिल्लो चौबिस घण्टामा १ हजार ३ सय २९ जना डिस्चार्ज भएका छन । यससँगै डिस्चार्ज हुनेको संख्या ६४ हजार ६९ पुगेको छ । पछिल्लो चौबिस घण्टामा १२ हजार ७८४ जनाको परीक्षण गरिएको थियो ।
यस्तै काठमाडौं उपत्यकामा १५९९ जना संक्रमित फेला परेका छन् । संक्रमितमध्ये काठमाडौंका १३७३ जना, ललितपुरका १८७ र भक्तपुरका ३९ जना हुन् । पछिल्लो समय काठमाडौं कोरोनाको हटस्पट बनेको छ ।
अब सक्रिय संक्रमितको संख्या २२ हजार दुई सय १९ रहेको छ । उनीहरु सबै आइसोलेसनमा छन् । यस्तै ४ हजार दुई सय तीन जना क्वारेन्टाइनमा छन् । यस्तै गएको २४ घण्टामा कोरोनाले ७ जनाको मृत्यु भएको छ । यससँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ सय ५३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा
मंसिर ९, २०८१ आइतबार
पाँच महिनामा ५५ गर्भवती तथा सुत्केरीको उद्धार
मंसिर ९, २०८१ आइतबार
बीएण्डसीमा एमबीबीएस पठनपाठनको तयारी
मंसिर ९, २०८१ आइतबार
कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै
मंसिर ९, २०८१ आइतबार