बुटवल प्रदर्शन रोक्न देउवालाई ओली र प्रचण्डको गुहार !
नेपालबहस संवाददाता
असोज १८, २०७७ सोमबार ०:४१:३१
१८ असोज, काठमाडौं । प्रदेश ५ को स्थायी राजधानी दाङ बनाउने निर्णय गरेपछि चर्किएको बुटवल प्रदर्शन रोक्न कांग्रेस सभापति शेरबहादुर देउवासँग नेकपाका अध्यक्षद्धय प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हारगुहार गरेका छन् ।
दाङलाई राजधानी बनाउने नेकपाको निर्णयविरुद्ध बुटवलमा आन्दोलन चर्काएपछि ओली र प्रचण्ड चिन्तित बनेका हुन् । आन्दोलन रोक्न र दाङ राजधानी बनाउने नेकपाको निर्णयमा समर्थन जनाउन ओली र प्रचण्डले देउवासँग आग्रह गरेका हुन् ।
प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको आग्रहमा ओली र प्रचण्डले देउवासँग सहयोग मागेका हुन् । पोखरेल सुटुक्क काठमाडौं आएर शीर्ष नेतासँग सहयोग मागेर आजै बुटवल फर्किएका छन् । कांग्रेससँग ओली र प्रचण्डले सहमति खोजेपनि देउवाले भने आन्दोलन नरोक्ने संकेत गरेका छन् ।
आफूसँग सल्लाह नै नगरी राजधानी तोकेपछि कांग्रेस आन्दोलित बनेको हो । प्रदेश ५ सरकारले प्रदेशको नाम लूम्बिनी र राजधानी दाङको भालुवाङ तोक्ने निर्णय गरेपछि कांग्रेस असन्तुष्ट बनेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार
उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृहमन्त्रालयलाई आयोगको निर्देशन
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नक्कली फेसबुक आइडिको प्रयोग गरी २७ लाख ठगी आरोपमा पक्राउ
मंसिर ३, २०८१ सोमबार
नेपाल–भारत सीमा सुरक्षा बैठक : सीमापार अपराध नियन्त्रण थप प्रभावकारी बनाउने निष्कर्ष
मंसिर ३, २०८१ सोमबार
काठमाडौं महानगरले वर्गीकृत फोहर मात्रै व्यवस्थापन गर्ने
मंसिर ३, २०८१ सोमबार
आगोले पोलेर घाइते महिलाको उपचारका क्रममा मृत्यु
मंसिर ३, २०८१ सोमबार
डेडिकेटेड तथा ट्रंकलाइन विवाद: ‘टीओडी’का आधारमा बक्यौता गणना गर्न विज्ञ समिति गठन
मंसिर ३, २०८१ सोमबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार