बुटवलमा प्रहरीको हवाईफायर, मुख्यमन्त्री पोखरेलको गाडीमाथि ढुंगामुढा !
नेपालबहस संवाददाता
असोज १८, २०७७ सोमबार १:३७:५२
१८ असोज, बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल चढेको गाडीमाथि बुटवलमा ढुंगामुढा भएको छ । प्रदेश राजधानी दाङ सारेको विरोधमा आन्दोलित बनेका कार्यकर्ताले मुख्यमन्त्री पोखरेल चढेको गाडीमा ढुंगामुढा गरेका हुन् ।
ढुंगामुढाबाट गाडीमा केही क्षति पुगेको छ । तर मुख्यमन्त्री पोखरेल भने सुरक्षित छन् । बुटवलको चौराहा नजिक सिद्धार्थ कटेज अगाडि मुख्यमन्त्री सवार गाडीमाथि एकहोरो ढुंगामुढा भएपछि प्रहरीले हवाईफायर गरेको छ ।
मुख्यमन्त्रीको स्कर्टिङमा रहेका दुई वटा गाडीलाई समेत क्षति पुग्ने गरी आन्दोलित कांग्रेस कार्यकर्ताले ढुंगामुढा गरेपछि प्रहरीले हवाईफायर गरेर मुख्यमन्त्री पोखरेललाई निवास लगेको थियो । प्रदेश राजधानी बुटवलबाट दाङ सारेको विरोधमा कांग्रेसले बुटवलमा प्रदर्शन चर्काएको हो ।
आन्दोलनलाई मत्थर पार्न केन्द्रिय नेताहरुसँग सहमति खोज्न काठमाडौं आएका मुख्यमन्त्री पोखरेल आइतबार काठमाडौंँबाट विमानमा भैरहवा पुगेका थिए । भैरहवाबाट मुख्यमन्त्री निवास जाने क्रममा उनीमाथि बुटवल चोकमा ढुंगामुढा भएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रहरी अतिरिक्त महानिरीक्षकद्वयलाई दर्ज्यानी चिन्ह प्रदान
कात्तिक १४, २०८१ बुधबार
विधि विज्ञान प्रयोगशालामा जनशक्ति अभाव
कात्तिक १२, २०८१ सोमबार
नायव निरीक्षक दर्नालसहित सम्पर्कविहिन भएका १२ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन
कात्तिक ११, २०८१ आइतबार
एआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
मौसम विभाग भन्छ, भोलिदेखि भाइटीकासम्म पानी पर्छ
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
रुस–युक्रेन युद्धमा उत्तर कोरियाली सेना पुगेपछि अमेरिकाको चेतावनी
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
साम्बा भन्छिन्- यो हार बिर्सिन धेरै समय लाग्छ
कात्तिक १५, २०८१ बिहिबार
आयल निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य
कात्तिक १५, २०८१ बिहिबार
सञ्चारमन्त्री भन्छन, प्रधानमन्त्री ओलीलाई पदबाट हटाउन एकथरी अभियान चलाइरहेका छन
कात्तिक १५, २०८१ बिहिबार
ट्याखोलामा निर्माण गरिएको झोलुङ्गे पुल
कात्तिक १६, २०८१ शुक्रबार
मैतीदेवी मन्दिरमा भक्तजन
कात्तिक १६, २०८१ शुक्रबार
भाइटीका फूल किन्दै स्थानीय बासिन्दा
कात्तिक १६, २०८१ शुक्रबार
‘स्थायी बासस्थानको आशामा बित्यो बाढीपहिरो पीडितको एक महिना’
कात्तिक १६, २०८१ शुक्रबार
रौतहटमा हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु
कात्तिक १६, २०८१ शुक्रबार
सांस्कृतिक पर्वका रुपमा किन मनाइन्छ तिहार ?
कात्तिक १६, २०८१ शुक्रबार