बुटवल प्रदर्शन : गिरफ्तार कार्यकर्ता बिनाशर्त छाड्न नेविसंघको माग
नेपालबहस संवाददाता
असोज १९, २०७७ सोमबार १३:३२:२७
१९ असोज, काठमाडौं । प्रदेश नम्बर ५ को राजधानी सम्बन्धमा सरकारको निर्णयपछि बुटवलमा भैरहेका प्रदर्शन, सरकारी दमन र धरपक्कडप्रति नेपाल विद्यार्थी संघ नेविसंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
छलफल, संवाद, वार्ता र सहमतिको माध्यमबाट निकास खोज्ने र सकारात्मक एवं यथोचित मागलाई उचित सम्बोधन गर्नको सट्टा उल्टै धरपकड, दमन, कर्फ्यु र सत्ताको आडमा बर्बरतापूर्वक बल प्रयोग गर्न उद्धत हुनु सरकारको पराजित मानसिकताको उपज भएको नेविसंघले बताएको छ ।
संघको तर्फबाट महामन्त्री बलदेब तिमल्सिनाद्वारा जारी विज्ञप्तिमा शान्तिपूर्ण ढंगबाट छलफल गरिरहेको अबस्थामा नेपाल विद्यार्थी संघका केन्द्रीय उपाध्यक्ष मुक्तिराज पौडेल तथा नेपाली कांग्रेसका नेताहरु बिष्णु पोखरेल, हरिलाल पाण्डे, शिव गैरे, ज्ञानेन्द्र कार्की, प्रकाश गैरे, पत्रकार कमला पाण्डे लगायतलाई गरिएको गिरफ्तारीप्रति घोर भर्त्सना गर्दै तत्काल बिना सर्त रिहाईको माग गरिएको छ ।
गिरफ्तार गरिएका सम्पूर्ण नेताहरुको रिहाइ र वार्ताको वातावरण बनाउन सरकारसंग आग्रह गर्दै अन्यथा नेविसंघको नेतृत्वमा कडा संघर्षमा उत्रने चेतावनी महामन्त्री तिमल्सिनाले दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहस्तकला क्षेत्र सरकारको सधैँ प्राथमिकता रहन्छः प्रधानमन्त्री
पुष २६, २०८१ शुक्रबार
कांग्रेस नेता डा. कोइराला लण्डनमा
पुष २६, २०८१ शुक्रबार
‘समृद्धिको अनुभूति दिलाउने गरी सरकार क्रियाशील हुनुपर्छ’
पुष २६, २०८१ शुक्रबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
हस्तकला क्षेत्र सरकारको सधैँ प्राथमिकता रहन्छः प्रधानमन्त्री
पुष २६, २०८१ शुक्रबार
युके पठाइ दिन्छु भन्दै रकम ठगी गर्ने पक्राउ
पुष २६, २०८१ शुक्रबार
कांग्रेस नेता डा. कोइराला लण्डनमा
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरपालिकाले ७२० जना शिक्षकलाई तालिम दिने
पुष २६, २०८१ शुक्रबार
आँखा उपचार सेवामा योगदान पुर्याउने विभिन्न व्यक्ति सम्मनित
पुष २६, २०८१ शुक्रबार