डोटी जिल्ला प्रशासनमा सेवाग्राहीको भीड बढेसँगै कोरोना जोखिम उच्च
नेपालबहस संवाददाता
असोज १९, २०७७ सोमबार १५:५४:३६
१९ असोज, काठमाडौं । जिल्ला प्रशासन कार्यालय डोटीमा हिजोआज सेवाग्राहीको थेगिनसक्नु भीड लाग्ने गरेको छ । प्रशासन कार्यालयमा त्यहाँका ग्रामीण क्षेत्रबाट दैनिक २०० जनासम्म सेवाग्राही आउने गरेका छन् । सेवाग्राहीको भीड बढेपछि कोरोना जोखिम बढ्नसक्ने भन्दै कार्यालयका कर्मचारीमा चिन्ता थपिन थालेको छ ।
पछिल्ले समय कार्यालयमा मास्क नलगाएर आउने सेवाग्राहीलाई सुरक्षाकर्मीले कार्यालय प्रवेश नै नदिएर फिर्ता पठाउने र मास्क लगाएर आउन आग्रह गरिन थालिएको छ । बाढीपहिरोपीडित भएकाका नागरिकका लागि राहत, नागरिकता, राष्ट्रिय परिचयपत्रलगायतका सेवा लिन आउने नागरिकका कारण प्रशासन कार्यालयमा निकै भीड बढ्न थालेको प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले जानकारी दिए । प्रशासनमा दैनिक २०० हाराहारीमा सेवाग्राही आउने गरेका छन् । सेवा लिन आउने सेवाग्राहीमा सबैभन्दा बढी नागरिकता बनाउन आउनेको भीड लाग्ने गरेको कार्यालयले जनाएको छ ।
कोरना भाइरसका कारण घरमा आएका र एसइई परीक्षामा उत्तीर्ण भएका १६ वर्ष पुगेका त्यहाँका नागरिकको नागरिकता बनाउनका लागि कार्यालयमा भीड लाग्न थालेको शाखा अधिकृत शिवकुमार राईले जानकारी दिए । उनले भने, “पछिल्लो केही दिनयतादेखि सेवाग्राहीको थेगिनसक्नु भीड लाग्ने गरेको छ, सबैभन्दा बढी नागरिकता लिनेछन् ।” उनका अनुसार अहिले दैनिक कम्तीमा पनि ९० देखि १०० जनाले कार्यालयबाट नागरिकता लिँदै आएका छन् ।
दिपायलमा रहेको सेती प्राविधिक शिक्षालयसहित यहाँका अन्य सरकारी विद्यालयमा विभिन्न प्राविधिक विषयमा पढाइ गर्नका लागि आवेदन खुलेपछि त्यहाँ पढ्नका लागि पनि एसइई पास भएका विद्यार्थी बढी नागरिकता बनाउनका लागि आउने गरेको नागरिकता कर्मचारी गौतम रोकायाले जानकारी दिए ।
यसैगरी लामो समयदेखि कामका लागि भारत गएका नागरिक पनि कोरोना महामारीका कारण अहिले आफ्नो घर आएर बसेका कारण फुर्सद भएकाले यो समयमा नागरिकताका लागि कार्यालय आउने गरेको पाइएको छ । दैनिकजसो नागरिकता लिने सेवाग्राहीको भीड बढेका कारण कतिपयले त नागरिकताका लागि पालो कुर्नुपर्ने र दुई दिनमा पालो आउने गरेको बोगटान फुड्सिल गाउँपालिका–४ बाट आउनुभएका सेवाग्राही हिक्मतबहादुर लुहारले बताउनुभयो । उनले भने, “एक दिनको पैदल हिँडेर नागरिकता बनाउन आयौँ, यहाँ त भीड रहेछ, कागजपत्र सुधार गर्दैमा दिन बित्न रहेछ हैरानी भइयो ।”
सेवाग्राहीलाई कानूनी प्रक्रिया पूरा गरी एकै दिनमा नागरिकता दिने कार्यालयले जनाएको छ । अधिकृत राईले उनले भने, “नागरिकता दिनका लागि पनि विभिन्न नियम छन्, सबै प्रक्रिया हेर्ने हो भने खासै कसैको मिलेको हुँदैन तैपनि हामीले कानूनसम्मत मिल्ने काम गरेकै छौँ ।” कानूनमा नागरिकता लिन आउँदा पारिवारिक पहिचानसमेत खुलेको हुनुपर्ने भएकाले सो प्रक्रिया पूरा नभएकालाई प्रक्रिया पूरा गरेर नागरिकता बनाउन आउन सुझाव दिने गरेको उनको भनाइ छ ।
पछिल्लो समय नागरिकताका लिन आएकाहरुबाट राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन गर्न सहज भएको कार्यालयका खरिदार तेजबहादुर खड्काले जानकारी दिए । नागरिकता बनाइसकेका नेपाली नागरिकले नागरिकता पाएकै दिन राष्ट्रिय परिचयपत्रको सङ्कलन विवरण भर्ने गरेका छन् । उक्त परिचयपत्रको विवरण सङ्कलन दैनिकरूपमा २५ देखि ३० सम्म हुने गरेको कार्यालयले जनाएको छ । विवरण फारममा पारिवारिक विवरणसमेत खुलाउनुपर्ने हुँदा प्रत्येक दिन ३० भन्दा माथि सङ्कलन गर्न नसकिने गरेको बताइएको छ ।
स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीले आमाबुबाको नागरिकता र स्वयं व्यक्तिको विद्यालयको प्रमाणपत्र नहेरी नागरिकता बनाउन सिफारिस गर्ने भएकाले कतिपयको जन्ममिति, आमाबुवाको नामसमेत फरक हुने गरेकाले सेवाग्राहीले दुःख पाउने गरेको गुनासो बढेको प्रजिअ अधिकारीले बताउनुभयो । उनले भने, “जनप्रतिनिधिहरुले नागरिकताको अनुसूची फारम भर्दा सामान्य कुरा पनि नहेरी पठाउने गरेको पाइयो, यसले गर्दा जिल्लामा आउने सेवाग्राहीलाई समस्या हुँदै आएको छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराडीपाखी बुन्ने चलन लोपोन्मुख अवस्थामा
असार १२, २०८१ बुधबार
विद्युतको तार सर्ट भई आगलागी हुँदा लाखौँको क्षति
असार १२, २०८१ बुधबार
कुपोषित बालबालिकालाई पोषणयुक्त आहार वितरण
असार १०, २०८१ सोमबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार
अन्तरिक्षबाट घरको छतमा टुक्रा खसेपछि नासाविरुद्ध मुद्धा दायर
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार
भारतको सेमिफाइनल खेलमा वर्षा भयो भने के हुन्छ ?
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार
टोली सेमिफाइनलमा पुग्नेबित्तिकै अफगानिस्तानका सडकमा ट्राफिक जाम
असार ११, २०८१ मंगलबार
सर्वोच्चले खारेज गर्यो कोशी प्रदेश सरकार विरुद्धको रिट
असार ११, २०८१ मंगलबार
दाहालको दिनगन्ती सुरुः ‘जादुई नम्बर’मा छैन अब कुनै दम
असार ११, २०८१ मंगलबार
ट्राभिस हेड टी-२० वरियताको ब्याट्सम्यानको सूचीमा शिर्ष स्थानमा
असार १२, २०८१ बुधबार
नेपालगञ्जमा महिला क्याम्पसमा अध्ययन गर्नको आकर्षण बढ्यो
असार १२, २०८१ बुधबार
जङ्गली च्याउ खाँदा तीन जनाको मृत्यु, १६ बिरामी
असार १२, २०८१ बुधबार
रुकुमकोट बजार आसपास क्षेत्र
असार १२, २०८१ बुधबार
मार्ग खुलेको ढेड दशकपछि सडक कालोपत्र, स्थानीय हर्षित
असार १२, २०८१ बुधबार
अविरल वर्षाले जनपथ टोल डुबानमा
असार १२, २०८१ बुधबार