प्रचण्ड–नेपाल नजिकिंदै, ओलीविरुद्ध निर्णायक युद्धको तयारी
नेपालबहस संवाददाता
असोज १९, २०७७ सोमबार १८:५८:८
१९ असोज, काठमाडौं । कोरोना संक्रमणको हटस्पट बनेको बालुवाटार यतिबेला सुनसान छ । प्रधानमन्त्रीको सरकारी निवास भएपनि बालुवाटार सिंहदरबारको सबै भार थेग्न विवश थियो । प्रधानमन्त्री केपी ओली बालुवाटारबाट बाहिर निस्कन निको मान्दैनन् । त्यसैले मन्त्रिपरिषददेखि कार्यकर्ता भेट्ने थलो बनाए बालुवाटारलाई ।
विदेशी कुटनीतिज्ञ मात्र होइन, व्यापारी, कर्मचारी, पत्रकार र आम कार्यकर्ताका लागिसमेत सहज बनाइयो बालुवाटार प्रवेश । त्यसैले कोरोना सहजै भित्र छि¥यो । एकै दिन तीनजना सल्लाहकारसहित स्वकीय सचिव र पाँच दर्जन बढी सुरक्षाकर्मीमा कोभिड देखा परेको छ । अनि मात्रै बालुवाटार जोखिमको केन्द्रमा परेको अनुभूति ओलीलाई भएको छ ।
हिजैदेखि बालुवाटार प्रवेशमा कडाई गरिएको छ । ओलीको रिपोर्ट नेगेटिभ आएपनि उनी आइसोलेसनमा बस्नुपर्ने अवस्था छ । शुक्रबार साँझसम्म उनी संक्रमितहरुको प्रत्यक्ष सम्पर्कमा थिए । त्यसको असर दुई चार दिनपछि मात्रै देखिने हो । त्यसैले ओली खतरामुक्त भइसके भन्ने बेला होइन आहिले । जोखिम बढेकै छ ।
कोरोनाले बालुवाटारमा आक्रमण गरेपछि राजनीतिक रुपमा आइलागेको एउटा अस्त्र भने ओलीले सहजै सामना गर्न पाएका छन् ।मन्त्रिपरिषद पुनर्गठनको किचलोले टाउको खाइरकेका बेला तत्काललाई यो विषय ओझेलमा परेको छ । उपाध्यक्ष वामदेव गौतमलाई पाखा लगाउने ध्येयले ओली पुनर्गठनका लागि हतारिएका थिए । तर अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताहरु झलनाथ खनाल र माधवकुमार नेपालसमेत गौतमको विषयमा अदालतले निर्क्याेल नगरेसम्म केही नगर्ने पक्षमा उभिएपछि ओली पछि हटेका छन् ।
यसैबीच गएको विहिबार उनले डा. युवराज खतिवडालाई अमेरिकाको राजदूतमा सिफारिश गरेपछि विवादले नयाँ दिशा लिएको थियो ।त्यसको निरुपणका लागि सचिवालय बैठक नै डाकिएको अवस्था थियो । तर बालुवाटारमा कोरोना छिरेकाले यो विषय र मुद्धाले तत्कालका लागि ओलीको टाउको दुुखाई कम बनाएको छ । अब दुई चार दिन नेताहरु सबै आइसोलेसनमा बस्ने अवस्था आएको छ– बालुवाटार निकट स्रोतले भन्यो । त्यसैले दशैं अगाडि पुनर्गठन हुने अवस्था टरेको जस्तो लाग्छ– स्रोतले प्रष्ट्यायो ।
तर खुमलटार निकट स्रोत भने गौतमको विषयमा सर्वाेच्चले अन्तिम निरुपण गरेपछि मात्रै पुनर्गठन प्रक्रियाले गति लिने बताउँछ । यसबारे आउने बुधवार अर्काे सुनवाई तोकिएको छ । तर दुबै पक्षका कानून व्यावसायीले लामो बहस गर्ने र संविधानकै व्याख्या गर्नुपर्ने भएकाले सर्वाेच्चले यसबारे राम्रै गृहकार्य गर्ने अवस्था छ ।
यसैबीच सर्वाेच्चका एकजना न्यायधीशमासमेत कोरोना संक्रमण पुष्टि भएपछि धेरै न्यायधीश आइसोलेनमा छन् । तीमध्ये गौतमको मुद्धाको सुनुवाई गर्ने न्यायधीशसमेत आइसोलेसनमा परेकाले प्रभावित हुने अवस्था छ । बुधबारसम्म सबै न्यायधीश अदालत आउने अवस्था नभएकाले बुधबार पनि सुनवाई पूरा हुने अवस्था देखिंदैन । त्यसो हुँदा अर्काे सुनवाई दशैंपछि मात्रै हुने अनुमान गर्न सकिन्छ ।
दशैंसम्मको राजनीतिक परिवेश कस्तो हुने हो भन्न कठिन छ । पार्टी भित्रको आन्तरिक समीकरण चाहिं अहिले पनि ओलीविरुद्ध सबै एकैथलोमा रहेको देखिन्छ । खासगरी डा. खतिवडालाई फेरि राजदूत नियुक्त गरेपछि प्रचण्डको ओलीसँग दूरी बढेको छ ।
पुन प्रचण्ड र नेपाल नजिकिएका छन् । ओलीसँग फेरिपनि पौंठाजोरी खेल्ने मूडमा प्रचण्ड र नेपाल रहेका छन् । सचिवालय बैठक बसेको थियो भने त्यसको छनक पाइसकिने थियो । भोलि अनुकुल भएका बेलासमेत प्रचण्ड र नेपालले ओलीसँग अर्काे लडाईं लड्ने तयारी गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपप्रमुख डंगोलसँग ल्हासा नगरको प्रतिनिधिमण्डलको भेटवार्ता
असार १२, २०८१ बुधबार
परराष्ट्रमन्त्री श्रेष्ठसँग चिनियाँ उपविदेशमन्त्री वेइडोङको भेटवार्ता
असार १२, २०८१ बुधबार
राष्ट्रपति पौडेलसँग चीनका उपविदेशमन्त्री वेइतोङको शिष्टाचार भेट
असार १२, २०८१ बुधबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार
अन्तरिक्षबाट घरको छतमा टुक्रा खसेपछि नासाविरुद्ध मुद्धा दायर
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार
भारतको सेमिफाइनल खेलमा वर्षा भयो भने के हुन्छ ?
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार
टोली सेमिफाइनलमा पुग्नेबित्तिकै अफगानिस्तानका सडकमा ट्राफिक जाम
असार ११, २०८१ मंगलबार
सर्वोच्चले खारेज गर्यो कोशी प्रदेश सरकार विरुद्धको रिट
असार ११, २०८१ मंगलबार
दाहालको दिनगन्ती सुरुः ‘जादुई नम्बर’मा छैन अब कुनै दम
असार ११, २०८१ मंगलबार
नेपालगञ्जमा महिला क्याम्पसमा अध्ययन गर्नको आकर्षण बढ्यो
असार १२, २०८१ बुधबार
जङ्गली च्याउ खाँदा तीन जनाको मृत्यु, १६ बिरामी
असार १२, २०८१ बुधबार
रुकुमकोट बजार आसपास क्षेत्र
असार १२, २०८१ बुधबार
मार्ग खुलेको ढेड दशकपछि सडक कालोपत्र, स्थानीय हर्षित
असार १२, २०८१ बुधबार
अविरल वर्षाले जनपथ टोल डुबानमा
असार १२, २०८१ बुधबार
तरकारी बिक्री गरेर घर फर्किँदै महिला
असार १२, २०८१ बुधबार