प्रदेश ५ सरकारको प्रस्तावको पक्षमा मतदान गर्न नेकपाको ह्वीप जारी
नेपालबहस संवाददाता
असोज १९, २०७७ सोमबार १८:५७:३९
१९ असोज, बुटवल । प्रदेश ५ को नेकपा संसदीय दलले प्रदेशको नाम लुम्बिनी र राजधानी दाङको देउखुरी बनाउने प्रस्तावको पक्षमा अनिवार्य मत हाल्न आफ्ना प्रदेशसभा सांसदलाई ह्विप जारी गरेको छ ।
संसदीय दलको सोमबार बसेको बैठकमा मुख्यमन्त्री तथा संसदीय दलका नेता शंकर पोखरेलले सरकारको निर्णयका पक्षमै मत हाल्न ह्विप जारी गरेका हुन् । प्रदेशसभा सदस्य दधिराम न्यौपानेका अनुसार बैठकले प्रदेश सरकारको प्रस्तावको पक्षमा मत हाल्न ह्वीप जारी गरेको हो ।
प्रदेश ५ मा नेकपाका ६१, कांग्रेसका १९, जनता समाजवादीका ६ र राष्ट्रिय जनमोर्चाका १ गरी ८७ सदस्य छन् । सरकारको प्रस्ताव पारित हुनका लागि ५८ मत चाहिन्छ जुन नेकपाले ह्विप जारी गरेपछि पूरा हुने देखिएको छ । यसअघि दाङको देउखुरी क्षेत्रलाई प्रदेशको स्थायी राजधानी बनाउने प्रस्तावमा लुम्बिनी क्षेत्रका नेकपाका १४ सांसदले नोट अफ डिसेन्ट लेखेका थिए ।
यद्यपी नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले भने सरकारको निर्णयको विरोध गरेका छन् । राजनीतिक सहमतिविना राजधानी दाङ लैजान लागिएको भन्दै कांग्रेस र जनता समाजवादी पार्टीले सदनमा विरोध जनाउने भएका हुन् । कांग्रेस संसदीय दलको बैठकले नेकपाले एकलौटी रूपमा राजधानी सार्न ल्याएको प्रस्तावविरुद्ध सदनमा छलफल हुन नदिने निर्णय गरेको कांग्रेस सचेतक निर्मला क्षेत्रीले बताइन् ।
सोमबार बिहान आयोजित सर्वदलीय बैठकमा समेत कांग्रेसका प्रतिनिधि सदन स्थगित गरेर राजनीतिक सहमति जुटाउने प्रस्ताव नेकपाले नमानेको भन्दै बाहिरिएका थिए । प्रदेशसभामा कांग्रेसका १९ सदस्य छन् ।
जनता समाजवादी पार्टीका सचेतक सन्तोषकुमार पाण्डेले पनि सरकारले ल्याएको प्रस्तावमाथि छलफल हुन नदिन सदनमा विरोध गर्ने बताए । प्रदेश ५ मा जनता समाजवादी पार्टीका ६ जना सांसद छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार
उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृहमन्त्रालयलाई आयोगको निर्देशन
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नक्कली फेसबुक आइडिको प्रयोग गरी २७ लाख ठगी आरोपमा पक्राउ
मंसिर ३, २०८१ सोमबार
नेपाल–भारत सीमा सुरक्षा बैठक : सीमापार अपराध नियन्त्रण थप प्रभावकारी बनाउने निष्कर्ष
मंसिर ३, २०८१ सोमबार
काठमाडौं महानगरले वर्गीकृत फोहर मात्रै व्यवस्थापन गर्ने
मंसिर ३, २०८१ सोमबार
आगोले पोलेर घाइते महिलाको उपचारका क्रममा मृत्यु
मंसिर ३, २०८१ सोमबार
डेडिकेटेड तथा ट्रंकलाइन विवाद: ‘टीओडी’का आधारमा बक्यौता गणना गर्न विज्ञ समिति गठन
मंसिर ३, २०८१ सोमबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार