दाङलाई प्रशासनिक र बुटवललाई वित्तिय राजधानी बनाउने मुख्यमन्त्री पोखरेलको दाबी
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_SAbEGEXgEk.jpeg
)
नेपालबहस संवाददाता
असोज १९, २०७७ सोमबार १९:१७:५७
![](https://nepalbahas.prixacdn.net/media/albums/shankar-pokhrel_LvyNMco3qX.jpg)
१९ असोज, काठमाडौं । नेकपाकै सांसदले असन्तुष्टि जाहेर गरेपछि प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले बुटवललाई वित्तीय र पर्यटकीय राजधानी बनाउने दाबी गरेका छन् । तर यसका लागि दाङको भलुवाङलाई प्रशासनिक राजधानी बनाउने प्रदेश राजधानी बनाउने प्रदेश ५ सरकारको प्रस्तावमा मतदान गर्नुपर्ने शर्त राखेका छन् ।
दाङको भालुवाङ स्थायी राजधानी बनाउने प्रस्ताव प्रदेशसभामा पेश भएपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाकै १४ सांसदले फरक मत राखेपछि मुख्यमन्त्री पोखरेलले आश्वासनका लागि बुटवललाई पर्यटकीय तथा वित्तिय राजधानी बनाउने दाबी गरेका हुन् ।
संसदीय दलको सोमबार बसेको बैठकमा भौतिक पूर्वाधारमन्त्री बैजनाथ चौधरीले समेत बुटवलका जनताको भावनालाई सम्बोधन गर्नुपर्ने धारणा राखेका थिए । बैठकमा मुख्यमन्त्री एवं नेकपा संसदीय दलका नेता पोखरेलले भालुवाङमा संरचनाहरु नबन्दासम्म अस्थायी राजधानी बुटवलमै रहने बताए । साथै बुटवल र लुम्बिनी करिडोरलाई छोएका क्षेत्र समेटेर वित्तीय र पर्यटकीय राजधानीका रुपमा विकास गर्ने र भालुवाङलाई प्रशासनकीय राजधानीका रुपमा अगाडि बढाउने उनले बताए ।
तर अहिले दाङलाई राजधानी बनाउने सरकारको प्रस्तावपको पक्षमा मतदान गर्न मुख्यमन्त्री पोखरेलले ह्वीप जारी गरेका छन् । ह्वीप जारी गर्ने भएपछि अब असन्तुष्ट सांसदलाई पनि सरकारको प्रस्तावको पक्षमा मतदान गर्नुपर्ने नैतिक दबाब बढेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओलीले गरे लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्रीले लुम्बिनी प्रदेशसभाको बैठकलाई विशेष सम्बोधन गर्ने
फागुन ४, २०८१ आइतबार
रुपन्देहीमा लागुऔषध कारोबारी बढे, ठूलो परिणामको चरेससहित ७ जना पक्राउ
फागुन ३, २०८१ शनिबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार
स्ववियु निर्वाचनमा क्याम्पसलाई हानी–नोक्सानी हुने गरी प्रचार गर्न नपाइने
फागुन ५, २०८१ सोमबार