प्रधानमन्त्री ओली आईसोलेशनमा हो कि होइन ? सार्वजनिक गर्न राप्रपा अध्यक्ष राणाको आग्रह
नेपालबहस संवाददाता
असोज १९, २०७७ सोमबार २२:१२:२०
१९ असोज, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपतिशमशेर राणाले प्रधानमन्त्री केपी ओलीको पछिल्लो स्वास्थ्य स्थिति सार्वजनिक गर्दै, आइसोलनमा बस्नु पर्ने–नपर्ने बारे सरकारले औपचारिक जानकारी सार्वजनिक गर्नु उपयुक्त हुने बताएका छन् ।
‘प्रधानमन्त्रीको स्वास्थ्य सार्वजनिक चासो र महत्वको विषय हो,’ राणाले सोमबार ट्वीट गर्दै भने ।
प्रधानमन्त्रीका निकट सहयोगी र सल्लाहकारहरू कोरोना संक्रमित प्रमाणित भएपछिको अवस्थामा अध्यक्ष राणाले यस्तो धारणा व्यक्त गरेका हुन् । सरकार प्रमुखको स्वास्थ्य अवस्थालाई लिएर जनतालाई सुुसूचित गर्ने विश्वव्यापी प्रचलन कायम रहेको उनको भनाइ छ ।
‘प्रधानमन्त्री केपी ओलीका सल्लाहकार, स्वकीय सचिव, सुरक्षाकर्मीहरू कोरोना संक्रमित भएबाट प्रधानमन्त्री स्वयमको स्वास्थ्य स्थिति, आइसोलेसनमा बस्नु पर्ने नपर्ने भन्नेबारे सरकारको औपचारिक जानकारी सार्वजनिक भए उपयुक्त हुने थियो । विश्वव्यापी प्रचलन यस्तै छ,’ उनले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपन्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
लेबनानमा रहेका नेपालीहरुलाई आफ्नो विवरण उपलब्ध गराउन सरकारको आग्रह
असोज ११, २०८१ शुक्रबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार