बजारमा बिक्रीकर्ता हावी हुँदा कुन उपसुचकमा खरिदकर्ताको बलियो उपस्थिति ?
![आर्थिक संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r6hvTcJYac_jYm4x4A9NS.jpeg
)
आर्थिक संवाददाता
असोज १९, २०७७ सोमबार २२:४९:५९
![](https://nepalbahas.prixacdn.net/media/albums/Graph-1_TeTnOHeK6i.png)
१९ असोज, काठमाडाैं । आज शेयरबजारमा सामान्य गिरावट आएको छ । नेप्से परिसूचकमा गिरावट आएपनि हाईड्रोपावर र विकास बैंक उपसुचकमा खरिद चाप देखिएको छ ।
नेप्से परिसूचक ३ दशमलव ६३ अंकले घट्दै १५८२ दशमलव १२ को विन्दुमा बन्द भएको छ । आज १९३ कम्पनीको शेयर कारोवार हुँदा २ अर्ब ५७ करोडको शेयर कारोवार भएको छ ।
नेप्से परिसूचकमा सामान्य शुन्य दशमलव २३ प्रतिशतले घटेको छ । बजार १५८७ दशमलव ३१ को विन्दुमा खुलेकोमा बजारको उच्च विन्दु १५९४ दशमलव ८९ रहेको थियो । बजारले १५८० दशमलव ६५ को को न्यून विन्दु समातेको थियो । बजारको आजको प्रवृत्ति हेर्दा बजारमा बिक्रीकर्ताहरु हावी भएको देखिन्छ।
नेप्सेको ईण्ट्राडे चार्ट
बजार आज पनि १५९५ को विन्दुबाट फर्किएको छ । बजारको लागि १६०० को विन्दु निकै लामो समय देखि मनोवैज्ञानिक र प्राविधिक प्रतिरोधको रुपमा अघि सरेको छ। अहिले १६०० को विन्दु पार गर्न नसक्नुको मुख्य कारण भनेको वाणिज्य बैंकका लगानीकर्ताहरु आकर्षित हुन नसक्नु हो।
नेप्सेको दैनिक चार्ट
हाईड्रोपावर उपसुचकमा सर्वाधिक वृद्धि देखिएको छ । केही दिनदेखि सुस्ताएको “हाईड्रोपावर” उपसुचकमा भने आज सुरुवात देखि नै चहलपहल बढेको थियो। हाईड्रोपावर उपसुचकमा १२ बजे देखिनै बुलिश प्रवृत्ति सुरु भएको थियो।
आज सर्वाधिक कारोवार हुने ५ कम्पनीहरु :
आज सर्वाधिक कमाउने ५ कम्पनीहरु :
आज सर्वाधिक गुमाउने ५ कम्पनीहरु :
(नोट : निर्णय लिनु अघि थप अनुसन्धान गर्नु होला ! नेपालबहसको शेयर बिश्लेषण गर्ने शाखाले प्राविधिक र आधारभूत औजारको प्रयोग गरेर बिश्लेषण गरिएको हो। नाफा-नोक्सानको जिम्मेवार नेपालबहस हुने छैन। )
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रि-ओपन सेसनमा नेप्से ३.६७ अंकले बढ्यो
माघ २३, २०८१ बुधबार
२४.५० अंकले बढ्यो बजार: ९ अर्ब ४० करोडको कारोबार, सबै समूहको उपसूचकमा हरियाली
माघ १५, २०८१ मंगलबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
कार दुर्घटनामा परी महाकुम्भ मेलाबाट फर्कदै गरेका रुपन्देही देवदहका ३ जनाको मृत्यु
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीले गरे लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन
फागुन ५, २०८१ सोमबार
भन्सार छलेको सामानसहित रौतहटमा एक जना पक्राउ
फागुन ५, २०८१ सोमबार