डा. केसीको अनशनप्रति नेपाली कांग्रेस बीपीको ऐक्यबद्धता, तत्काल वार्ता गरि माग पुरा गर्न आग्रह
नेपालबहस संवाददाता
असोज १९, २०७७ सोमबार २३:४०:५९
१९ असोज, काठमाडौं । नेपाली कांग्रेस बीपीले डा. गोविन्द केसीको अनशनमा ऐक्यबद्धता जनाउँदै स्वास्थ्य क्षेत्र सुधारको माग राखी अनशनरत डा. केसीको जीवन रक्षा गर्न र यो अनशनलाई अन्तिम अनशन बनाउन माग गरेको छ ।
आज आमरण अनशनको २२ औं दिन हुदाँ पनि प्रा. डा. केसीको स्वास्थ्य अवस्थाप्रति नेपाल सरकारले गम्भिरता नदेखाएको अवस्थामा आफ्नो पार्टीको गम्भिर ध्यानाकर्षण भएको महामन्त्री सुशीलमान शेरचनले बताएका छन् ।
गरिब जनता र गरिब विद्यार्थीहरुका निमित्त आमरण अनशन बस्नु भएका केसीको आमरण अनशनप्रति पार्टीको ऐक्यबद्धता जनाउँदै महामन्त्री शेरचनले उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएकोले सरकारले तत्काल वार्ता गरि माग सम्बोधन गर्न सरकारसँग आग्रह गरेका छन् ।
शेरचनले नेकपा एवं विगतमा नेपाली कांग्रेसका सरकारहरुले अनशन तोडाउन सम्झौता र सहमति गर्ने तर व्यवहारमा नउतार्नाले डा.केसी १९ औं पटक अनशन बस्न बाध्य भएको बताएका छन् ।
पार्टीका महामन्त्री तथा पुर्व मन्त्री सुशीलमान शेरचनद्वारा हस्ताक्षरित ऐक्यबद्धतापत्र बुझाउन महामन्त्रीद्धय शेरचन र पुष्पराज पराजुली तथा पार्टी केन्द्रिय सदस्य गणेश पाण्डे, तरुण दल बीपीका अध्यक्ष प्रधुम्न कार्की, तरुण दल (बीपी) सहअध्यक्ष रोमान पुरी, पार्टीका नुवाकोट जिल्ला सभापति श्यामबहादुर गुरुङ र तरुण दल बीपीका केन्द्रिय सदस्यहरु कुमार लामा, देवेन्द्र पुरी, महिला नेतृ मिना कुमारी भारती र पार्टी कार्यालय सचिव सुशीलराज वाग्ले लगाएतका नेता एवं कार्यकर्ता त्रिवि शिक्षण अस्पताल पुगेका थिए ।
सो बेला टोलीले डा. केसीको अनशनमा ऐक्यबद्धता व्यक्त गर्दै कोरोना कोभिड १९ का कारणले डा. केसीलाई प्रत्यक्ष भेट्न नसकेपनि उनका स्वकीयमार्फत ऐक्यबद्धता पत्र बुझाएका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपन्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
लेबनानमा रहेका नेपालीहरुलाई आफ्नो विवरण उपलब्ध गराउन सरकारको आग्रह
असोज ११, २०८१ शुक्रबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार