को हुन वरिष्ठ राजनीतिज्ञ तथा लेखक यज्ञप्रसाद आचार्य ? उनले जे देखे जे भाेगे
नेपालबहस संवाददाता
असोज १९, २०७७ मंगलबार ०:२८:४४
१९ असोज, काठमाडौं । वरिष्ठ राजनीतिज्ञ तथा लेखक यज्ञप्रसाद आचार्य जीवनपर्यन्त क्रियाशील रहे । जीवनको उत्तर्राद्धसम्म राष्ट्रिय राजनीतिलाई मिहीन विश्लेषण गर्ने, समाचार र घटनाक्रमसँग अद्यावधिक रहने उनको दिनचर्या थियो ।
८४ वर्षको उमेरसम्म स्वर्गीय आचार्यले अनुभव गरेका विविध राजनीतिक, सामाजिक घटना अनुभव र महत्वपूर्ण उतारचढाव, जीवनको अन्तिम क्षणमा उनले पुस्तकको रुपमा प्रकाशन गरे । यसबाट उनी हरहमेशा सक्रिय चिन्तनमा लागिरहन्थे भन्ने बुझ्न सकिन्छ ।
स्वर्गीय आचार्य सानै उमेरदेखि राजनीतिमा चाख राख्थे । स्वभावैले उनी राजनीतिबाट टाढा रहन सकेनन् । उनले १६ वर्षकै उमेरमा अर्थात् २००६ सालमा नेपाली कांग्रेस, धरान विजयपुर प्रगन्नाको जिल्ला सचिवको जिम्मेवारी बहन गरे ।
कांग्रेस राजनीतिमा सक्रिय रहे पनि पछि उनलाई बामपन्थी राजनीतिले आकर्षण गरेको देखिन्छ । २००९ सालमा आचार्य अखिल बनारस नेपाली विद्यार्थी फेडरेशनको संस्थापक तथा महासचिव बने । समयक्रमसँगै विविध राजनीतिक जिम्मेवारी सम्हाले । २०११ सालमा नेपाल कम्युनिष्ट पार्टी, धरान विजयपुर प्रगन्नाको जिल्ला सचिव बने ।
२०१६ सालमा, धरान नगरपालिका स्थापना भएपछिको पहिलो जननिर्वाचित प्रतिनिधि अर्थात वार्ड अध्यक्ष बने । २०१९ सालमा, धरान नगर पञ्चायतको पहिलो निर्वाचित जनप्रतिनिधि बने । युवा जोश जाँगर लिएर यसरी उनले पञ्चायती राजनीतिमा आफ्नो स्थान बनाए ।
२०२८ सालमा नेपाल युवक संगठनको केन्द्रीय सभापति निर्वाचित भए, चार वर्ष नेतृत्व गरे । २०३२ देखि २०३६ सम्म गाँउफर्क राष्ट्रिय अभियान केन्द्रीय कार्य समिति सदस्यको जिम्मेवारी निर्वाह गरे । पञ्चायत नीति तथा जॉचबुझ समिति सदस्यको रुपमा २०४१ देखि २०४५ सक्रिय रहे । राजपरिषद् स्थायी समितिको सदस्यको हैसियतमा २०५९ सालबाट चार वर्ष राष्ट्रिय राजनीतिमा योगदान गरे ।
पिता लक्ष्मीप्रसाद आचार्य र माता विष्णुदेवी आचार्यको कोखबाट धनकुटा, छथर, तेलिया पिपलेमा वि.सं. १९९० बैशाख ५ गते, सोमबार आचार्यले जन्म लिएका थिए । उनले पाटनढोका, ललितपुरस्थित निवासमा गत असोज ६ गते, मंगलबार देहत्याग गरे ।
स्वर्गीय आचार्यले यस लोक छाडेको शनिबारको १३ औ पूण्यतिथिको दिन दिवंगत आत्माको चिरशान्तिको कामना गरौं ।
वरिष्ठ राजनीतिज्ञ तथा लेखक यज्ञप्रसाद आचार्य सम्बन्धी विवरण:-
१. नाम : यज्ञप्रसाद आचार्य (दिवंगत)
पिता : लक्ष्मीप्रसाद आचार्य
माता : विष्णुदेवी आचार्य
२. जन्मस्थान-मिति : धनकुटा, छथर, तेलिया पिपले । मिति : वि.सं. १९९० बैशाख ५ गते सोमबार ।
मृत्युस्थान-मिति : ललितपुर महानगरपालिका, उमालय, क्याम्पसमार्ग, पाटनढोका, ललितपुर । मिति ः वि.सं. २०७७ असोज ६ गते मंगलबार ।
३. सक्रियता र कार्यरत
३.१ विद्यार्थीकाल
क) संस्थापक तथा महासचिव, अखिल बनारस नेपाली विद्यार्थी फेडरेशन, वि.सं २००९ साल ।
ख) संस्थापक तथा कोषाध्यक्ष, अखिल भारत नेपाली विद्यार्थी फेडरेशन, वि.सं. २०१० साल ।
ग) अध्यक्ष, काशी हिन्दू विश्वविद्यालय, बनारस, भारत । वि.सं. २०११ साल ।
घ) भारतीय कम्युनिष्ट पार्टीका प्रथम महासचिव पूरनचन्द जोशी (पीसी जोशी) बाट भारतीय कम्युनिष्ट पार्टी (सीपीआई) को सदस्यता । वि.सं. २०१२ साल ।
ङ) संस्थापक अध्यक्ष, भारतीय कम्युनिष्ट पार्टी (नेपाल शेल), भारत । वि.सं. २०१२ साल ।
च) संस्थापक अध्यक्ष, नेकपा आवद्ध ‘युवा संघ’ (यङ्ग कम्युनिष्ट लिग), नेपाल । वि.सं. २०१३ साल
३.२ राजनीतिकः
क) जिल्ला सचिव, नेपाली कांग्रेस, धरान विजयपुर प्रगन्ना, वि.सं. २००६ साल
ख) जिल्ला सचिव, नेपाल कम्युनिष्ट पार्टी, धरान विजयपुर प्रगन्ना, वि.सं. २०११ साल
ग) धरान नगरपालिका स्थापना भएपछिको पहिलो जननिर्वाचित प्रतिनिधि (वार्ड अध्यक्ष), वि.सं. २०१६ साल ।
घ) धरान नगर पञ्चायतको पहिलो निर्वाचित जनप्रतिनिधि, वि.सं. २०१९ साल ।
ङ) कोशी अञ्चल समितिको सदस्य, वि.सं. २०२४ देखि वि.सं. २०२६ सालसम्म ।
च) नेपाल युुवक संगठनको जिल्ला सभापति, वि.सं. २०२६ देखि वि.सं. २०२८ सालसम्म ।
छ) नेपाल युवक संगठनको केन्द्रीय सभापति निर्वाचित, वि.सं. २०२८ साल पुस २९ गतेदेखि चार वर्ष ।
ज) सदस्य, राजसभा स्थायी समिति, वि.सं. २०२८ साल पुस २९ गतेदेखि चार वर्ष ।
झ) सदस्य, राष्ट्रिय विकास परिषद, वि.सं. २०२८ साल पुस २९ गतेदेखि चार वर्ष ।
ञ) गाउफर्क राष्ट्रिय अभियान केन्द्रीय कार्य समितिको सदस्य, वि.सं. २०३२ देखि वि.सं.२०३६ ।
ट) सदस्य, पञ्चायत नीति तथा जॉचबुझ समिति, वि.सं. २०४१ देखि वि.सं. २०४५ ।
ठ) सदस्य, राजपरिषद् स्थायी समिति, वि.सं. २०५९ सालदेखि चार वर्ष ।
३.२ सामाजिक कार्य
क) महासचिव, धरान साहित्य परिषद्, वि.सं. २०१६ साल ।
ख) प्राचार्य, त्रिभूवन रात्री विद्यापीठ, धरान, वि.सं. २०१६ साल ।
ग) प्रमुख, निशुल्क शिक्षा कार्यान्वयन समिति, धरान नगरपालिका, वि.सं. २०१८ साल (धरानका ८ वटा विद्यालयमा देशमै पहिलो पटक निशुल्क माध्यमबाट पठनपाठन सुरुवात्)
घ) धरान पावरहाउस कम्पनी प्रा.लि. वि.सं. २०२० सालमा स्थापना गरी पहिलो पटक सामुदायिक स्तरबाट धरानमै डिजेल प्लान्टबाट विजुली उत्पादन गरी धरान बजारमा वितरणको सुरुवातकर्ता ।
ङ) धरानको तिनकुनेमा चन्द्र स्वागत प्रवेशद्वारको निर्माण, वि.सं. २०२० साल (वि.सं. २०४५ सालको भूकम्पमा क्षतिग्रस्त भएको)
च) काठमाडौंस्थित त्रिपुरेश्वरमा नेपाल आँखा अस्पतालको संस्थापक आजीवन सदस्य, वि.सं. २०२१ साल ।
छ) उपसभापति, विराट साहित्य सम्मेलन मूल आयोजक समिति, विराटनगर वि.सं. २०२७ साल ।
ज) श्री पञ्चमहालक्ष्मी मन्दिर, भक्तपुरको निर्माणमा रु. १० लाख प्रदान, वि.सं. २०६४ साल ।
झ) बलिया, सुन्दरपुर हरैचा नगरपालिका, मोरङमा शिव मन्दिर निर्माणका लागि आर्थिक सहयोग । वि.सं. २०६७
ञ) श्री नर्वदेश्वर शिवालय, धनकुटालाई मर्मत सम्भारका लागि आर्थिक सहयोग । वि.सं. २०७०
ट) श्री राधाकृष्ण मन्दिर, रहिपुर ईटहरी उपमहानगरपालिकाका लागि गर्भगृहको मूर्ति प्रदान । वि.सं. २०७३
ठ) नई प्रकाशन अन्तर्गत आफ्ना स्वर्गीय नाबालक पनाती जाग्रवको सम्झनामा विशिष्ट कलाकारलाई गर्न रुपैयॉ ७ लाखको ‘यउजा कला पुरस्कार’ को स्थापना । वि.सं. २०७४ साल
३.३ साहित्य-प्रकाशित कृति
क) प्रजातन्त्रोत्तर नेपालको परराष्ट्रनीति (पुस्तक), वि.सं. २०१६ साल
ख) मुक्तात्मा कथासंग्रह, वि.सं. २०२० साल
ग) मुक्तात्मा कथासंग्रह (दोश्रो खण्ड), वि.सं. २०६९ साल
घ) फ्यूजनको जगमा शिलयान्स कथासंग्रह, वि.सं. २०७० साल
ङ) जे देखे, जे भोगे (आत्मवृतान्त), वि.सं. २०७७ भदौ १३ गते ।
४. धरान पब्लिक हाइस्कूलमा आठ कक्षाबाट अध्ययन सुरु वि.सं. २००३ साल (प्राचार्य, भाषाविद् महानन्द सापकोटा), धरान पब्लिक हाइस्कूलबाट पहिलो व्याचमा वि.सं. २००६ सालमा प्रवेशिका परीक्षा (एसएलसी) उत्तिर्ण । जम्मा ६ जना विद्यार्थीले पहिलो व्याचबाट एसएलसी उत्तिर्णमध्ये यज्ञप्रसाद आचार्य पनि एक हुनुहुन्थ्यो ।
५. विशेष योगदान : राजनीतिक, सामाजिक र साहित्यिक क्षेत्रमा ।
६. गृहनगर र कर्मभूमी धरान भए पनि जीवनको उत्तरार्धमा उहॉको बसोबास ललितपुर महानगरपालिका, पाटनढोका, क्याम्पस मार्गस्थित ‘उमालय’ मा रहेको ।
७. परिवारः धर्मपत्नी उमादेवी आचार्य सहित ३ छोरा र १ छोरी ।
अन्य
८. भारतको काशी हिन्दू विश्वविद्यालयबाट एम.ए, बीएल गर्ने धरानको पहिलो स्नात्तकोत्तर उतिर्ण विद्यार्थी (वि.सं. २०१४ साल) ।
९ वि.सं. २०२० देखि वि.सं. २०२२ सालसम्म धरानबाट प्रारम्भ भएको विद्यार्थी आन्दोलनको राजनीतिक नेतृत्व प्रदान गरेको ।
१०. धरान नगरपालिका स्थापनाको स्वर्ण महोत्सवका अवसरमा वि.सं. २०६६ सालमा धरानमा आयोजित विशेष समारोहमा ंसम्मानीत ।
११. ‘किर्तिनिधी राष्ट्रियता पुरस्कार’ बाट सम्मानीत । वि.सं. २०७० साल ।
१२. धरान पब्लिक हाइस्कूल एलुम्नाई एशोसिएसनबाट वि.सं. २०७६ सालमा सम्मानीत
१३. विश्व हिन्दू परिषदद्वारा धरानमा आयोजित नागरिक अभिनन्दन समारोहमा सम्मानीत (वि.सं. २०७६ असोज २४ गते ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोलेस्ट्रोल नियन्त्रणमा राख्न चाहनुहुन्छ ? खाली पेटमा अदुवाको जुस पिउनुहोस्
मंसिर ७, २०८१ शुक्रबार
के तपाई घाँटीको संक्रमणबाट हैरान हुनुहुन्छ ?
मंसिर ५, २०८१ बुधबार
जाडोमा कपाल फुट्न थालेको छ भने यो चिजले मसाज गर्नुहोस, कुनै हानि हुँदैन
कात्तिक २८, २०८१ बुधबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
पत्रकारको भेषमा अपहरण गरी दुई लाख फिरौती माग्ने बीरगञ्ज टाइम्सका हरिशंकर प्रहरी फन्दामा
मंसिर १०, २०८१ सोमबार
निःशुल्क विशेषज्ञ डाक्टरको सेवा पाउँदा दुर्गमका नागरिक खुसी
मंसिर १०, २०८१ सोमबार
लिथुआनियामा विमान दुर्घटना हुँदा एक जनाको मृत्यु
मंसिर १०, २०८१ सोमबार
चीन भ्रमणबारे छलफलपछि ओलीले बोलाए मन्त्रिपरिषद्
मंसिर १०, २०८१ सोमबार
सन् २०२३ को अक्टोबर देखि एघार हजार भन्दा बढी प्यालेस्टिनी हिरासतमा
मंसिर १०, २०८१ सोमबार
बीआरआइबारे देउवाले भने, प्रधानमन्त्रीले चीनसँग अनुदानको कुरा गर्नुहुन्छ, ऋण होइन
मंसिर १०, २०८१ सोमबार