खबरदार ! डा. गोविन्द केसीलाई केही भयो भने ?
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r6hvTcJYac_U6mF8d7adH.jpeg
)
नेपालबहस संवाददाता
असोज १९, २०७७ मंगलबार १:२७:५५
![](https://nepalbahas.prixacdn.net/media/albums/Dr-govinda-kc-1_NrN2rcmKwA.jpg)
राणाशासन, पञ्चायत, प्रजातन्त्र, लोकतन्त्र हुँदै गणतन्त्रसम्म आईपुग्दाका राजनीतिक विचार, बिकास निर्माणका अभियान, नागरिकको सुरक्षा, सरकारको उपस्थिति आदि विविध बिषयहरुलाई हेर्दा र अध्ययन गर्दा वर्तमान राज्य सञ्चालनको व्यवस्था नेपालको इतिहासमै सबैभन्दा कमजोर र निकम्मा बन्दै गएको या बनाईएको अनुमान गर्न सकिन्छ । राजनीतिक दलहरुबाट सञ्चालित राज्यव्यवस्थाले दल भन्दा माथि उठेर काम गर्न नसक्दाको परिणाम आज तमाम नेपाली नागरिकहरुले भोग्नु परिरहेको छ ।
वर्तमान गणतन्त्रका सारथीहरुले ब्यक्ति मात्र गन्हाउने बनाएनन् स्वयं व्यवस्था नै दुर्गन्धित बनाईरहेका छन् । व्यक्ति बदनाम हुनु, व्यक्ति फटाहा हुनु, व्यक्ति अपरिपक्व हुनु स्वभावैले सामान्य कुरा हो तर त्यहि व्यक्तिबाट देशमा रहेको व्यवस्था नै बदनाम हुने अवस्था आयो भने आम नागरिकले सोच्नु पर्ने अवस्था आउन सक्छ ।
नेपालका राजनीतिक दलहरुमा आफ्नाे स्पष्ट राजनीतिक अडान नहुनु, जता हावा बहन्छ त्यतै बहन खोज्नु, व्यक्तिगत स्वार्थ र लाभका लागि सिंगो संगठनलाई नै बली चढाउनु या भनौं बदनाम गर्नु गराउनु वर्तमान राजनीतिक दलका सारथीहरुलाई सामान्य कुरा झैं भएको देखिन्छ । त्यसको परिणाम बिदेशी शक्ति राष्ट्रहरुले चलखेल गर्न पाउने र नागरिकहरुलाई विदेशीको ईशारामा चल्न बाध्य बनाउने गलत नजिर बस्दै गैरहेको देखिन्छ ।
जनताको तागतको किञ्चित पनि ख्याल नभएका, जनताहरु सडकमा उत्रिएर गणतन्त्र जिन्दावाद भन्दै निस्किएका बेला कटेरोका झस्केलाबाट चियाउँदै बयलगाडा चढेर अमेरिका पुग्न खोज्नेहरुको फुर्ति भन्दै बयलगाडा चढेर अमेरिका पुगिदैन भनेर मृगौला सेकेर बस्नेहरुको हविगत अब पूर्वराजा ज्ञानेन्द्र शाहको झै बन्ने कुरामा अब दुईमत छैन कि भन्ने आभास हुन थालेको छ ।
देशमा अहिले वास्तवमै राजनीतिक गतिविधिहरु शुन्य अवस्थामा छ । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसले नेपाललाई अत्यन्तै गम्भिर ढंगले गाजिरहेको छ । जनता अहिले दुईछाक खान समेत नपाउने अवस्थामा पुगेका छन् । अस्पतालमा बिरामी पुर्याएर घरखेत सकिने डरले घरमै रुंगेर बस्ने अबस्था सृजना भैरहेको छ । देशका सबै शैक्षिक संस्थाहरु बन्द छन् तर सरकारका शैक्षिक संयन्त्रहरु अभिभावकलाई भर्ना शुल्कका नाममा धमाधम रकम असुलीरहेका छन् ।
काम बिनाको र आम्दानी बिनाको कर तिर्न नसकेर यातायात क्षेत्रले घुँडा टेकिसकेको छ । होटेल व्यवसायले पनि आफ्नाे अन्धकार भविष्य देखिसकेको छ । पर्यटन क्षेत्र अब उठला कि नउठला भन्ने अवस्थामा छ । नागरिकको रोजगारी बच्ला कि नबच्ला भन्ने दोसाँधमा छ । तर सरकार अझै पनि चिरनिन्द्रामा सुतिरहेको छ । सरकारका संयन्त्रहरु किन चलायमान हुन सकिरहेका छैनन ? भनेर आम नागरिकहरुले विभिन्न क्षेत्र र तहबाट आवाज भने उठाईरहेका छन् ।
हुन त अपराधीहरुको जमातमा न्यायको याचना गर्नु र निर्दोषले न्याय पाउँछ अनि अपराधीले दण्ड पाउँछ भन्ने कोरा कल्पना गर्नु नै निरर्थक छ । तर पनि हिलो भित्रै कमल फुलेको देखेर मानिसहरुले अझै पनि आशा मार्न भने सकिरहेका छैनन् । न्याय मर्दैन् अन्याय मर्नु पर्छ भन्ने कुरालाई जोडदार रुपमा उठाईरहेका छन् । जनताका पक्षमा आफ्नाे जीवन नै समर्पण गरिरहेका डा. गोविन्द केसीका पक्षमा आवाज उठाईरहेका छन् ।
तर अब स्थिति झनै भयाभह अवस्था तिर गैरहेको छ । तमाम नेपाली दाजुभाई दिदीबहिनीहरु डा. गोविन्द केसीको माग पुरा गर, डा. गोविन्द केसीको जीवन रक्षा गर भन्दै सडकमा निस्किसकेका छन् । जनताको तागतको किञ्चित पनि ख्याल नभएका, जनताहरु सडकमा उत्रिएर गणतन्त्र जिन्दावाद भन्दै निस्किएका बेला कटेरोका झस्केलाबाट चियाउँदै बयलगाडा चढेर अमेरिका पुग्न खोज्नेहरुको फुर्ति भन्दै बयलगाडा चढेर अमेरिका पुगिदैन भनेर मृगौला सेकेर बस्नेहरुको हविगत अब पूर्वराजा ज्ञानेन्द्र शाहको झै बन्ने कुरामा अब दुईमत छैन कि भन्ने आभास हुन थालेको छ ।
डा. गोविन्द केसी आज २२ औं दिनदेखि आमरण अनसनमा छन् । आफ्नाे जीवनको किञ्चित पनि प्रवाह नगरी उनी करोडौं नेपालीको जीवन रक्षाका लागि एक्लो भिष्म पितामह झै लडिरहेका छन् । देशका भण्डाराका नाईकेहरु भने यसलाई बिषयान्तर गरेर अन्तै मोडन खोजिरहेका छन् । नेपाली जनताको एउटा छोरो लाखौं नेपाली नागरिकलाई सर्वशुलभ स्वास्थ्य सेवा हुनुपर्छ भनेर लडिरहेको छ ।
मागेका छन् त गरिब, निमुखा, असक्षम, सुविधा र अवसरबाट बञ्चित नागरिकहरु सबैलाई सर्वशुलभ स्वास्थ्य शिक्षा र रोजगारी । के यही माग गर्नु नै डा. केसीको अपराध हो भने मपनि सो अपराध बोक्न डा. केसीसँगै सहभागी हुन चाहन्छु । डा. केसीसँगै अनशन बसेर नेपाली नागरिकका पक्षमा ऐक्यबद्धता जनाउँदै मर्न चाहन्छु ।
अर्कोतर्फ भातमारा सरकारमा बसेका देश लुटेराहरुको जमातले डा. गोविन्द केसीलाई देखि सहदैन् । यिनीहरु आफुलाई सर्वशक्तिमान र अरु सबैलाई झिनामसिना, अनपढ र गवाँर सम्झन्छन् । यिनीहरुका गलत कार्यशैलीका बिरुद्धमा नागरिकहरुले बोल्नै हुदैन, सके अरिङ्गाल खन्याउँछन् नसके कुर्सीमै बसेर एक्लैएक्लै बर्बराउँछन् ।
यथार्थता हेरौं, सरकार नपुगेका ठाँउमा समेत पुगेर नेपाली नागरिकका घाउँमा मल्हमपट्टी लगाउन तत्पर भएका नेपाली जनताका आँखाका तारा बनेका केसीलाई वर्तमानको शक्तिशाली सरकार चाँहि किन आँखाको कसिंगर मात्रै देख्छ ? बुझ्न सकिएको छैन । वर्तमानका बढेबढे मेडिकल माफियाहरुलाई घुँडा टेकाउन लागेका केसी, स्वास्थ्य सेवालाई व्यापारीकरण हुनबाट बचाउन उठेका केसी, तमाम नेपाली जनताका मनमा बसिसकेका केसी, भ्रष्टहरुका भँडार भित्र पसिसकेका केसी, सिंगो मुलुकबासी मात्र हैन विश्वमा छरिएर रहेका नेपालीले विश्वास गरेका केसी, बिरामीले बाँच्छु भनेर आशा गरेका केसी, आफ्नाे सम्पूर्ण सम्पत्ति नै नेपाल र नेपालीलाई देख्ने केसी, नेपाली महात्मा गान्धी भनेर नेपाली इतिहासमा नाम लेखाउने केसीलाई यी भातमारा, भ्रष्ट र मुलुक लुटाहाहरुको जमातले तर्साउँदैमा तर्सिदैनन् । अपराधीका झुण्डहरुले हल्लाउन खोज्दा हल्लिदैनन् । यिनी पत्थर हुन कुनै पनि आश्वासनको मैनबत्तीले पग्लिदैनन् ।
अवस्था हेरौं, डा.गोविन्द केसीले सरकारसँग के काठमाडाैंमा आलिशान महल मागेका छन् ? कि शीतलनिवासबाट बिमानस्थलसम्म पुग्नका लागि प्रयोग गर्ने गरिएको अर्बौको हवाईजहाज मागेका छन् ? के उनले हनिमुन मनाउन सिंगापुरको आतेजाते टिकर र खान बस्ने खर्च मागेका छन् ? साच्चै मागेका छन् त प्रधानमन्त्रीले झै आफ्नाे पनि जन्मोत्सव मनाउन लाखौ रुपैयाँको देशको नक्सासहित अंकित भएको केक ? अनि मागेका छन् त आफ्नै जन्मस्थल पुग्नका लागि यतिराजहरुसँग चार्टर गरिएका हेलिकप्टर ?
के डा. केसीले राष्ट्रिय ढुकुटीको चरमदोहन गरेर पार्टीका कार्यकर्तालाई दशैं खर्च बाँडे झैं देशमा कार्यरत डाक्टर तथा स्वास्थ्यकर्मीहरुलाई भत्ता र सेवा सुविधा मागेका छन् ? कि मागेका छन् म त यो देशकै सबैभन्दा ठूलो अर्थोपेडिक डाक्टर हुँ भन्दै पिर्का, मुढा, टेबल या कुर्सी सलामी ? मागेका छन् त गरिब, निमुखा, असक्षम, सुविधा र अवसरबाट बञ्चित नागरिकहरु सबैलाई सर्वशुलभ स्वास्थ्य शिक्षा र रोजगारी । के यही माग गर्नु नै डा. केसीको अपराध हो भने मपनि सो अपराध बोक्न डा. केसीसँगै सहभागी हुन चाहन्छु । डा. केसीसँगै अनशन बसेर नेपाली नागरिकका पक्षमा ऐक्यबद्धता जनाउँदै मर्न चाहन्छु ।
तर, डा. केसीलाई कुनै सलामी चाहिएको छैन । यत्ति डर छ वर्तमानका दुर्गन्धित नेता जस्तो बन्न नपरोस् । छिः डा. गोबिन्द केसी भन्न नपरोस् । बाचुञ्जेल लुटन मात्रै पल्किएकाहरु, रोशनीजस्ता मौसमीसँग पल्किएकाहरु, जता मल्खु उतै ढल्कु झै पद र पैसाका लागि आफ्नाे आस्था, विचार, सिद्धान्त र अडानमा अडन नसकी ढल्किएकाहरु भन्दा बेग्दै अझ भनौं सतिसाल झै अडिग र सबै नेपालीका मनमनका आवाज बन्न सकुन । जीवनभरको कमाई भनेको वर्तमानको सलामी हैन, मरेपछि पनि करोडौं नेपालीका हातमा पुष्पगुच्छासहितको मलामी बन्न सकुन । अहिले हामीलाई डा. गोविन्द केसी चाहिएको छ । त्यसका लागि सरकारलाई घुँडा टेकाउन आम नेपाली जनताको साथ र सहयोग चाहिएको छ ।
जनता कसैको दास र कसैको गुलाम पनि हैन । जनताका भावना बुझ्न नसक्ने, जनताका आवाज सुन्न नसक्ने, जताबाट पनि देश लुटने मात्रै सोच पलाएका, बिना जागिर र व्यापार राजधानीमा आलिसान महल बनाएका, आफ्नाे पक्षमा बोल्न र आवाज उठाउन नमान्ने जनतालाई अरिङ्गाल खन्याएर कुटने मात्रै, देश भाँडमा जाओस् महिनौ महिना सुत्ने मात्रै, जनताका घरमा चुल्हो बाल्न समस्या भएका बेला उल्टै नागरिकलाई नै सास्ती दिने, रोग र महामारीले थलिएका नागरिक, ऋणले थिचिएको तालु र अभावमा बाँचेका प्राणहरुको किञ्चित प्रवाह नगरी बालुवाटार र सिंहदरबारलाई नै आफ्नाे पुख्र्यौली सम्पत्ति ठान्नेहरुलाई अब नागरिकले सडकबाटै गतिलो झापड दिने तैयारीमा छन् ।
कथंकदाचित डा. गोविन्द केसीलाई केही भै हाल्यो भने यसको मुल्य चुकाउन सक्ने साहस, हिम्मत र क्षमता वर्तमान गठजोडको दुईतिहाई सरकारसँग हुने छैन । नागरिकहरुको आक्रोशलाई दवाउन खोज्ने, मेडिकल माफियाहरुसँग मात्रै रमाउन खोज्ने, आफै आफ्नाे खुट्टामा बन्चरो हान्दै अवसानको बाटो समाउन खोज्ने, सधैं म मात्रै सर्वेसर्वा हुँ भन्दै अधिनायकवादको बाटोतिर आफ्ना पाईलाहरु बढाउन खोज्ने अवस्था रहिरहने हो भने लेखेर राख्नुस् यो सरकारले २०७७ सालको दशैं देख्न पाउने छैन ।
कार्तिक महिना टेक्न पाउने छैन । जनताको आक्रोश यदि शक्तिमा बदलियो भने दुई तिहाईको सरकार हो भन्दै डिँग हाक्न पाउने छैन । डा. गोविन्द केसीका माग पुरा गर ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसांसदका प्रश्न, प्रधानमन्त्रीका उत्तर देशका लागि कति प्रभावकारी होलान् ?
फागुन ६, २०८१ मंगलबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
फागुन २, २०८१ शुक्रबार
विचारविहीन राजनीतिको भूमरीमा बाबुराम भट्टराईको दल वैकल्पिक शक्ति बन्ला ?
माघ २९, २०८१ मंगलबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
फागुन ६, २०८१ मंगलबार
प्रधानमन्त्रीको अध्यक्षतामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसभाको पाँचौँ बैठक सम्पन्न
फागुन ६, २०८१ मंगलबार
साउदीमा अमेरिकी र रुसी विदेशमन्त्रीबीच वार्ता, युक्रेनलाई किन सहभागी गराइएन ?
फागुन ६, २०८१ मंगलबार
लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य
फागुन ६, २०८१ मंगलबार
ओडिसाको घटना समाधान नगरे भारतमा विद्यार्थी पठाउन रोक्छौंः शिक्षा मन्त्रालय
फागुन ६, २०८१ मंगलबार
अमेरिकाले भुक्तानी रोकेपछि एमसीसी परियोजना स्थगित
फागुन ६, २०८१ मंगलबार
नेपाली छात्राको मृत्यु प्रकरणमा ओडिसा सरकारले बनायो उच्चस्तरीय छानबिन समिति
फागुन ६, २०८१ मंगलबार