अध्यक्षलाई कोरोना भएपछि गाउँपालिकाको कामकाज बन्द
नेपालबहस संवाददाता
असोज २०, २०७७ मंगलबार १७:४४:३
२० असोज, राजविराज । सप्तरीको राजगढ गाउँपालिकाका अध्यक्ष र कृषि शाखाका संयोजक कोरोना सङ्क्रमित भएपछि गाउँपालिकाको कामकाज बन्द गरिएको छ ।
राजविराजस्थित गजेन्द्रनारायणसिंह अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा दुुबै जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि गाउँपालिकाको कामकाज बन्द गरिएको हो । गाउँपालिकाका अध्यक्ष ६० वर्षीय पुरुष र कृषि शाखाका संयोजक ५७ वर्षीय पुरुषमा आइतबार कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
गाउँपालिकाका अध्यक्ष परमानन्द यादवले अर्को सूचना नभए सम्मका लागि आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको बताए ।
स्वास्थ्य कार्यालय सप्तरीले गाउँपालिकाका अध्यक्षसहित उनका ४० वर्षीय छोरा, १५ र आठ वर्षीय नाती, ४० वर्षीय चालक तथा कृषि शाखाका संयोजक आइतबार कोरोना सङ्क्रमित भएको जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
शक्तिकेन्द्रलाई बेकुफ बनाउँदै आईजीपी कुँवर उठ्ती पुठ्ती धन्दामा
माघ ७, २०८१ सोमबार
रेसुङ्गा नगरपालिकाको रनिङ शिल्ड रेसुङ्गा माविलाई
माघ ७, २०८१ सोमबार
शिक्षण अस्पतालमा स्वास्थ्य बिमा सेवा पुनः सञ्चालन
माघ ७, २०८१ सोमबार
खुकुरी प्रहार गरेको अभियोगमा ५ जना पक्राउ
माघ ७, २०८१ सोमबार
वर्तमान सरकारप्रति जनताको भरोसा छ : सञ्चारमन्त्री गुरुङ
माघ ७, २०८१ सोमबार