अब छाङरुबासीलाई स्वदेशी भूमिको बाटो भएर आवतजावत गर्न सजिलो
नेपालबहस संवाददाता
असोज २०, २०७७ मंगलबार १९:११:४७
२० असोज, काठमाडौं । दार्चुला व्यास गाउँपालिका १ छाङरुबासीलार्ई स्वदेशी भूमिको बाटो भएर जिल्ला सदरमुकाम आवतजावत गर्न सजिलो भएको छ । नेपाली सेनाले घाँटीबगर–छाङरु गोरेटो र घोरेटो बाटो खनेर सोमबार स्थानीय तहलाई हस्तान्तरण गरेपछि त्यस क्षेत्रका जनतालाई महाकाली वारि किनारैकिनार भएर आवतजावत गर्न सुविधा भएको हो ।
उक्त घोडेटो बाटो पूर्णरुपमा सञ्चालनमा आएसँगै अब उप्रान्त मुलुकको एकस्थानबाट अर्को स्थानको यात्रामा रहँदा विदेशी भूमिको प्रयोग गर्न पर्ने बाध्यता हटेको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए । सदरमुकामदेखि घाँटीबगर हुँदै छाङरु जाने बाटो तीन वर्षदेखि अवरुद्ध भएपछि विदेशी भूमि प्रयोग गर्नुपर्ने त्यहाँका बासिन्दालाई बाध्यता थियो । उक्त बाध्यता अन्त्य गर्न गत जेठ २६ गते बाटो निर्माण शुरु गरेको सेनाले चार महिनाको भगीरथ प्रयासपछि विकट पहरा छिचोलेर स्वदेशी भूमिबाटै स्थानीयवासीलाई यात्रा गराउन सफल भएको हो ।
प्रतिकूल मौसम, विकट इलाका र कठोर चट्टानलाई विष्फोटक पदार्थ प्रयोग गरी रु एक करोड ८ लाख ३६ हजारको लागतमा दुई मिटर चौडा र ५५० मिटर लामो उक्त बाटो निर्माण गरिएको सेनाले जनाएको छ । उक्त बाटाका लागि सेनानीको नेतृत्वमा ६५ सैनिक परिचालन गरिएको थियो भने ३३ गैरसैनिक नागरिक अहोरात्र खटिएका थिए । हस्तान्तरण कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले जटिल परिस्थितिमा पनि सेनाले उत्कृष्ट काम गरेको बताए ।
उनले त्यस क्षेत्रको विकासमा सेनाबाट थप योगदान पुग्ने हुने विश्वास व्यक्त गरे । सुदूरपश्चिम पृतनापति निर्मलकुमार थापाले बाटो निर्माणमा सेनालाई सहयोग पु¥याउने प्रदेश सरकार र स्थानीय तह सबैप्रति धन्यावाद ज्ञापन गरे । उक्त बाटो निर्माण गर्ने क्रममा स्थानीय देवानसिंह धामीको ढुङ्गा लागेर मृत्यु भएको थियो । सो अवसरमा बीमावापतको रु १० लाखको चेक र योगदानको उच्च मूल्याङ्कन गर्दै प्रधानसेनापति प्रशंसा निशान उनकी पत्नी लक्ष्मी धामीलाई प्रदान गरिएको थियो ।
बाटो सञ्चालनमा आएसँगै त्यस क्षेत्रका १८४ घरधुरीका एक हजार २५० जनालाई हिँड्न र पशु चौपाया ल्याउन पु¥याउन सहज भएको जनाइएको छ । उक्त मार्गको तम्पाकु खण्डमा सजिलोसँग आवतजावत गर्न केही कठिनाइ रहेकाले त्यसमा पनि सेनाबाट काम होस् भनी स्थानीयवासीले अनुरोध गरेकामा महाकाली करिडोर ९दार्चुला–तिङ्कर० निर्माणका क्रममा त्यस क्षेत्रलाई प्राथमिकता दिने सेनाले विश्वास दिलाएको छ । अति विकट भौगोलिक अवस्थाका कारण हेलिकोप्टर र साहसिक सैनिक परिचालनबाट मात्रै छोटै समयमा निर्माण सम्भव भएको सेनाले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपेस्तोलसहित खाजा घर छिरेका सेनाका जवान पक्राउ
कात्तिक ११, २०८१ आइतबार
संयुक्त राष्ट्रसंघ दिवसको अवसरमा विशेष कार्यक्रम आयोजना
कात्तिक ८, २०८१ बिहिबार
रक्षा मन्त्रीको सय दिने उपलब्धि प्रधानसेनापति नियुक्ति गर्नु मात्र !
कात्तिक ७, २०८१ बुधबार
एआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
मौसम विभाग भन्छ, भोलिदेखि भाइटीकासम्म पानी पर्छ
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
रुस–युक्रेन युद्धमा उत्तर कोरियाली सेना पुगेपछि अमेरिकाको चेतावनी
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
साम्बा भन्छिन्- यो हार बिर्सिन धेरै समय लाग्छ
कात्तिक १५, २०८१ बिहिबार
आयल निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य
कात्तिक १५, २०८१ बिहिबार
सञ्चारमन्त्री भन्छन, प्रधानमन्त्री ओलीलाई पदबाट हटाउन एकथरी अभियान चलाइरहेका छन
कात्तिक १५, २०८१ बिहिबार
‘स्थायी बासस्थानको आशामा बित्यो बाढीपहिरो पीडितको एक महिना’
कात्तिक १६, २०८१ शुक्रबार
रौतहटमा हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु
कात्तिक १६, २०८१ शुक्रबार
सांस्कृतिक पर्वका रुपमा किन मनाइन्छ तिहार ?
कात्तिक १६, २०८१ शुक्रबार
तिहारमा माइती जाने महिलालाई युवाद्वारा निःशुल्क मोटरसाइकल सेवा
कात्तिक १६, २०८१ शुक्रबार
कैलालीमा तस्करी बढ्यो, आठ महिनासम्म एसपी पाण्डे मौन
कात्तिक १६, २०८१ शुक्रबार
यसपालिको छठमा सफा पानीमा छठ स्नान गर्न पाइने आश
कात्तिक १६, २०८१ शुक्रबार