सस्तोमा अमेरिकी डलर साटीदिन्छु भन्दै १० लाख ठगी गर्ने पक्राउ
नेपालबहस संवाददाता
असोज २०, २०७७ मंगलबार १९:३७:२०
२० असोज, काभ्रेपलाञ्चोक । सस्तो मुल्यमा अमेरिकी डलर साटीदिन्छु भन्दै नगद १० लाख रुपैयाँ ठगी गरेको अभियोगमा ४ जनालाई जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-५ बस्ने ३८ वर्षीय श्रीखण्ड तामाङ, काठमाडौं बुढानिलकण्ठ नगरपालिका-२ डेरा गरी बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-५ घर भएका हर्क तामाङ, सोही नगरपालिका-५ बस्ने ४७ वर्षीय चैते भन्ने बुद्धि बहादुर तामाङ र सोही ठाउँ बस्ने ६० वर्षीय गोबिन्द तामाङ रहेका छन् ।
उनीहरुमध्ये श्रीखण्डलाई काभ्रेपलाञ्चोक बनेपा नगरपालिका-८ बाट, हर्कलाई उनकै डेराबाट, बुद्धि बहादुरलाई सिन्धुपाल्चोक चौतारा साँगाचोक गढी नगरपालिका-१० साँगा चोकबाट र गोबिन्दलाई चौतारा साँगाचोक गढी नगरपालिका-५ स्थित भिरकुनाबाट पक्राउ गरेको हो ।
उनीहरुले नुवाकोट दुप्चेश्वर गाँउपालिका-२ को कुटुमसाङ बस्ने पुरुषलाई २०७७ असार २० गते फोन सम्पर्क गरी अमेरिकी डलर १७ हजार सस्तो मुल्यमा दिने भन्दै प्रलोभनमा पारी अमेरिकी डलर भनिएको पोको दिई उक्त रकम लिई फरार भएको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । उनीहरु उपर ठगी सम्बन्धी कसुरमा जिल्ला अदालत काभ्रेपलाञ्चोकबाट म्याद थप अनुमती लिई आवश्यक अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रहरी अतिरिक्त महानिरीक्षकद्वयलाई दर्ज्यानी चिन्ह प्रदान
कात्तिक १४, २०८१ बुधबार
विधि विज्ञान प्रयोगशालामा जनशक्ति अभाव
कात्तिक १२, २०८१ सोमबार
नायव निरीक्षक दर्नालसहित सम्पर्कविहिन भएका १२ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन
कात्तिक ११, २०८१ आइतबार
एआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
मौसम विभाग भन्छ, भोलिदेखि भाइटीकासम्म पानी पर्छ
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
रुस–युक्रेन युद्धमा उत्तर कोरियाली सेना पुगेपछि अमेरिकाको चेतावनी
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
साम्बा भन्छिन्- यो हार बिर्सिन धेरै समय लाग्छ
कात्तिक १५, २०८१ बिहिबार
आयल निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य
कात्तिक १५, २०८१ बिहिबार
सञ्चारमन्त्री भन्छन, प्रधानमन्त्री ओलीलाई पदबाट हटाउन एकथरी अभियान चलाइरहेका छन
कात्तिक १५, २०८१ बिहिबार
मैतीदेवी मन्दिरमा भक्तजन
कात्तिक १६, २०८१ शुक्रबार
भाइटीका फूल किन्दै स्थानीय बासिन्दा
कात्तिक १६, २०८१ शुक्रबार
‘स्थायी बासस्थानको आशामा बित्यो बाढीपहिरो पीडितको एक महिना’
कात्तिक १६, २०८१ शुक्रबार
रौतहटमा हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु
कात्तिक १६, २०८१ शुक्रबार
सांस्कृतिक पर्वका रुपमा किन मनाइन्छ तिहार ?
कात्तिक १६, २०८१ शुक्रबार
तिहारमा माइती जाने महिलालाई युवाद्वारा निःशुल्क मोटरसाइकल सेवा
कात्तिक १६, २०८१ शुक्रबार