स्याङ्जामा पहिरोले दुई दर्जन भन्दा बढी विद्यालयमा क्षती, पठनपाठनमा समस्या
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
असोज २०, २०७७ मंगलबार २३:२५:४६
![](https://nepalbahas.prixacdn.net/media/albums/School-2-scaled-e1601985314777_cw4CnmMBoO.jpg)
२० असोज, स्याङ्जा । स्याङ्जामा साउनबाट असोज महिना सम्म अविरल बर्षादका कारण दुई दर्जन भन्दा बढी विद्यालय पहिरोको क्षेती व्यहोरेका छन् । कोरोना संक्रमणका बेला पठनपाठन नभएपनि अविरल बर्षादले विद्यालयमा क्षती पु¥याएको हो । सरकारले पठनपाठन सुचारु गर्ने निर्णय गर्ने हो भने करिव एक दर्जन विद्यालयमा पढाई संचालन हुन कठिन देखिन्छ । ११ पालिका रहेको स्याङ्जामा सबै भन्दा बढी विद्यालयको क्षती गल्याङ नगरपालिकामा रहेको छ ।
वालिङ र पुतलीबजार नगरपालिका, अर्जुनचौपारी र विरुवा गाँउपालिकामा पनि अविरल बर्षादका कारण विद्यालयहरु पहिरोको जोखिममा रहेको स्थानीय पलिकाका शिक्षा शाखाका प्रमुखहरुको भनाई रहेको छ । भौगोलिक अवस्था, भिरालो जमिन र सडक सबै भन्दा बढी विद्यालयलाई पहिरोको क्षती पु¥याउने कारक देखिएको छ । पुरानो संरचना र कमजोर धरातल पनि विद्यालय पहिरोको जोखिम मोल्न बाध्य छन् शिक्षा विकास तथा समन्वय इकाई स्याङ्जाका प्रमुख गुरुप्रसाद पौडेलले भने,“स्याङ्जाको अवस्था हेर्दा सबै भन्दा बढी क्षती आधारभुत प्रा.वि. छन् ।” माविलाई भन्दा आधारभुत प्रविलाई कक्षा कोठा थोरै भएपनि हुने र जमिन धेरै नचाहिने भएकाले कमजोर धरातलमा निर्माण गर्दा यस्तो समस्या आएको हुनसक्छ पौडेलले भने । विद्यालयकै नजिकबाट सडक खन्ने प्रचलन बढ्दो भएकाले अधिकांश विद्यालय पहिरोको जोखिममा रहेको देखिन्छ ।
संस्थागत विद्यालयका कारण विद्यार्थीको संख्या घट्नुले पनि आधारभुत विद्यालय मर्मतमा कठिनाई हुदा पुराना विद्यालय पहिरोमा परेको हुन सक्ने शिक्षाविदहरु बताउछन् । साउन देखि असोज महिना सम्मको अविरल बर्षादले आँधीखाला गाँउपालिकामा १, अर्जुनचौपारी गाँउपालिकामा १, विरुवा गाँउपालिकामा ३, गल्याङ नगरपालिकामा ४ मावि विद्यालयमा पहिरोले क्षती पु¥याएको छ भने,अर्जुनचौपारी गाँउपालिकामा ३, विरुवा गाँउपालिकामा १, वालिङ नगरपालिकामा ५, गल्याङ नगरपालिकामा ९, पुतलीबजार नगरपालिकामा ३, फेदिखोला गाँउपालिकामा २ आधारभुत विद्यालयमा पहिरोले क्षेती पु¥याएको शिक्षा शाखाका प्रमुखहरुले बताए ।
सबै विद्यालयहरुलाई सरकारले विद्यालय संचालन गर्न नदिनु अगाबै निर्माण सम्पन्न गरी पठनपाठनमा सहजता ल्याउने गरी अगाडी बढेको शिक्षा समन्वयले जनाएको छ । कोरोना संक्रमणका कारण विद्यालय नखुले पनि स्याङ्जामा अनलाईन कक्षा र टोल टोलमा पुगेर शिक्षकहरुले पठनपाठनलाई निरन्तरता दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज देशभरको मौसम सफा रहने, हिमाली भागमा हल्का हिमपात हुने
माघ १७, २०८१ बिहिबार
तराईमा लागेको हुस्सु र कुहिरो अपराह्नपछि सुधार हुने
माघ १६, २०८१ बुधबार
विपदमा क्षतिग्रस्त संरचना पुनर्निर्माण गर्न एक खर्ब एक अर्ब लाग्ने अनुमान
पुष २९, २०८१ सोमबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
लेबनानमा शान्ति सेनामाथि आक्रमण गरेको आरोपमा २५ जना पक्राउ
फागुन ३, २०८१ शनिबार
ओस्कार अवार्ड : २०२५ मा ऋतिक रोशनको १७ वर्ष पुरानो फिल्म देखाइने
फागुन ४, २०८१ आइतबार
हेमोफिलियाका बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराउने
फागुन ४, २०८१ आइतबार
आइतबार साढे १९ अकले बढ्यो बजारः २७ सय नजिक पुग्यो नेप्से, ९ अर्ब ४७ करोडको कारोबार
फागुन ४, २०८१ आइतबार
भविष्यमा विश्वविद्यालय शिक्षासमेत निःशुल्क गर्न सकिनेछ : प्रधानमन्त्री
फागुन ४, २०८१ आइतबार